Monthly Archives: August 2009

गैर-आवासीय नेपाली संघको तेश्रो मध्यपूर्व सम्मेलन सम्पन्न

जाकिर हुसैन - दुबई,

गैर-आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन दुबईको धौ प्यालेस होटलमा एक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफताब आलमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा मध्यपूर्वका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत र लेबनानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । Continue reading

१२ जना सहिद परिवारद्वारा आत्मदाहको चेतावनी

१२ जना सहिद परिवारले सोमबार राजधानीमा सार्वजनिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । विभिन्न कारणले मृत्यु भएकालाई पनि सहिद घोषणा गरिएकाले वास्तविक सहिदहरूको अपमान भएको भन्दै सहिद परिवारहरूले सोमबार दिउँसो ३ बजे एकैसाथ आत्मदाह गर्ने घोषणा गरेका हुन् । Continue reading

यौनशोषणपीडित बालबालिका ६४ प्रतिशत १६ वर्षमुनिका

यौनशोषणका घटनामध्ये बलात्कारका सिकार हुनेमा ६४ प्रतिशत १६ वर्षमुनिका बालबालिका भएको पाइएको छ । सिविन नेपालद्वारा तयार पारिएको “नेपालमा बालअधिकारको स्थिति” नामक प्रतिवेदनमा उल्लेख भएअनुसार गत वर्ष छ महिनाको अवधिमा ती घटना भएका थिए । Continue reading

माओवादीलाई एक्ल्याएको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकीकृत नेकपा माओवादीलाई एक्ल्याउने काम नभएको बताउनुभएको छ । संसद परिसरमा पत्रकारमाझ बोल्दै प्रधानमन्त्रीले सरकार र सरकारमा सहभागी दलहरुबाट माओवादीलाई एक्ल्याउने कुनै काम नगरेको बताउनुभयो । Continue reading

स्थानीय निकायमा भएका भ्रष्ट्राचारको छानविन गरी कानूनी कारवाही गर्ने सरकारको तयारी

स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले राजनीतिक संयन्त्रका नाममा होस् या गाविस पदाधिकारीको नाममा स्थानीय निकायमा भए-गरेका व्यापक अनियमितता एवं भ्रष्ट्राचारको छानविन गरी कानूनी कारवाही गर्ने तयारी भईरहेको बताउनुभएको छ । मन्त्री शेर्माले आज बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सरकारले Continue reading

पूनःसपथका लागि उपराष्ट्रपति उपस्थित भएनन्

भदौ १४, उपराष्ट्रपति परमानन्द झाले आइतबार अपरान्ह राष्ट्रपति भवनमा पूनः सपथ लिने भनिए पनि उनी उपस्थित भएनन् । सपथको लागि सरकारले भव्य तयारी गरेको  थियो । प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्री लगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थित रहेको थियो । उपराष्ट्रपतिलाई करीव एक घण्टा पर्खेपछि प्रधानमन्त्री नेपालले उनलाई राष्ट्रपति भवनबाट फोनमा सपथका लागि आग्रह गरेका थिए । प्रतिउत्तरमा उपराष्ट्रपति झाले पूनः सपथका लागि उपस्थित नहुने जानकारी दिएपछि प्रधानमन्त्री नेपाल त्यहाँबाट बाहिरिएका थिए । Continue reading

राणाका अत्याचारले मुक्तिसेनामा भर्ना भएका माइला

maaila lama प्रमिला देवकोटा, राणाशासन विरुद्ध लड्न हत्केलामा ज्यान राखेर मुक्तिसेनामा भर्ना भएका माइला लामालाई बाल्यकालमा देखेका राणाका अत्याचारले यस्तो राणाविरोधी बनाएछ कि, कुनै राणाको अनुहार देख्यो भने उनको मन त्यसै-त्यसै घृणाले भरिएर आउँथ्यो । त्यस्ता के घटना देखेछन् त, के सुनेछन् त उनले बाल्यकालमा ? उनले सुनाएका राणाका अत्याचारका केही कथा यस्ता छन् । Continue reading

सरकारले प्रधानमन्त्रीको अधिकार राष्ट्रपतिलाई बुझायोः बामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले प्रधानमन्त्रीको अधिकार राष्ट्रपतिलाई बुझाएको आरोप लगाउनुभएको छ । बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले देशमा नागरिक सर्वोच्चताको बहस भइरहेको बेलामा कार्यबहाक प्रधानसेनापति बनाउने सरकारको अधिकार पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको आरोप लगाउनुभएको हो । Continue reading

एक करोड भारतीय रुपैया सहित विमानस्थलमा पाकिस्तानी पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार एक करोड भारतीय रुपैयाँ सहित एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । अपरान्ह साढे चार बजे कतार एयरवेजको उडानबाट नेपाल आएका उनलाई चेक जाँचको क्रममा सुटकेशमा लुकाइराखेको उक्त रकम सहित पक्राउ गरिएको विमानस्थल श्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिको विवरण गोप्य राखिएको छ । श्रोतका अनुसार वरामद रकमको बैधताबारे छानबीन भइरहेको छ ।

झापामा भारतीयले गरे जग्गा अतिक्रमण, बस्ति बसाल्ने कार्य सुरु

झापाको कोरोबारीमा भारतीय पक्षद्वारा जग्गा अतिक्रमण गरी बस्ति बसाल्ने कार्य सुरु भएको छ। झापाको दक्षिणवर्ती कोरोबारी २ र ४ नं वडामा पर्ने आमगाछीमा जग्गा अतिक्रमण गरी भारतीय हरुले बस्ति बसाल्न सुरु गरेका हुन। Continue reading

उपराष्ट्रपतिले आज पुन: नेपालीमा सपथ लिने

३० अगष्त २००९, उपराष्ट्रपति परमानन्द झाले आज अपरान्ह ४ बजे नेपाली भाषामा पुन: सपथ लिनु हुने भएको छ । सरकारको औपचारिक आग्रह पछि उपराष्ट्रपति झा पुन: सपथ लिन तयार हुनु भएको हो । आज बिहान बसेको मन्त्री परिषद्को बैठकले उपराष्ट्रपति झालाई सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पुन: सपथ लिन औपचारिक आग्रह गरेपछि उहाँ सपथ लिना तयार भएको सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री शंकर पोख्रेलले जानकारी दिनु भयो । 

दुबईमा एनआरएन सम्मेलन

भदौ १४ – गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको छ । दुई दिने सम्मेलनमा कतार, यूएई, साउदी अरेबिया, ओमन, बहराइन, कुवेत, लेवनान र यमनका प्रतिनिधि सहभागी छन् । Continue reading

कतार आएको सोह्र दिनमै मृत्यु भएको नेपालीको शव स्वदेश पठाइयो

इखालु रमेश गेलाल, कतार

कतार आएको सोह्र दिनमा नै गत अगष्ट ८ तारिख शनिवारका दिन मृत्युको मुखमा पुगेका गोठादी गा.बि.स-८ दमार पाल्पा घर भएका धन बहादुर घर्तीमगरको शव २८ अगष्ट शुक्रवार नेपाल पठाइएको कतार स्थित नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जानाकारी दिनु भएको छ । Continue reading

बुशलाई जुत्ता हान्ने रिहा हुने

1833_Iraq_Patrkar_531445863बागदाद, अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुशलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार अर्को महिना रिहा हुने भएका छन् । प्रतिवादी पक्षका वकिल करिम अल-सुजाइरीका अनुसार मुन्तादर अल जइदी १६ सेप्टेम्बरमा रिहा हुनेछन् । इराकी पत्रकार जइदीले गतवर्ष अमेरिकी राष्ट्रपति बुसलाई जुत्ता प्रहार गरेका थिए । गत डिसेम्बरमा भएको पत्रकार सम्मेलनमा ३० वर्षे जइदीले बुसलाई इराकमा आक्रमण गरेको भन्दै जुत्ता प्रहार गरेका थिए । बुसलाई जुत्ता प्रहार गरेपछि उनी मुस्लिम विश्वमा एकाएक नायक बनेका थिए । Continue reading

हङकङमा बिचल्ली परेका चार नेपालीहरु घर फिर्ता

राज अधिराज (हङकङ)
         
pidit-nepalदलालहरुबाट ठगिएर हङकङ आइपुगेका चार नेपालीहरु, वीरबहादुर खत्री, निमबहादुर भण्डारी, इन्द्रबहादुर वली र अफत वली आज आइतबार ३० तरिख नेपाल फर्किएका छन् । करिव तीन महिना अगि मानव तस्करहरु मार्फत चाइनाको गोङजाउ हुँदै हङकङ ल्याइपुर्याइएका यी पीडितहरु हङकङ प्रहरीको कब्जामा परेर छुटेका थिए । Continue reading