ठुलै नोक्सानी गर्न सक्छ बर्जित ब्यापारले

प्रेम लामा (दोहा कतार)
दोहा- देशमा विभिन्न समस्याको कारणले गर्दा विदेशीन बाध्य भएको लाखौ नेपालीहरु आफनो भविश्य खोज्दै खाडी मुलुकको विभिन्न देशमा कार्यरत छन् । यसरी प्रवासीएका नेपालीहरु  विदाको समयमा प्रायः विभिन्न ठाउँमा आफन्त र साथीभाई भेटधाट कार्यक्रममा गरिरहेका हुन्छन् । यसरी भेटघाट गर्ने स्थानमा गत वर्षदेखि विभिन्न स्थानहरुमा साना तिना ब्यापारहरु गर्नेहरु धेरै देखिन थालेका छन् । यसरी ब्यापार गर्दा केही आम्दानी पनि हुने र साथी भाईलाई भेटघाट हुने उनीहरू बताउँछन् । तर, यस किसिमको फुटकर ब्यापार गर्नेहरुमध्ये कतिपयलाई कानून अनुसार यसरी ब्यापार गर्न बर्जित रहेको थाहा छैन । केहीलाई थाहा भएपनि बाध्यताले गरेको बताउँछन् । ‘महिनाको पाँच सय कतारी रियल तलव छ के गर्ने – कति खाने र कति आफनो परिवारलाई नेपाल पठाउने ? तसैले विदाको बेलामा सानो तिनो ब्यापार गरेर केही दिनको लागि खर्च टार्ने गरेको छु’ सर्ुर्ति बेच्ने एक युवाले बताए ।
सार्वजनिक ठाउँमा विदाको समयमा यस्तो साना तिना सडक ब्यापार गर्नेहरुलाई कार्रवाही गर्ने, जेल चलान गर्ने, जारीवाना गर्ने र मुलुक फिर्ता गर्नेसम्मको कानुन कतारमा रहेको छ । कतारी कानून अनुसार यसरी खुल्ला वा र्सवजनिक ठाउँमा गरेका सानातिना ब्यापार कानूनविपरीत भएकोले कार्रवाही गरिएको हो । दोहाका तरवार गेटको पार्कमा विदाको दिनमा देखिने भिडभाडमाझ विभिन्न सूर्तिजन्य पदार्थहरु, पानपराग, चुरोट, सुपारी, सिडी, डि.भी.डी,  चनाचटपटे, पत्र पत्रिका, चिया, नास्ता, पानी, जुस कपडा, घडी जस्ता सामनहरु बेच विखन गर्ने युवाहरू प्रशस्तै छन् ।
अज्ञानले होस या ज्ञानले, यसरी कतारको र्सार्वजनिक स्थानमा खुल्ला साना ब्यापारीहरुले गरेको काम कतारको कानून विपरीत हुनाले कारवाहीमा पनि प्रशस्तै परिसकेका छन् । यसरी खुल्ला ठाउँमा खुल्ला ब्यापार गर्दा विभिन्न समय समयमा थुप्रै नेपालीहरुलाई स्थानीय प्रहरीले पक्रेर जेल चलान गर्ने, जारीवना गर्ने, भिसा क्यान्सिल गर्ने गरीरहेको हुँदा यस प्रकारको खुल्ला ब्यापार र्सार्वजनिक स्थानमा नगर्न सवै नेपालीहरुलाई सचेतना फैलाउनु जरुरी देखिन्छ ।

One Response to ठुलै नोक्सानी गर्न सक्छ बर्जित ब्यापारले

  1. tapaiko salla sujhav ko lagi dherai dhanne bhat
    asai gari salla sujhav haru bhae rahe kehi sachet hunasakchha.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s