Posted on 31/07/2009 by कुवेतनेपाल डट कम
मिति : ३१ जुलाई २००९ आदरणीय पाठक वर्गहरु, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतको आधिपत्यमा संचालित वेब मिडिया कुवेतनेपाल डट कमका सम्पादक श्री राजन रिमाल ज्यू र रिपोर्टर/ डिजाईनर श्री सुजन के.सी ज्यू द्वयले संयोगवश यस क्लवको मिडियामा आफ्नो कार्यशैलीलाई निरन्तरता दिन नसक्ने जनाएकोले क्लव मिडिया टिमको सिफारिश तथा क्लव नेत्रित्व तहको निर्णय बमोजिम तत्काल [...]
Filed under: समाचार-१ | 3 Comments »
Posted on 30/07/2009 by जय आले
शुरुमा जति नै उफ्रेपनी आखिर उपराष्ट्रपतिले नेपालीमा सपथ खाने बताउनु भएको छ । उपराष्ट्रपतिले झेलझाल र बलजफ्तीपूर्वक आफूले नेपाली भाषामा शपथ नलिने बताउनुभएको छ। झाले बुधबार राष्ट्रवासीसँग अपिल गर्दै नेपाली जनताले चाहेमा नेपाली भाषामै पटक-पटक शपथ लिन तयार भएको जनाई बलजफ्ती रुपमा त्यस कार्यमा सरिक नहुने उल्लेख गर्नुभएको हो।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by जय आले
काँग्रेस र एमालेले मात्र नभइ उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले समेत माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नै नसकिने दाबी गर्नुभएको छ। रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उहाँले माओवादी लडाकुलाई समाजका अन्य निकायमा समायोजन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by जय आले
सिंहको सिकार खोस्नु भनेको सिंहकै सिकार बन्न खोज्नु हो । तर, भोकले मान्छेलाई यति दुस्साहसी बनाइदिँदो रहेछ कि ऊ जे पनि गर्न तत्पर हुँदोरहेछ । अफ्रिकी मुलुक क्यामरुनका भोकमरीग्रस्त गाउँका मानिस अचेल सिंहको सिकारमाथि धावा बोल्न थालेका छन् । सिंहले आफूले दुःख गरेर सिकार गरेको जनावरको तातो रगत चाख्न पनि पाएको हुँदैन कि एक हुल [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by जय आले
आन्दोलनरत शैक्षिक गणतान्त्रिक मञ्चले दुई दिन देखि बन्द गरेको देशभरिका विद्यालय शुक्रबारदेखि सुचारु हुने भएका छन्। सरकारले आन्दोलनरत शिक्षकहरुको माग कार्यान्वयन गर्ने प्रतिवद्दता जनाएपछि विद्यालय खुल्ने भएका हुन्। आन्दोलनरत मञ्चका उपाध्यक्ष होमकुमार थापाका अनुसार, शिक्षकका मागका सम्बन्धमा सरकारी वार्ता टोलीले सकारात्मक प्रतिवद्दता जनाएको थियो।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by जय आले
सरकारले बुधबारमात्र नयाँ विशेष सुरक्षा योजना पारित गरेको भोलिपल्ट तराई–मधेशमा सशस्त्र संघर्षरत चार वटा सशस्त्र समूहले कार्यगत एकता घोषणा गरेका छन। यसरी कार्यगत एकता भएका समूहहरुमा मधेश मुक्ति टाइगर्स, मधेशी भाइरस किलर्स, तराई संयुक्त जनक्रान्ति पार्टी नेपाल र जनतान्त्रिक तराई मुक्ति मोर्चा, राजन मुक्ति समूह रहेका छन। उनीहरुले बिहीबार राजविराजमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by शिव पौडेल
प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको मूल काम शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया सफल पार्ने भएकोले त्यसलाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय हितमा सरकार सजग र संवेदनशील रहेको स्पष्ट पार्दै हतियार खरिद तथा सीमालगायतका सवालमा सरकार सजग रहेकाले यस्ता विषयमा कुनै शङ्का उपशङ्का गर्नु आवश्यक नरहेको पनि [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by शिव पौडेल
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका अति लोपोन्मुख राउटे समुदायलाई पनि झाडापखाला र भोकमरीले एकैसाथ सताएको छ । हाल दैलेखको कुसापानी गाविस वडा नं. ४ खम्बागाडेमा बस्दै आएका राउटे समुदायमा झाडापखालाले सताएको उनीहरूले बताएका छन् । भोकमरी लागेपछि दुई दिन लगाएर खाद्यान्न माग्दै उनीहरू बिरामी शरीर लिएर सुर्खेत आइपुगेका छन् । बुधबार उनीहरूले जिल्ला विकास समिति, [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by शिव पौडेल
प्रजनन स्वास्थ्य सेवा र सुरक्षासम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि यहाँ सुरु भयो । संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषद्वारा आयोजित सो सम्मेलनमा नेपाललगायत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क)का सदस्य देश, संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका निकायहरू गरी ९० जनाको सहभागिता रहेको छ । प्रजनन स्वास्थ्यसम्बन्धी सहस्राब्दी विकास लक्ष्यलाई कसरी पूरा गर्ने र यससम्बन्धी सहभागी देशहरूबीच अनुभव र समस्यालाई [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 30/07/2009 by शिव पौडेल
उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतको निर्णय विवेकपूर्ण हुन नसकेको आरोप लगाउँदै बलजफ्ती नेपाली भाषामा पुनः शपथ लिन आफू तयार नरहेको बताउनुभएको छ । हिन्दी भाषामा लिएको शपथ सर्वोच्च अदालतले बदर गरेपछि बुधबार बहादुरभवनस्थित उपराष्ट्रपति कार्यालयमा पत्रकार सम्मेलनमार्फत राष्ट्रवासीसँग अपिल गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अदालतको निर्णय अविवेकी न्यायिक क्षेत्रमा पनि मानसिक रूपान्तरणको खाँचो [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by शिव पौडेल
एसएलसीमा अनुत्तीर्ण हुँदैमा चिन्ता मान्नु पर्दैन । किन भने अनुत्तीर्ण हुनेले पनि कम खर्चमा प्राविधिक उच्च शिक्षा हासिल गर्न सक्नेछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद -सीटीईभीटी)ले २०४२ सालदेखि एसएलसी फेल भएकालाई कम खर्चमा प्राविधिक शिक्षा दिंदै आएको छ । टेस्ट उत्तीर्ण भएपछि प्राविधिक एसएलसी-टिएसएलसी) को कोर्स अध्ययन गर्न सक्छन् ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by शिव पौडेल
नेपाल र लायन्स कामरुपा एकेडेमीबीच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिताको मङ्गलबार दोस्रो र तेस्रो चरणको खेल सम्पन्न भएका छन् । नेपालले दोस्रो दिन कुल १६ अङ्कमा १२.५ अङ्क जोड्न सफल भएको छ भने आसामले ३.५ अङ्क हात पारेको छ । नेपाली खेलाडी विविधप्रताप सिंह, प्रशान्त थापा, सञ्जय अवाल र सशेष श्रेष्ठले दुवै खेलमा सफलता प्राप्त गरेका थिए [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by शिव पौडेल
साउन १३ गते । आइतबार रातिदेखि मुलुकभर सुरु भएको वर्षाले आएको प्राकृतिक प्रकोपमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना हराइरहेका छन् । अविरल वर्षाका कारण आइतबार राति नै सङ्खुवासभा ताम्कु-९ सिकदिममा गएको पहिरोमा परी हराइरहेकामध्ये चार जनाको शव प्राप्त भएको छ भने नौजना अझै हराइरहेका छन् ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by शिव पौडेल
साउन १३ गते । प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँग हातहतियार खरिद गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको र खरिद गर्नेबारे कार्यसूचीसमेत नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले वर्तमान सरकार विस्तृत शान्ति सम्झौताप्रति पूर्णतः प्रतिबद्ध रहेकोसमेत जनाउनुभएको छ ।प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी)लगायतका दलले हतीयार खरिदलगायतका विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै केही दिनदेखि व्यवस्थापिका-संसद्को बैठक अवरुद्ध पारेका [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by जय आले
पुरुशोत्तम सुवेदी (बेल्जियम) न्यूयोर्क अमेरिका/ नेपाली कांग्रेसका संस्थापक, जननेता महामानव स्वर्गिय वी.पी. कोइरालाको २७औ पुण्य तिथीका अवसरमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले वी.पी. स्मृती दिवस मनाएका छन् । जुलाई २८ मंगलबार आयोजित उक्त स्मृती दिवस कार्यक्रममा नेपालका लागी संयुक्त राष्ट्रसंघका तर्फबाट नियुक्त तत्कालिन विशेष दुत इयान मार्टिनर्लाइ सम्मान समेत गरिएको छ ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by जय आले
दुबईस्थित एक भारतीय मालिकको घरमा कार्यरत एक नेपाली चेलीले आफ्नो इज्जतमात्र रक्षा गरिनन्, अदम्य साहस देखाउँदै आफ्ना कामुक मालिकलाई जेलसमेत हाल्न लगाएकी छन्। झापा गोलधाप स्थायी घर भई १६ महिनाअघि संयुक्त अरब इमिरेट्सको दुबई सहरस्थित भारतीय नागरिक संजीव मेहताको घरमा काम गर्दै आएकी २१ वर्षीय एक महिलालाई घरकै मालिकले जबरजस्ती गर्न खोज्दा उम्केर भागी पुलिसलाई [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 29/07/2009 by जय आले
१३-साउन-२०६६, सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै उपराष्ट्रपति परमानन्द झाविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । पत्रकार नवराज न्यौपाने र विष्णुप्रसाद बाँस्तोलाले संयुक्तरुपमा मंगलबार उक्त रिट दायर गरेका हुन् । यता उपराष्ट्रपति झाले भने आफूलाई अप्ठेरोमा परेकाले सुझावका लागि काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई गुहार्नुभएको छ । यद्यपि कोइराला र झाबीच के कुराकानी भयो भन्ने कुरा खुलेको [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by कुवेतनेपाल डट कम
१३-साउन-२०६६, बहुचर्चित नेपाली भूमि सुस्तामा नेपाली स्वामित्वको दाबी छोड्न भारतले नेपालसँग औपचारिक प्रस्ताव गरेको छ। नेपाल–भारत सीमा सम्बन्धी प्राविधिक समितिको २९औं बैठकमा भारतले नेपालमा राष्ट्रिय मुधा बनिरहेको सुस्तामा नेपाली स्वामित्वका दाबी छोड्न खतरनाक प्रस्ताव गरेको हो। २०६४ जेठ २८ र २९ गते भारतको नयाँदिल्लीमा सम्पन्न सीमा बैठकमा राष्ट्रियतासँग जोडिएको अत्यन्त महत्वपूर्ण विषयमा भारतले गरेको प्रस्ताव [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by जय आले
काठमाडौं, साउन १४ – सडक निर्माणमा विदेशी ठेकेदार कम्पनीले ल्याएका नौ करोड अमेरिकी डलर बराबरका गाडी, यन्त्र र उपकरण दस वर्षदेखि गायब छन् । ती सामानको विवरण नभएपछि सरकारका विभिन्न निकायमा खैलाबैला सुरु भएको छ । तीनवटा सडक आयोजनाका लागि भित्रिएका ती गाडी कहाँ छन्, सरकारी निकायलाई समेत पत्तो छैन ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/07/2009 by जय आले
साउन १४ – निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि मधेसी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदार समूह नयाँ दल दर्ताको तयारीमा जुटेको छ । स्रोतका अनुसार, नयाँ दलको नाम मधेसी जनअधिकार फोरम, नेपाल -लोकतान्त्रिक) तय भएको छ ।
Filed under: समाचार-१ | Leave a Comment »