नेपाल कम्यूनिष्ट पाटी एकिकृत मार्क्सवादी लेनिनवादीका भुतपूर्व महासचिव तथा वर्तमान बरिष्ट नेता कमरेड माधब कुमार नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्रिको रुपमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा वंहाको कार्यकाल सफल रहोस्, सम्पूर्ण राजनैतिक शक्तिहरु उहाँको कुशल नेतृत्वमा सहमतिको र एकताको शुत्रमा बांधिन सकोस्, वहांको नेतृत्वको सरकार शान्ति प्रकृयालाई उचित निष्कर्षमा पुर्याउँन सफल रहोस् ।
तोकिएकै समयमा नेपाल र नेपालीहरुको हक हितको सुनिश्चित गर्ने र मुलुकलाई अग्रगमन तर्फ उन्मुख गराउने नयां संविधान निर्माण गर्न सफल रहोस् साथै नेपाली जनताहरुको शान्तिको चाहाना, उन्नती र प्रगतिको चाहाना साकार पार्ने वातावरण निर्माण गर्न सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेत













































