मिती : २० मे, २००९
बिषय: दूतावास स्थापनाको लागि व्यक्ती विवरण संकलन गर्ने बारे ।
कुवेत नगरिमा पेशारत सम्पूर्ण आदरणिय दाजुभाई, दिदीबहिनीहरु ;
यस माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको सकृयतामा कुवेत नगरिमा नेपाली दूतावास स्थापनाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन, क्लवले कुवेतवासी नेपालीहरुलाई आफ्नो विविध कार्यक्रमहरु मार्फत सूचित गराउँदै आएको र जसको निम्ती एक हस्ताक्षर संकलन अभियान चलाई परराष्ट्र मन्त्रालय पठाउन क्लवले अहम भूमिका खेल्दै आएको सर्वविदितै छ । साथै यो अभियान अन्तिम चरणमा पुगिसकेको पनि यसै सूचना मार्फत जानकारी गराउँदछौं । तर आज संकलन गरिएको हस्ताक्षर र ज्ञापन पत्रको साथमा कुवेतवासी नेपालीहरुको पूर्ण व्यक्ती विवरण पनि नेपाल सरकारलाई बुझाउनु पर्ने सूझाव र सल्लाह हाम्रो सामु बिभिन्न संघ-संस्था, वुद्दिजिवी वर्ग र नेपाल सरकारको सम्वन्धित निकायहरुबाट पनि भई-रही आएकोले हामीले विषेश परिस्थितिमा यो सूचना जारी गरेका हौं ।
दाजुभाई- दिदिबहिनीहरु, यो परिवेशमा हामीलाई तपाईंहरुको साथ र सहयोगिको हात चाहिएको छ । आउनुहोस् यो पवित्र काम सबै मिली सफल पारौं । तपाईंहरुको सहयोग सरल र सुलभ तवरले प्राप्त र उपभोग गर्न सकौं भन्ने उद्देश्यले हामीले यो सूचनाको साथमा एउटा माईक्रोसफ्ट वर्डको डाटा पनि अट्याच् गरी राखेका छौं, जुन डाटामा तपाईंहरुले आफ्नो पूर्ण विवरण (पुरा नाम, अस्थायी- स्थायी ठेगाना, कुवेत आएको मिती, टेलिफोन नम्वर, राहदानी नम्वर, जारी गरिएको स्थान- मिती र वहाल रहने अवधी साथै भएमा ईमेल ठेगाना) समेत राखी हामीलाई यथाशिघ्र ईमेल मार्फत पठाउन या क्लवको कुनै पनि सदस्यहरुलाई भेटेर दिनुहुनको लागि यस क्लव हार्दिक अनुरोध गर्दछ ।
वर्ड डाटा खोल्नको लागि तलको फाईलमा क्लिक गर्नुहोस् ।
धन्यवाद ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत














































Dear all team wishing you all best of luck and ofcourse all nepalese will help this club to be NEPALES EMBESY HERE in kuwait…
Thanks agin to all of you and dear all nepales..help each other …
Hari neupane Iraq Balad
No doubt on this !!! we are always happy to be a part of such social activity, all the best !