नेपाली बजारमा तीन महिना अगाडिसम्म प्रतिकेजी रु.९५ मा पाईने बोइलर कुखुराको मासु अहिले प्रतिकेजी रु.२५० देखि रु.२६० सम्ममा धमाधम बिक्री वितरण भइरहेको छ । नेपालको ईतिहाँसमा कुखुराको मासु अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको जानकारी हुन आएको छ । अहिले एक्कासी एक केजी कुखुराको मासुमा रु.१५५ सम्म बढी तिर्नुपर्दा उपभोक्ता ठुलो मर्कामा परेका छन् । साथै कुखुराको मासु मात्र नभई कुखुराको फुलमा समेत १४० प्रतिशत मूल्य बढेको छ । अहिले बजारमा प्रति गोटा कुखुराको फुलको आठ रूपैयाँ पुगेको छ ।
गत वर्ष बेलायतस्थित ओकाइई रिफ्रेन्स ल्याबरोटरीमा बोइलर कुखुराको मासुमा बर्डफ्लु भेटिएको प्रमाणित भएपछि नेपालमा सरकारले पंक्षी र पंक्षीजन्य वस्तु ओसार पसारमा रोक लगाएपछि मुलुकमा कुखुराको मासुको सङ्कट पैदा भएको मासु बिक्रेताहरूले बताएका छन् । अझै पनि नेपालले ४० प्रतिशत कुखुराको मासु ईण्डियाबाट आयत गर्ने गर्दछ । तर ईण्डियामा बर्डफ्ल्यु रोग पूर्ण निवारण भइनसकेकोले नेपाल सरकारले आधिकारिक रूपमा मासु आयत गर्न रोक लगाएको कारणले पनि नेपालमा कुखुराको मासुको मूल्य वृद्धि भएको हो भन्ने बुझिएको छ । नेपालमा माछासहित कुल दुई लाख ६३ हजार ८९४ मेट्रिकटन मासु उत्पादन हुन्छ र त्यतिले केबल ६० प्रतिशतलाई मात्र पुग्ने भएकोले ४० प्रतिशत मासु भारतबाट आयत गर्न नेपाल बाध्य भएको छ ।
Filed under: समाचार-१

______________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
_________________________
__________________________
__________________________
__________________________
_________________________
_________________________










