भौगोलिक आधार र दुरीको हिसाबले मानिस आफ्नो माटोबाट जति टाढा भएपनि, उसले जन्मदै पाएको आफ्नो पहिचान, रीतिरिवाज, धर्म, संस्कृति र चाडपर्वहरु उसको जीबनसँगै अनूवन्दित हुँदो रहेछ भन्ने एक उदाहरण आज कुवेत नगरी भित्र रोजगारीमा निर्हित रहेका हाम्रा नेपाली चेलीहरुले देखाईदिएका छन ।

खासगरी परापूर्वकालमा पार्वतीले भगवान श्री महादेवलाई स्वामीको रुपमा पाउन ब्रत लिएको र सोही अनुसार महादेव स्वामी पाएको भन्ने धार्मिक विश्वास बोकेको यस तीजपर्व मनाउन कुवेत नगरीको मंगाफस्थित एक हलमा उल्लेख्य रुपमा भेला भई भब्य-तब्य, सभ्य र संयम रुपमा हाम्रा चेलीबेटिहरुले तीज मनाएको दृष्य अवोलोकन गर्दा हाम्रो मानसपाटलमा यस्तो अनुभूती हुन्थ्यो कि हामी केबल नेपाली परिवेश, धर्ती र आफ्नै भौगोलिकताका सेवक हौं ।
संसारको कुनै पनि बिन्दुमा पुगेर हामी संचालित रहेपनी नेपाली रगतमा भएका समानता, एकता, स्वाभिमान र गौरवलाई यस्ता किसिमका चाडपर्वमा हुने माहौलले अझै बढी भन्दा बढी ओझेलमा परेका दृष्यहरु समेत देख्न सकिंदो रहेछ भन्ने अनुभव हामीले बटुलेका छौं ।

मानिस जन्मजात नयाँ परिघट्नाको एक प्रतिविम्ब हो भन्दा अत्युक्ती नहोला । आज हाम्रा नेपाली चेलीहरु परवासमा रहेर पनि रातो फरिया, हातभरी राता चुरा र सिरबन्दी लगाएर छमछम गर्दै आफ्नो पन र गुंजन भएका तीजका प्रतिध्वनिहरु सँग रमाएको देख्दा साँचि नै हामीलाई नेपाली पन, नेपाली मन, नेपाली माया र नेपाली ममता कहिं गएपनी नमेटिने रहेछ भन्ने आभास भएको छ ।
कुवेतवासी समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरु; जिन्दगी अलग-अलग भौगोलिक आधारमा हुने धर्ती सँगको एक जम्का भेट हो । यहाँ कती भेटहरुले अटल सहिछापहरु गरेर गएका हुन्छन । जसको दृष्य अवोलोकन नयन भरी आईरहन्छ जिबन्त र अनन्त सम्म !! हिजो २२ अगष्तमा भएको हरितालिका ब्रतम तीजपर्वले सारा कुवेतवासी नेपालीहरु बिच अझ प्रगाढ र अमिट माया बढाएको छ । अनेकन ऋतुहरुमा आउने हाम्रा चाडपर्वहरुलाई मूर्तरुप दिएर हामीले आफ्ना चाडपर्व, धर्म र संकृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । हामी कयौं टाढा भौगोलिक क्षेत्रमा रहेतापनी सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली………… तपाईंहरु जहाँ रहनु भएपनी आफ्ना चाडपर्वहरु एकताको शुत्रबन्धित भएर मनाउनूहोस । यस ऋतुको हरितालिका तीजले तपाईं हामीमा अकल्पनिय अटल माया, ममता र स्नेहको छाप छाडोस ।
धन्यवाद ।
कुवेतनेपाल डट कम














































what a great news/great words & what a great writer yar, i appreciate you yar keep it up. mero saharai chitta bujhyo mathika sabdaharule kasto sahittik manchhe very nice chha la.
jasle yes programme aayojana garnu vayo uhaa haru lai muri muri dhanyabad, yes maravumi maa pani aafno parampara lai navuli bivinna kathinai saga juddai yesto programme aayjana gari nepali cheli lai khusi parnu vayeko ma muri muri dhanyabad
यो समचार र यहाँ देखिएका तस्बिर हरु र नेपाली ले लगएका पहिरन हरु देखेर मलाई नेपाल को याद आयो हो नेपाली जहाँ र जतिनै टाढा नेपाल बाट बसेपनी आफ्नो सकृतिलाई भुल्लु भएको रहिनछ यस्मा हामी सम्पूर्ण कुवेत बासी यो आयोजग जस्ले गाह्रो र हाम्रा चेली हरुलाई हामी सम्पूर्ण कुवेत बसी ले धन्यवाद टकृयाउनु पर्छ। र मेरो थर्फ बाट यस् MESC ले खोलेको kuwaitnepal लाई र यो अर्टिकल लेख् ने लेखक्लाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु साह्रै राम्रो वर्ड हरु हालेर अर्टिकल लेख्ननु भएको रहिछ। यसरी नै हामीले सधैं भरी पढनु पाइयोस र यो लेखक र kuwitnepal को उतर उतर प्रगतिको कामना गर्दछु.
Ram Chandra karki
Kuwait City.
happy tij to all nepalese in kuwait best of luck guys. very nice to hear you celebrate tij here. thanks for the news jay ale jee
THANKS JAY SIR ABOUT THE NEWS AND ARTICAL PHOTO,S ABOUT THE TEEJ FESTIVAL SELIBRET.AND DHARMA RAJ SIR FOR MENEGMENT OF TEEJ FESTIVAL CELIBRET AND THANK,S ALL SISTER,S FOR SELIBRET THE TEEJ.
wow chandra dai?great news ko lagi dhanayabad. bidesh ma baser pani aafno kala sanskarti ra dharam partee ko yo aastha ra biswas lai jiwanta dine prayash garne garaune tapai ra tapai ko club lai muri muri dhanayabad chha.aafu swayam shahabhagi huna nasake pani news mattra padhda pani aafai upasthit bhayako jasto lagayo news padher.maile sachhain missed gare tayo ramailo teej bhet ghat lai.
Atti nai ramro lagyo yo Bhasa ra Sahitye dherai milayera lekheko paiyo i personally proud of you and the all team of kuwaitnepal.com ani Nepali sis haru nacheko dekhda malai pani nachna man lagyeo arko Tijjjma ma pani join hunechhu. thank you
good to hear this