षडयन्त्र कोइराला निवासमा, गच्छदार माथिको कारवाही फिर्ता नहुने यादवको दावी

काठमाडौँ, जेठ २४ गते । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्ताको फोहोरी खेलबाट फोरम विभाजनको सङ्घारमा पुगेको बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ताको आडमा राजनीतिक अस्थिरता बढाउने खेल भइरहेको पनि आरोप लगाउनुभएको छ । सत्ताको आडमा अस्थिरता बढाउने फोहोरी खेल भइरहेको छ, यी खेलहरूले हिजो प्राप्त उपलब्धि समाप्त हुने डर उत्पन्न भएको छ, अध्यक्ष यादवले भन्नुभयो- सत्ताको फोहोरी खेलमा मुलुकलाई होम्नु अत्यन्त दुखद छ । काङ्ग्रेसबाट टिकट नपाउँदा, मधेस आन्दोलनमा सहभागी नहुँदा पनि फोरमले स्वीकार्यो, पार्टीको वरिष्ठ नेता बनायो, त्यति मात्र होइन, संसदीय दलको नेता पनि चयन गर्यो, नेता विजयकुमार गच्छदारप्रति आक्रोश पोख्दै यादवले भन्नुभयो- तर क्षणिक स्वार्थका लागि पार्टीलाई नै धराशायी बनाउने खेल भयो । नेता गच्छदारसहित सात जनाले पार्टी हितविपरीत गम्भीर अपराध गरेकाले निष्कासनको कारबाही गरिएको स्पष्ट गर्दै उहाँले कारबाही फिर्ता नहुने दृढता व्यक्त गर्नुभयो ।

पार्टीले निर्णय गरिसक्यो, अब उहाँहरू- कारबाहीमा परेकाहरू)ले नै विचार गर्नुपर्छ, कसरी आउनुहुन्छ, त्यसैमा भर पर्छ । फोरम नटुक्रियोस् भनेर नै षडयन्त्र गर्नेहरूलाई निकालेको हो, विधानबमोजिम कारबाही गरिएको हो भन्दै अध्यक्ष यादवले केन्द्रीय समितिको दुईतिहाइ तथा संसदीय दलको बहुमत सदस्यको समर्थन आफूसँग रहेको दाबी गर्नुभयो । गच्छदारका पक्षमा लागेकाहरू र्फकने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो । एक प्रसङ्गमा अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र त्यसको लिखित जानकारी आइतबार नै व्यवस्थापिका-संसद् सचिवालयमा गइसकेको बताउनुभयो । विधिको शासन, नागरिक सर्वोच्चता र समावेशीकरणका लागि प्रतिपक्षमा बसेर भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री माधवकुमार नेपाल र काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा फोरम टुक्रयाउने षडयन्त्र भएको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री स्वयंबाट विधिलाई मिच्ने काम भएपछि सङ्घर्षको विकल्प नभएको बताउनुभयो । सरकारमा जाने, नजाने र कसलाई पठाउने अधिकार सम्बन्धित पार्टीको भएको उहाँले बताउनुभयो । पत्रकारको एक प्रश्नको जवाफमा अध्यक्ष यादवले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नुभयो । कसैले ३०१ पुर्याएर सरकार बन्नसक्छ तर मुलुकको समस्या समाधान हुनसक्दैन, उहाँले भन्नुभयो । अध्यक्ष यादवले भन्नुभयो, गच्छदार सत्ता र सरकारका खेलाडी हुन्, उनी दलहरूलाई तोडफोड गर्न र जोड्न माहिर छन् । उहाँले गच्छदारको मधेस आन्दोलनमा कुनै भूमिका नभए पनि सबैलाई समेट्ने उद्देश्य फोरमले लिएको बताउनुभयो ।

राससका अनुसार अध्यक्ष यादवले भन्नुभयो, गच्छदार सत्ता र सरकारका खेलाडी हुन्, उनी दलहरूलाई तोडफोड गर्न र जोड्न माहिर छन् । उहाँले गच्छदारको मधेस आन्दोलनमा कुनै भूमिका नभए पनि सबैलाई समेट्ने उद्देश्य फोरमले लिएको बताउनुभयो ।अध्यक्ष यादवले पार्टी फुटाउन सक्रिय रहेको कारणले २२ जना केन्द्रीय सदस्यको बहुमतको निर्णयका आधारमा गच्छदारसमेतका सातजनालाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिँदै उनीहरूमाथि भएको कारबाही तत्काल फिर्ता नहुने बताउनुभयो ।उहाँले राजनीतिक समितिको बैठकको वैधानिकताका विषयमा समेत आपत्ति जनाउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “मेरो अध्यक्षतामा मात्र राजनीतिक समितिको बैठक बस्ने हो, नेता गच्छदारलाई राजनीतिक समितिको बैठक डाक्ने अधिकार छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s