आर्थिक बर्ष ०६६/६७ का लागि बजेट प्रस्तुत

२९ असार २०६६, व्यवस्थापिका संसदको सोमबारको बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्ष ०६६/६७ का लागि कुल रु.दुई खर्ब ८५ अर्ब ९३ करोडको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तावित विनियोजित रकममध्ये चालु खर्चतर्फ ५६.१८ प्रतिशत अर्थात रु. एक खर्ब ६० अर्ब ६३ करोड २४ लाख र पूँजीगत खर्चतर्फ ३७.१७ प्रतिशत अर्थात रु. एक खर्ब छ अर्ब २८ करोड ४८ लाख रहेको छ । त्यस्तै सावाँ भुक्तानी खर्चतर्फ ६.६५ प्रतिशत अर्थात रु. १९ अर्ब एक करोड २८ लाख राखिएको छ । प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित खर्चको तुलनामा ३३.८७ प्रतिशतले बढी छ । 
खर्चको प्रकृतिअनुसार संशोधित अनुमानको तुलनामा पुँजीगत खर्च ४४.९८ प्रतिशत, चालु खर्च ३१.५८ प्रतिशत र सावाँ भुक्तानी ४.५३ प्रतिशतले वृद्धि भएको छ । कुल खर्चमध्ये साधारण प्रशासनतर्फ रु. एक खर्ब ३५ अर्ब ५८ करोड २५ लाख (४७.४२ प्रतिशत) र विकास कार्यक्रमसँग सम्बन्धित खर्च रु. एक खर्ब ५० अर्ब ३४ करोड ७५ लाख (५२.५८प्रतिशत) प्रस्ताव गरिएको छ । आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वको वर्तमान स्रोतबाट रु. एक खर्ब ६१ अर्ब सात करोड ३६ लाख व्यहोरिने, वैदेशिक अनुदानबाट रु. ५६ अर्ब ९५ करोड ५६ लाख र वैदेशिक ऋणबाट रु. २१ अर्ब ५६ करोड छ लाख गरी कुल रु. ७८ अर्ब ५१ करोड ६२ लाख वैदेशिक सहायता परिचालन गरिनेछ । दुबै स्रोत परिचालन गर्दा पनि रु.४६ अर्ब ३४ करोड दुई लाख न्यून रहनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s