प्रधानमन्त्रीको हेलिकप्टर अवरण गर्दा डीआईजी घाइते, माधव नेपाललाई गृहजिल्ला फापेन

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाल चढेको हेलिकोप्टर अवतरण गर्दा हावाले विद्यालयको छानो उडाई लाग्दा रौतहटमा सशस्त्र प्रहरीका एक डीआईजी घाइते भएका छन् । प्राप्त जानकारीअनुसार गृह जिल्लावासीको अभिनन्दन ग्रहण गर्न आज रौतहटको चन्द्रनिगाहापुर पुगेका प्रधानमन्त्री नेपाल चढेको हेलिकप्टर स्थानीय जनज्योति मा. वि. को प्रांगणमा अवतरण गराउने क्रममा हावाले छानो उडाएको थियो । जस्तापाताको छानो उडाएर [...]

यस्तो छ उपत्यकाको यौन-बजार

दिपक सापकोटा, काठमाडौंमै मात्र ३० हजार यौनव्यवसायी रहेको अनुमान गरिन्छ । मीना तामाङजस्ता काठमाडौंबाहिरका हजारौँ युवती अन्जानमा वा बाध्यतावश काठमाडौं केन्द्रित यौनव्यवसायमा आइपुगेका छन् । प्रहरी अपराध अनुसन्धानका प्रमुख नवराज सिलवाल काठमाडौंमा अनेकौँ तरिका अपनाएर यौनव्यवसाय भइरहेको बताउँछन् । ‘बेरोजगारहरू बढेका छन्, राम्रो लाउने, मीठो खाने रहरले मान्छेलाई यौनव्यवसायतिर डोहोर्‍याउँछ,’ सिलवाल भन्छन्, ‘समयसँगै फेरिँदै गएको [...]

राजधानिको जेलमा तीन डन

केपी ढुंगाना- काठमाण्डौ । ठमेललाई आधारक्षेत्र बनाएर राज गर्दै आएका दीपक मनाङेका नामले परिचित ४० वर्षिय दीपक गुरुङ तीन महिनादेखि डिल्लीबजार कारागारमा छन् । अभिषेकविक्रम शाहलाई कुटेको अभियोगमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको एक वर्ष कैद-सजाय भोग्दै छन् उनी । सर्वोच्च अदालतलाई नै झुक्याएर रिहा भएका उनी १ फागुनमा ठमेलमा रहेको होटल वैशालीअगाडि रहेको स्विटड्रीमबाट [...]

मुलुकलाई सङ्क्रमणबाट मुक्त गर्न सरकार दृढ

काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई सङ्क्रमणकालबाट छिटो मुक्त गर्न वर्तमान सरकारको दृढसङ्कल्प रहेको बताउनुभएको छ । चिनियाँ सहयोगमा निर्मित निजामती कर्मचारी अस्पतालको शनिबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो, “विगतदेखि हामीले आरम्भ गरेको सहमति र सहकार्यको यात्रा अहिले मध्य भागमा आइपुगेको छ । वर्तमान सरकार त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन दृढसङ्कल्पित छ [...]

सङ्कल्प प्रस्तावले प्रवेश नपाउने

काठमाडौँ, जेठ १६ गते । अन्ततः राष्ट्रपति डा. रामवरण यादवविरुद्ध एकीकृत नेकपा (माओवादी)ले संसद् सचिवालयमा दर्ता गराएको सङ्कल्प प्रस्तावले संविधानसभा व्यवस्थापिका संसद्मा प्रवेश नै नपाउने भएको छ । राष्ट्रपति डा. यादवले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदमा बहाल रहिरहन निर्देश दिएपछि माओवादीले राष्ट्रपतिको कदमलाई नागरिक सर्वोच्चतासँग जोड्दै आएको छ । माओवादीले त्यसविरुद्ध संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गराएको [...]

नावालकसहित महिलाद्वारा आत्महत्या

१६ जेठ, बीरगन्ज । आफनै सासुसँग भएको घर झगडाका कारण रौतहटकी एक महिलाले आफ्नो नाबालक सहित आत्महत्या गरेकी छन् । रौतहटको लौकाहा गाउ विकास समिती ३ निवासी रामप्रित महतोको ३३ वर्षीय श्रीमती गिता देवीले आफ्नै अढाई वर्षीय छोरा मुकेश महतोसहित आफूले पनि बिष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले सुरुमा आफ्नो नाबालक [...]

सुदूरपश्चिममा १५ सय एड्सपीडित

मोहन शाही डोटी, यौनसम्पर्क राख्दामात्र होइन, कसैसँग रगत लिने दिने गर्दा र सैलुन जाँदासमेत सुदूरपश्चिममा विशेष सतर्कता अपनाउनुपर्ने अवस्था छ । सुदूरपश्चिममा हालसम्म एचआईभी संक्रमितको संख्या १ हजार ५ सय नाघेको छ भने संक्रमितमध्ये डोटीमा मात्र ५ सय ४९ जना छन् । डोटीमा १ सय ७९ जनाले एआरबी औषधि खाइरहेका छन् । संक्रमितको बढी जोखिम [...]

काँग्रेस सरकारमा सहभागी हुने, मन्त्री छान्न चार सदस्यीय समिति

काठमाडौं, जेठ १६ – एमाले नेतृत्वको सरकारमा सहभागी हुने नेपाली काँग्रेसले आधिकारीक निर्णय गरेको छ । एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेपनि सरकारमा जाने नजाने विषयमा काँग्रेसले पार्टीगत निर्णय लिएको थिएन । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले सरकारमा जाने निर्णय लिएको पार्टी महामन्त्री बिमलेन्द्र निधीले बताए । तर कसको नेतृत्वमा [...]

शान्तिका प्रतीक परेवा उडाउँदै राष्ट्रपति

प्रथम गणतन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउँदै राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः रमेश क्षेत्री

 

मन्त्रालयमै रक्षामन्त्रीलाई कर्णेलको गोली ठोक्ने धम्की

नेख- काठमाडौं । पदावधि थप नहुने निश्चित भएपछि आक्रोशित भएका नेपाली सेनाका एक कर्णेलले रक्षामन्त्री विद्या भण्डारीलाई मन्त्रालयमा गई गोली ठोक्ने धम्की दिएका छन् । प्राप्त समाचार अनुसार काभ्रेकी मैना सुनुवारको हत्याकाण्डमा आरोपित कर्णेल बबी खत्रीले बिहिबार रक्षामन्त्रालयमा पुगी रक्षामन्त्रीलाई खोज्दै मेरो म्याद नथप्ने को हो त्यसलाई गोलीले उडाइदिन्छु । भन्ने चेतावनी दिएको बताइएको छ [...]

माओवादीले मनायो छुट्टै गणतन्त्र दिवस

१५ जेठ, काठमाण्डौं । गणतन्त्र स्थापना भएको एक बर्ष नपुग्दै राजनीतिक दलहरुवीच संगै दिवस मनाउन नसक्ने गरी तिक्तता देखिएको छ । पहिलो गणतन्त्र दिवस मनाईरहँदा गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य राजनीतिक दलहरुले भने छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरे । सरकारको नेतृत्वबाट वाहिरिएपछि दलहरुवीच देखिएको कटुताका कारण सरकारले आयोजना गरेको गणतन्त्र दिवसमा माओवादीका नेताहरु सहभागी [...]

डिफेन्स आर्मीद्वारा क्रिश्चियनलाई नेपाल छोड्न उर्दी

१५ जेठ, विराटनगर । दुई जनाको ज्यान जाने गरी ललितपुरको धोवीघाटस्थित एजम्सन चर्चमा गराईको गराएको बम बिष्फोटनको जिम्मेवारी औपचारिक रुपमा नेपाल डिफेन्स आर्मीले लिएका छ ।९ जेठमा गराइएको उक्त बम बिष्फोटको जिम्मेवारी लिदै आर्मीका नायिने आर.पी.मैनालीले ११ जेठमा जारी गरेको जिम्मेवारी पत्र’ सञ्चारकर्मीको हातमा भने चारदिनपछि शुक्रवारमात्र परेको छ । बिज्ञप्ति निकै टाढाबाट आएकाले तपाईसम्म [...]

बबरमहलमा श्रीमतीलाई जिउँदै दागबत्ती

काठमाडौं । सँगै जिउने सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएको भएपनि राजधानीको बबरमहलमा एक श्रीमान्ले आफ्नी श्रीमतीलाई जिउँदै जलाएर ज्यान लिएका छन् । सामान्य घरायसी विवादमा बबरमहलस्थित डेरामा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाइदिएका थिए । परिचय पूर्ण रुपमा खुल्न नसकेका ती व्यक्तिले श्रीमतीलाई आगो लगाइदिएपछि घाइते भएकी श्रीमतीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको [...]

पहिलो गणतन्त्र दिवस देशभर मनाइदै

१५ जेठ, काठमाडौं । संबिधानसभाको पहिलो बैठकले २४० बर्ष लामो राजतन्त्र अन्त्य भएको घोषणा गरेको पहिलो बर्ष पुगको अवसरमा आज देशभर गणतन्त्र दिवस मनाईदै छ । गत बर्ष आजकै दिन संबिधानसभाको पहिलो वैठकले नेपालमा कायम शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा गर्दै मुलुक संघीय लोकतान्त्रीक गणतन्त्र ब्यवस्थामा प्रवेश गरेको घोषणा गरेको थियो । सरकारले पहिलो गणतन्त्र [...]

प्रधानमन्त्रीद्वारा रचनात्मक सहयोगका लागि दाहालसँग आग्रह

काठमाडौं, जेठ १४- प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादीसँग संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन कार्यगत एकताको प्रस्ताव अघिसारेका छन् । बिहीबार प्रचण्ड निवास नयाँबजारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री नेपालबीच करीव १ घण्टा लामो छलफलमा मुलुकको संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न प्रधानमन्त्रीले दाहालसँग आग्रह गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले  ई-कान्तिपुरलाई जानकारी [...]

यौन पिपासुले तीन युवतीको सतित्व लुटे

काठमाडौं । यौनको प्यास मेटाउन एक नरपिचासले अपाङ्ग युवतीलाई पनि छोडेन । सिन्धुपाल्चोकमा बिग्रेको स्टोप र प्रेसर कुकर बनाउँदै गाउँ पुगेका मोहन महतोले पीपलडाँडा ८ गौरातीकी कमला तामाङ (नाम परिवर्तन) लाई बलात्कार गरेको बताइएको छ । घरबाट एककिलो मिटर टाढा जंगलमा लगेर बिहान दीर्घरोगी छोरी कमलालाई बलात्कार गरेको हो । उसले पिँढीमा आफ्नै शुरमा खेलौनासित [...]

जर्नेल खड्कामाथि कोटमार्शलको तयारी, माओवादी नेतालाई कटवालको धम्की

काठमाडौं । एकीकृत नेकपा माओवादीको आर्शिवाद पाएर कायम मुकायम प्रधानसेनापति नियुक्त भएपनि जिम्मेवारी वहन नगरेका जर्नेल कुलबहादुर खड्कामाथि सैन्य नेतृत्वले कारवाही प्रकृया अगाडि बढाएको छ ।
स्रोतका अनुसार सैनिक अनुशासन उल्लघंन गरी कुनै राजनीतिक दलको भक्तिभावमा लागेको तथा सेनाभित्र विचलन ल्याउन खोजेको र गोप्यतासमेत सार्वजनिक गरेको आरोपमा सेनाले जर्नेल खड्कामाथि कारवाही गर्ने तयारी गरेको हो । [...]

प्रचण्डको सुरक्षामा जनमुक्ति सेनाको नयाँ र ठूलो टोली

प्रधानमन्त्रीबाट भर्खरै अवकाश लिएका माओवादी अध्यक्ष प्रचण्डका लागि माओवादी जनमुक्ति सेनाले सुरक्षा-व्यवस्था कडा पारेको छ । उनको सुरक्षार्थ अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डरको नेतृत्वमा करिब ५० जनाको टोली थियो, अब कमान्डरको नेतृत्वमा ७० जनाको टोली खटिने भएको छ । प्रधानमन्त्री हुनुअघि जनमुक्ति सेनाका सर्वाेच्च कमान्डर रहेका प्रचण्डका लागि अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डर मन्जिलको नेतृत्वमा [...]

उपप्रधानमन्त्री तथा परराष्ट्रमा सुजाताको दाबी

जिपी -गिरिजाप्रसाद) पुत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री हुने होडमा अघि बढेपछि बिपी (विश्वेश्वरप्रसाद) पुत्र शशांक कांग्रेस नेतृत्वबाट आक्रोशित भएका छन् । सुजाताको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउने अडानमा गिरिजाप्रसाद छन् भने कोइराला परिवारकै सदस्यहरू विरोधमा उत्रिएपछि पार्टी अनिर्णयको बन्दी बनेको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला छाेरी सुजाताको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने गृहकार्यमा लागेका छन् [...]

नेपाल प्रचण्डको खाटमा नसुत्ने

काठमाडौं, (नेस) प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार र्सर्नुभएको छ। आफ्नो निजीनिवास कोटेश्वरबाट पिता मंगलप्रसाद नेपाल, पत्नी गायत्री आचार्य नेपाल तथा परिवारका अन्य सदस्यका साथ उहाँ बालुवाटार र्सर्नुभएको हो। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा झिकाइएको सबैभन्दा महँगो करिब डेढ लाखको पलङ भने प्रधानमन्त्री नेपालले प्रयोग नगर्ने बताइएको छ। प्रधानमन्त्री नेपालका पिता मंगलप्रसाद [...]