मन नै आनन्द हुने ठाउँ रहेछ

काठमाडौँ, जेठ २३ गते । मध्य दिनको तातो घामलाई छेल्दै सल्लाको वनका बीचमा एउटा लोकगीत र अर्को मोबाइल लव नामक चलचित्रको सुटिङ भइरहेको थियो । त्यत्तिकैमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी कुकुरहरूलाई वन क्षेत्रमा दौडाइयो । सुटिङमा व्यस्त सबै एकैछिन रोकिए र अर्को सुटिङ भइरहेको त हैन भन्ने भ्रममा परे । तर त्यहाँ अर्को सुटिङ पनि थिएन र भइरहेको सुटिङमा रोक लगाउन खोजिएको पनि थिएन । प्रधानमन्त्री माधवकुमार नेपाल सो क्षेत्रमा आउन लाग्नुभएकाले सुटिङ केही समयका लागि रोक्न प्रहरीले आग्रह गरेपछि वास्तविकता खुल्यो । गणतान्त्रिक नेपालका दोस्रा प्रधानमन्त्री माधवकुमार नेपाल आपै”mले आकस्मिक कार्यक्रम तय गरेर अचानक शनिबार दिउँसो गोकर्णको जगडोल क्षेत्रमा निर्माणाधीन सहिद पार्क एवं निजामती पार्क निर्माण परियोजनाको अवलोकन गर्न पुग्दा त्यहाँ त्यस्तो दृश्य देखियो । पार्क निर्माण परियोजनाको तल्लो भागमा नै ओर्लिएर प्रधानमन्त्रीले सो वन क्षेत्रको झन्डै २५ मिनेटको उकालो बाटो पैदल अवलोकन गर्नुभएको थियो । उकालो हिँड्दा बगेको पसिना पुछ्दै प्रधानमन्त्रीले छेउमै हिँडिरहनुभएका पार्क निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलसँग भन्दै हुनुहुन्थ्यो, मन नै आनन्द हुने ठाउँ रहेछ । गर्मी भए पनि चिसो हावाले थकाइ नै बिर्साउने । “अहिलेसम्म प्रधानमन्त्रीको त कुरै छाडौँ, कुनै पनि मन्त्री तथा उच्च अधिकारीहरूसम्मले पनि यस क्षेत्रलाई आफै खोज्दै आएका थिएनन् ।

सहिदलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेर बोलाउँदा पनि अतिथिहरूले समय नदिएको तीतो अनुभव समयसमयमा हामीले भोगेका छौँ”, अनुभव सुनाउँदै समितिका अध्यक्ष सुदर्शन सिग्देलले थप्नुभयो, ” प्रधानमन्त्रीले सहिदलाई उच्च सम्मान दिनुभएको छ र यो सम्मानले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्नेछ ।”प्रधानमन्त्री कार्यालयबाट पार्क परियोजनाको अवलोकनका लागि प्रधानमन्त्री आकस्मिक रूपमा यस क्षेत्रमा आउने जानकारी आफूले पाएको जनाउँदै समितिका उपाध्यक्ष कृष्ण राईले भन्नुभयो, “प्रधानमन्त्री किन यस क्षेत्रमा अचानक आउन लाग्नुभयो भन्ने डर र खुल्दुली भयो । हामी सबै आश्चर्यमा पर्यौँ र हतारमा कसैलाई खबर पनि गर्न सकेनाँै । कुनै तयारी पनि गर्न भ्याएनौ ।” प्रधानमन्त्रीको भ्रमणले सहिदको विषयमा कुरामात्र गर्नेका लागि झट्का दिएको प्रतिक्रिया दिँदै समितिका सचिव त्रिलोचन पौडेलले भन्नुभयो, “कुनै औपचारिक कार्यक्रम तय नभएकाले समितिले माइकसम्मको व्यवस्था गर्न सकेन ।”सो अवसरमा प्रधानमन्त्री नेपालले पार्क निर्माण स्थलको सबै पक्षका विषयमा जानकारी लिनुभएको थियो । सो परियोजनाले कुल ६२९ रोपनी वन क्षेत्रफललाई ओगटेको छ । जसअन्तर्गत १४० रोपनी क्षेत्र राष्ट्रिय सहिद पार्क, २३६ रोपनी क्षेत्रमा पिकनिक स्पोर्ट, दस रोपनी क्षेत्रमा खेलकुद क्षेत्र, ४२ रोपनीमा निजामती सेवा स्मारक स्तम्भलगायत निर्माण गर्ने योजना रहेको छ । नेपाल सरकारबाट २०६४ सालमा सो पार्क निर्माण गर्ने घोषणा भएको थियो ।

पार्क निर्माण क्षेत्रको अवलोकनपछि माइक नभएका कारण ठूलो स्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो, “दक्षिण कोरियाको भ्रमणका क्रममा त्यहाँको क्वाङ्जोमा रहेको सहिद पार्कबाट म धेरै प्रभावित भएको छु । पर्यटकीय क्षेत्रको रूपमा नेपालमा पनि एक सहिद पार्क निर्माण गरौँ भनेर पहिलेपहिलेका प्रधानमन्त्रीलाई निर्माणका लागि प्रस्ताव गरेँ तर कसैले सुनेनन् । अब आफैँ प्रधानमन्त्री भएको छु, निर्माण गर्नेछु । कोरियाबाट र्फकनेबित्तिकै म पार्क निर्माण स्थलको खोजीमा काठमाडौँको गागलफेदीको टुप्पासम्म पुगेँ र सबैलाई सो स्थानमा पार्क निर्माणका लागि अनुरोध पनि गरेँ तर कसैले सुनेनन् । सबै सहिदको इतिहास राख्न सकिने पार्क निर्माणका लागि गागलफेदी र यो स्थानमा कुन उपयुक्त छ भनेर बुभ्न आएको हुँ र यो क्षेत्र पनि मनोरम रहेछ ।”नेपाली जनताले मुलुकले जतिसक्यो चाँडै कोल्टे फेरोस् भन्ने चाहेको र आफू पनि देश र जनताका लागि केही गरौँ भन्ने सोचाइमा नै दिनरात लागिपरेको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, “खुट्टा तानेर पछार्ने नभई हात समातेर राष्ट्र विकास र सिर्जनाको काममा लगाउने संस्कृति निर्माण गर्नु आवश्यक छ ।”राष्ट्रियस्तरका पाँचवटा परियोजना सम्पन्न गर्ने आˆनो योजना रहेको जनाउँदै उहाँले भन्नुभयो, “पहिलो परियोजना सबै सहिदको इतिहास बोक्ने सङ्ग्रहालय निर्माण गर्ने हो भने दोस्रो नेपालका सबै जातजातिको इतिहास र संस्कृति झल्काउने सङ्ग्रहालय निर्माण गर्ने हो । त्यस्तै अर्को रत्नपार्कमा गणतन्त्र स्मारक र नवलपरासीमा थारू सङ्ग्रहालय निर्माण कार्य सम्पन्न गर्नु छ भने अन्तिम परियोजना नारायणहिटी सङ्ग्रहालय क्षेत्रबाट सबै कार्यालयलाई बाहिर ल्याएर नेपाल र नेपालीको सबै राजनीतिक, ऐतिहासिक पक्षलाई समेटेर विशाल सङ्ग्रहालय निर्माण गरिनेछ ।”सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी -एमाले)का काठमाडौँ जिल्ला कार्यसमितिका सचिव रामेश्वर फुयालले प्रधानमन्त्रीले सहिदको सम्मानका लागि देखाउनुभएको चासोले सबैलाई आत्मबल मिलेको प्रतिक्रिया दिनुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s