सरकारका सय दिनका कार्यक्रम बन्दै

काठमाडौँ, जेठ २४ गते । जनताले परिवर्तनको अनुभूति गर्ने गरी नयाँ सरकारले आगामी एकसय दिनभित्र सम्पन्न गर्ने कार्ययोजनाहरूका बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार विस्तृत छलफल भयो । प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलमा विशेषगरी देशभरको शान्ति सुरक्षा, बढ्दो बजार भाउ नियन्त्रण, काठमाडौँ उपत्यकाको फोहोर मैला र जनतालाई राहतको अनुभूति कसरी दिलाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको जानकारी बिनाविभागीयमन्त्री बालकृष्ण खाँडले दिनुभयो । मन्त्री खाँडका अनुसार नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र वाषिर्क बजेट तथा जताततै हुने बन्द र हडताललाई कम गर्नसके पनि जनताले केही राहतको महसुस गर्नसक्नेबारेमा पनि छलफल भएको थियो ।

मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी र विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको सो छलफलमा राष्ट्रिय सहमतिको खाँचो, उपत्यकाको ट्राफिकजाम, भ्रष्टाचार नियन्त्रण, नयाँ काम सुरु गर्ने र पुराना कार्ययोजनाहरू कसरी सम्पादन गर्ने विषयमा पनि छलफल भएको थियो । यसैगरी बजार भाउमा खाद्य संस्थानले नियन्त्रण गर्नुपर्ने, बैङ्किङ समस्यालाई तत्काल ध्यान दिइनुपर्ने, उद्योगहरूको कुशल सञ्चालन, युवा रोजगार, कवाडी कर, ढुवानी लागतजस्ता विषयसमेत छलफलमा उठेका थिए । यसैगरी आइतबार नै प्रधानमन्त्री नेपालसँग जग्गा तथा आवास विकास सङ्घका प्रतिनिधिहरूले भेट गरी सहर व्यवस्थित बसोवासले निम्त्याएका समस्याबारे छलफल गरेको प्रधानमन्त्रीकोकार्यालयले जनाएको छ । व्यवस्थित बसोवास भएमा निर्माण खर्च कम गर्ने, निर्माण क्षेत्रले ठूलो मात्रामा अप्राविधिक जनशक्तिलाई रोजगार दिनसक्ने र निर्माण व्यवसायलाई उद्योगको मान्यता दिनुपर्नेजस्ता विषय छलफलका क्रममा प्रस्तुत भएका थिए । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री नेपालले छलफलमा उठेका विषयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी सम्भव भएका कुराहरू आगामी नीति तथा कार्यक्रममा गर्न प्रयत्न गर्ने आश्वासन दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s