माओवादी नेतृत्वको मन्त्रिपरिषदका सदस्यले विदेश भ्रमण गरी आठ महिनामा १० करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम अघिल्लो सरकारका मन्त्रीले उही अवधिमा उस्तै प्रयोजनका लागि गरेकोभन्दा झन्डै दोब्वर खर्च हो । गत भदौमा सरकारको नेतृत्व सम्हालेपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईको पहलमा जारी आर्थिक मितव्ययिता निर्देशिकाको उल्लंघन गर्दै प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीले अत्यधिक विदेश भ्रमण गरेपछि खर्च बढेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको विदेश भ्रमणका निम्ति ६ करोड विनियोजन गरेको थियो । उक्त रकम मन्त्रिपरिषद सदस्य र कर्मचारीले पाँच महिनामै सकाएका थिए । ८ महिनामा विदेश भ्रमण खर्च ५ करोडबाट साढे नौ करोड पुगेको हो । गर्त वर्ष यहीं अवधिमा विदेश भ्रमणका क्रममा साढे ६ करोड रुपैयाँ खर्च भएको जानकारी अर्थ मन्त्रालयका प्रवक्ता शंकर अधिकारीले जानकारी गराएका छन् ।
Source: nepalisrael













































