जय आले, कुवेत
jbale2005@yahoo.com
एसिया-एसिया रेष्टुरेन्ट कुवेतको प्रांगणमा १७ जुलाई २००९ को दिन, NRNA-ICC सचिव श्री सागर नेपाल (कतार) को पहल, NRNA-NCC यूएई’का अध्यक्ष श्री सि.एम. ढकालको प्रमुख अतिथ्य, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ-कुवेतको सकृयता र कुवेतस्थित बिभिन्न नेपाली संघ-संस्था एवं कम्पनिहरुबाट उपस्थित नेपालीहरुको ब्रिहत जमघटमा लामो समयको प्रतिक्षा पश्चात कुवेतमा पनि NRNA-NCC को २५ सदस्यीय तदर्थ समितिको गठन भएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष श्री किरण पौड्यालले संचालन गर्नु भएको यस कार्यक्रममा कुवेतमा कार्यरत बिभिन्न तह र तप्काका नेपाली एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।
NRNA-NCC कुवेत तदर्थ समितिको आगामी २१ अगष्ट २००९ मा बस्ने अर्को साधारण भेलाले एक निर्वाचन पद्दतीद्वारा यस तदर्थ समितिलाई निर्वाचित गरी नयाँ कार्यकारिणी समितिको चयन गर्नेछ र आधिकारिक रुपमा कृयाशिल हुनेछ भनें निर्वाचित कार्यकारिणी समितिको कार्यावधी २ वर्षसम्म वहाल रहनेछ । हाल NRNA-NCC कुवेतको तदर्थ समितिमा निम्न पदाधिकारीहरु चयन भएका छन ।
अध्यक्ष – राजेन्द्र तामाङ्ग
उपाध्यक्ष – धर्म राज गिरी
उपाध्यक्ष – धन बहादुर गुरुङ्ग
महा-सचिव – किरण पौड्याल
सचिव – नेत्र बहादुर लिम्बु
कोषाध्यक्ष – सुजन के सि
सदस्यहरुमा – दिल पुन, अर्जुन बस्नेत, ठाकुर पौडेल, अगम बहादुर सुब्बा, मित्र सिंजाली, फुरमान लामा, ईन्द्र प्रसाद पोखरेल, शिव राम पौडेल, राजन रिमाल, सौगात सुवेदी, खडग कटुवाल, लाल बहादुर तामाङ्ग, तुल बहादुर गुरुङ्ग, प्रेम गुरुङ्ग, देव बहादुर भाट, किशोर कुमार शर्मा, कुल प्रसाद गुरुङ्ग, राजन कुँवर र एक पद महिला प्रतिनिधिको लागि खाली राखिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै NRNA-NCC युएईका अध्यक्ष श्री सि.एम. ढकालले NRNA को बिस्त्रित व्याख्या गर्दै उपस्थित सम्पूर्ण जन-समुदायको चित्त बुझ्ने मन्तव्य दिनुभएको थियो । श्री ढकालले NRNA (गैर-आवासिय नेपाली संघ) को सन् २००३ मा स्थापना भएको र विश्वको पचासौं राष्ट्रहरुमा यसको स्थापना भईसकेको र कुवेत ५१ औं राष्ट्रमा परेको कुरा बताउनु भयो । वहाँले उपस्थित जन-समुदाय एवं पत्रकारहरुबाट गरिएका सवाल-जवाफमा “NRNA भनेको न त राजनितीज्ञयहरुको राजनीति गर्ने थलो हो, न त धनाढ्यहरुको ब्यापारिक थलो नै, NRNA भनेको कुनैपनि वर्गिय, भाषिय, जन-जातिय र धार्मिक एवं लैङ्गिक भेदभाव नराख्ने र आपत बिपतमा पर्ने हर नेपालीहरुको पक्षमा एक बैशाखिको भूमिकामा प्रस्तुत हुने अत्यन्तै स्वच्छ सामाजिक संस्था हो र कसैले पनि यो संस्थामा आवद्द हुनुपूर्व राजनीतिको टोपी झिकेर आउनु पर्ने बताउँदा सभा हलनै तालीले गुञ्जयमान हुनेगरी ठुलो स्वागत पाउनु भएको थियो ।
यसैगरी NRNA-ICC का सचिव श्री सागर नेपालले बिशेष परिस्थितीवश कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसकेकोले क्षमा याचना गर्दै टेलिफोन मार्फतनै उपस्थित जन-समुदायलाई सम्बोधन गर्दै NRNA भनेको के हो र यसको कार्यशैली कस्तो हुनुपर्छ भनेर प्रकाश पार्नु भएको थियो । श्री नेपालको सम्बोधन गर्नु भएको आवाज साउण्ड सिस्टमबाट कार्यक्रममा उपस्थित सबैलाई सुनाइएको थियो ।
त्यस्तै कार्यक्रममा कुवेतस्थित बिभिन्न संघ-संस्थाबाट उपस्थित बुद्दिजिबिहरुले पनि शुभकामना मन्तव्य दिनु भएको थियो भनें मिडिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै कुवेतनेपाल डट कमका संवाददाता श्री सुजन के सि’ले शुभकामना मन्तव्य दिनु भएको थियो । यसैगरी कार्यक्रमको सभापतित्व गर्नु भएका कुवेतस्थित नेपाली व्यावसायी एवं समाजसेवी श्री मित्र सिंजालीले कुवेतमा पनि NRNA स्थापना भएकोमा खुशी व्यक्त गर्दै र तदर्थ समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
कुवेतवासी नेपालीहरुले नेपाल सरकारको आजसम्म कुवेतमा कुनै पनि सरकारी निकायहरु खुल्न नसक्दा अनेकन समस्याहरु भोगी व्यहोरी आईरहेको स्पष्ट कारणले गर्दा NRNA-NCC कुवेतबाट केही राहत मिल्ने ठुलो आशा राखेका छन । तर, NRNA-NCC कुवेतको भूमिका कस्तो रहनेछ र खासगरी नेपाल सरकारले आफ्ना बिभिन्न संचार माध्यमबाट कुवेतलगायत अन्य ४ देशमा नेपाली दूतावासको स्थापना गर्ने घोषणा गरेतापनी, गत २९ असार २०६६ को व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्ष ०६६/६७ का लागि कुल रु.दुई खर्ब ८५ अर्ब ९३ करोडको बजेट प्रस्तुत गर्दा, ४ देशमा दूतावास खोल्ने भनेर बजेट नछुट्याउँदा यो सवाल अन्योलपूर्ण रहेको अवस्थामा NRNA-NCC कुवेतको कार्यशैली, यसले प्रवासी नेपालीहरुको हितमा गर्ने योगदान र यसको अधिकारिक रुपमा कृयाशिल रहने परिधिका साथै NRNA-ICC ले NRNA-NCC कुवेतलाई पुर्याउन सक्ने सहयोगी भूमिका कस्तो रहनेछ भनेर त निकट भविष्यले नै बताउने छ ।














































Hi
I am really apologies to the members because due to company problem I leave in the middle of the meeting….
saugat subedi
65942073
http://www.nrn.org.np/medianewsdetail.php?id=1749
Hi to all ! i feel bad b’coz i didn’t get time to join that conference any way now already NRNA registered in kuwait so hope fully we all help this NRNA to make strongest..
best of luck all the member of NRNA..NCC
have a wonderful days!
raju kc
burgerking kuwait
NRNA-NCC कुवेत को समितिमा चयन हुनुहुने सम्पूर्ण साथी हरुलाई यहाँ हरुको कार्य काल सफल र् सबल बनोस भन्ने शुभकामना दिन चाहन्छु
badhai chha sabai karyasamiti ka sathi haru lai,
best of luck, karya kal safal hus, pasupati le sabai ko rakcha garun,
rb
badhai chha,karya samiti ma mahila nadekhe ko ma dherai dukha lagya, pachepat nagarnu hula mahila lai
usha
usha ji that day no body was their mahila who give name for samiti so we cant join any mahila in the samiti but that place is blank still we will see next meeting thanks Arjun Basnet