गत ५ जुन २००९ का दिन “Mount Everest Sporting Club” का नयाँ कार्यकारिणी कमिटी गठनका लागि बसेको साधारण भेलाले नब कार्यदल चयन गरी आज जुन १९ २००९ देखी अधिकारीक रुपमा बिस्तार हुन सपथ ग्रहण लिनु भयका नब गठित कारीणी मन्डलका अध्यक्ष श्री किरण पौडेल लगायत सम्पुण सदस्य ज्यु हरुलाई हार्दिक बधाई सहित् उतर उतर प्रगतिको कामना ब्यक्त गर्दछु । एबं प्रकार यस् नब गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषद नेपाल सरकारको एैन कानुनमा बन्धित (दर्ता ) रहेको यस् क्लबको बिधान्, मान मर्यदा प्रती अनुशासन पूर्ण पालन गरी कुवेतमा रहेका प्रबासी खेलाडिहरुलाई हौसला , प्रोशाहान दिदै सम्पूर्ण नागरिहरुमाझ नेपाली भाईचाराको सुमधुर संबन्धलाई अग्र पंग्तिमा राख्दै आफनो कार्यसहिलीलाइ सफल नेत्रित्वको साथ निरन्तरता दिने छ भनी विश्वाशत छु ।
क्लब स्थापना देखी हिजोका दिनसम्म मेरो नेत्रित्वमा रहेको कार्यसमितिका सहयात्रीहारु र पदाधिकारीहरु ज्युहरुलाई स्मरण गर्दा मेरो नेत्रित्वमा रहनु भयका कार्यकारीणी कमिटिका सम्पूर्ण पदाधिकारीहारु ज्युहरु प्रती वहाँहरुको कुशल कार्य सहिलि सयोग र योगदानहरुलाई श्रर्दा पूर्वक स्बिकार गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु । त्यस्तै क्लब को गरिमामय ईतिहासमा बारीष्ठ सल्लाहकारहरु रहनु भयका श्री मित्र सिंजाली ,श्री तारा बन्ताबा र श्री राजेन्द्र तामाङ ज्यु प्रती पनि वहाँ हरुको सयोग सुझाब र उच्च निर्देशनलाई पनि मेरो कार्य अबधिमा महत्वकांक्षी ठानी शिरोर गर्दै वहाँहरुप्रती धन्यवाद टक्राउन चाहन्छु !
यस् क्लबले आयोजना गरेको बिभिन कार्यकरमहरुलाई सफल तुल्याउन सहभागी भै सयोग , माया , ममता दिनुहुनी सम्पूर्ण साधरण सदस्य ज्युहरु खेलाडीहरु र कुवेतबासी नेपाली दाजु भाई दिदी बहिनिहरु प्रती तपाहिहरुको गहन भूमिका र जिम्मेबारिता लाई आत्मासाथ स्बिकार गर्दै भोलिकादिनहरुमा पनि अरु जोडदार सयोग र सहभागिताको लागि बिनम्र आनुरोध गर्दछु ।
अन्तमा, आफनो कारीब एक दशक लामो नेत्रीत्वलाई आजाको मितिबाट नबनिर्बाचित अधय्क्ष श्री किरण पौडेल , उपाध्यक्ष श्री धर्म राज गिरी सचिब श्री ईन्द्र प्रसाद भुषाल लगायतका कार्यकारीणी कमितिका सम्पूर्ण सदस्य ज्युहरुमा कार्यभार हस्तान्तरण गर्दै लामो समय देखी कुवेत मा निरन्तरता रही आयको यस् “Mount Everest Sporting Club” को दिर्घायुको कामना सहीत् मेरो नेत्रित्वमा हुन गयको कमी कम्जोरी भुलहरुमा क्षमा याचना गर्दै आफनो अध्यक्षता समाप्त भयको सर्बसाधारणमा जानकारी गर्दछु ।
पूर्व अध्यक्ष – बाल कुमार गुरुङ
Mesc













































