माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न

जय आले,  कुवेत

गत ०५ जून २००९ का दिन, क्लवको वार्षिक साधारण सभा एवं निर्वाचन समितिबाट निर्वाचित माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका पदाधिकारीहरुले १९ जून २००९, शुक्रवारको दिन, कुवेतको शाही तन्दुरी रेष्टुरेन्ट जिलिव अल-सुवैखमा नियुक्ति पत्रसहित सपथ लिएका छन । क्लवका अध्यक्ष श्री बाल कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम, नव-निर्वाचित सचिव श्री ईन्द्र प्रसाद भूषालले संचालन गर्नु भएको थियो । कार्यक्रममा क्लवका पदाधिकारीहरु सहित वरिष्ट सल्लाहाकारहरुको समेत उपस्थिती रहेको थियो ।

क्लवका नव-निर्वाचित अध्यक्ष श्री किरण पौड्यालले सम्पूर्ण नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो भनें किरण पौड्याललाई निवर्तमान अध्यक्ष बाल कुमार गुरुङ्ले सपथ ग्रहण गराउनु भयो । यो कार्यसमितिको कार्यावधी ०१ जुलाई २००९ देखी ३० जून २०११ सम्म वहाल रहनेछ । नयाँ कार्यसमितिका पदाधिकारीहरु निम्न वमोजिम रहेका छन ।

वरिष्ट सल्लाहाकारहरु :-

१. श्री राजेद्र तामाङ्ग (काठमाण्डौ)
२. श्री मित्र सिंजालि (काठमाण्डौ)
३. श्री बाल कुमार गुरुङ्ग (धरान)

पदाधिकारीहरु :-

१. अध्यक्ष – किरण पौड्याल (काठमाण्डौ)
२. उपाध्यक्ष – धर्मराज गिरी (झापा)
३. सचिव – ईन्द्र प्रसाद भूषाल (पर्वत)
४. सह-सचिव – राजन रिमाल (तनहुँ)
५. कोषाध्यक्ष – जय आले (पर्वत)
६. सह-कोषाध्यक्ष – शिवराम पौडेल (तनहुँ)
७. सदस्य/संगठन विस्तार विशेषज्ञ – जगत मगर (मोरङ्)
८. सदस्य/बिकास अनुसन्धान विशेषज्ञ – चन्द्र तामाङ् (खोटाङ्)
९. सदस्य/खेलकुद विशेषज्ञ – मान बहादुर मगर (बाग्लुङ्)
१०. सदस्य/क्लव प्रवक्ता – सुजन के. सि. (बुटवल)
११. सदस्य – मान बहादुर गुरुङ् (चितवन)
१२. सदस्य – राम बस्नेत (मोरङ्)
१३. सदस्य – बम बहादुर बिष्ट (काठमाण्डौ)
१४. सदस्य – डम्बर जंग मल्ल (लम्जुङ्)
१५. सदस्य – शिव कुमार सुब्बा (झापा)
१६. सदस्य – जित बहादुर खड्का (खोटाङ्ग)
१७. सदस्य – सुरेश कुमार गुरुङ् (संखुवासभा)
१८. सदस्य – ईन्द्र प्रसाद पोखरेल (चितवन)
१९. सदस्य – अमर बहादुर गुरुङ् (पोखरा)
२०. सदस्य – बिक्रम थापा (काठमाण्डौ)
२१. सदस्य – आनन्द श्रेष्ठ (काठमाण्डौ)
२२. सदस्य – केदार नाथ खरेल (बारा)
२३. सदस्य – सविन राउत (उदयपुर)
२४. सदस्य – ललिता थापा मगर (मकवानपुर)

कार्यक्रममा क्लवका अध्यक्ष श्री बाल कुमार गुरुङ्गले, नव-निर्वाचित अध्यक्ष श्री किरण पौड्याललाई क्लव हस्तान्तरण गर्दै मिति १९ जून २००९ बाट आफ्नो सम्पूर्ण कार्यकालको अन्त्य भएको घोषणा गर्नुभयो । श्री बाल कुमार गुरुङ्गले नयाँ कार्यसमितिले क्लवलाई एक नयाँ र  वैज्ञानीक ढङ्गबाट अगाडि बढाई कुवेतवासी नेपालीहरुको हितमा काम गर्ने र आफुले क्लवलाई हमेशा सहयोग पुर्‍याउने बताउनु भयो ।

hastantaranनिवर्तमान अध्यक्ष बालकुमार गुरुङ्, नव-निर्वाचित अध्यक्ष किरण पौड्याललाई क्लव हस्तान्तरण गर्दै,

यसैगरी उपाध्यक्षमा पुन. निर्वाचित श्री धर्म राज गिरीले क्लवसँग भएको एक सिमित अधिकार, कार्यक्षेत्र र कुवेतको कानुनका साथै सदस्यहरुको आ-आफ्नै ड्युटिको व्यस्तताले पनि कुवेतमा दिनहुँ तिव्र गतिमा फैलिंदै गएको कुवेतवासी नेपालीहरुको समस्यालाई उल्लेखनिय रुपमा सहयोग गर्न असक्षम रहेपनी सक्दो र क्षमताले भ्याएसम्म नेपालीहरुको हितमा काम गर्नेछ र गर्दै आएको बिगतका ईतिहास साँक्षी रहेको कुरा बताउनु भयो र निकट भविष्यमा पनि पीडित कुवेतवासी नेपालीहरुको निम्ती सदा एउटा बैशाखीको भूमिकामा क्लव प्रस्तुत हुने बताउनु भयो । साथै खेलकुद र मनोरन्जनको क्षेत्रमा भनें क्लवले सोंचेभन्दा बढी सफलताहरु हाँसिल गर्दै आएको र बहिरबाट पनि यसको प्रशंसा भईरही आएको पनि मन्तव्यको क्रममा वहाँले बताउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा क्लवका वरिष्ट सल्लाहाकारद्वय श्री राजेन्द्र तामाङ् र श्री मित्र सिंजालिले पनि क्लवले राम्रो काम गर्दै आएकोमा प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै क्लवलाई हर किसिमको सहयोग पुर्‍याउने प्रतिबद्दता जनाउनु भएको थियो ।

जलपानको व्यवस्था समेत रहेको कार्यक्रमलाई अध्यक्षता गर्नु भएका निवर्तमान अध्यक्ष बाल कुमार गुरुङले औपचारिक समापन भएको घोषणा गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s