मन्त्रालयको चार देशमा श्रम सहचारी तयारी

काठमाडौं, नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी नेपाली रहेका विभिन्न चार मुलुकमा श्रम सहचारी नियुक्त गर्नेभएको छ।  श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दिएको जानकारीअनुसार साउदी अरेविया, मलेसिया, कतार र युनाईटेड अरब ईमिरेट्समा श्रम सहचारी राख्ने निर्णय गरी पदस्थापना समेत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। 
श्रम सहचारीको नियुक्तीपछि ती देशमा कार्यरत नेपालीका लागि त्यहाँ आईपर्ने विभिन्न कानुनी एवं रोजगारीसँग सम्वन्धित समस्याको समाधानका लागि सजिलो पर्नेछ। 
नेपालबाट वेदेशिक रोजगारीमा जानेमध्ये ती देशमा मात्र करिब ९५ प्रतिशत नेपाली छन्। हाल नेपाल सरकारसँग श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा करिब १४ लाख २९ हजार नेपाली कार्यरत छन्। मन्त्रालयका अनुसार ती नेपालीको आम्दानी स्वरुप आव ०६५/६६को ११ महिनामा रू. एक खर्व ८३ अर्ब रुपैयाँ बैङ्किङ प्रणालीमार्फत विप्रेसण भित्रिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s