पुरुशोत्तम सुबेदी, बेल्जियम
गत सुक्रवार २४ अप्रिल २००९ को दिन नेपाली दुतावस बेल्जियमले नयाँ बर्ष २०६६ को शुभकामना आदान प्रदानका साथै गणतन्त्र दिवस तथा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गर्यो । उक्त कार्यक्रममा एन आर एन बेल्जियमका प्रमुख पदाधिकारीहरु एन डि एफ बेल्जियमका प्रमुख पदाधिकारीहरु लोक तान्त्रिक गणतान्त्रिक मोर्चाका प्रमुख जन संपर्क समितिका प्रमुखहरु लगायत तमुसमाज-सेर्पासमाज-पासा पुच-चितवन क्याट-नेपालि ब्यावसायी संघ बेल्जियमका प्रमुख पदाधिकारीहरु-सनातन धर्मसेवा समितिका प्रमुख-एन आर एन युरोप संयोजक-भुपु एन आर एन प्रमुख – सांग्रिला समाज संस्थापक प्रमुख – बेल्जियम साहित्य समाजका पदाधिकारी-जनप्रगती शिल मंचका पदाधिकारी -लगायत बेल्जियममा रहेका अन्य थुप्रै संघ संस्थाहरुका पदाधिकारी-बुद्धी जिवी-पत्रकार -समाज सेवी लगाएत थुप्रै मानिसहरुको उपस्थिती रहेको थियो । उपस्थितिमा महिलाहरुको पनि उल्यख्य सहभागिता रह्यो ।
सोही समरोहको सुरुमा नेपाली दूतावासका काउन्सुलर श्री दीपक धितालले कार्यक्रमको सन्चालन गर्नु हुँदै स्वागत मन्तब्यमा गणतन्त्र नेपाल लाई सुनिस्चित गर्न सबै राजनीतिक पार्टिको सहकार्य आवस्यकता अउल्याउदै नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवस को खुशीयालिमा उक्त समारोहमा उपस्थित देश प्रेमी लगाएत देश बिदेसमा छरियर रहेका सबै नेपालीहरु लाई शुभकामना मन्तब्य राख्नु भयो । साथै दुतावास प्रमुख प्रमेश हमालले हामीहरु बिच राजनैतिक विभिन्नता भएपनि राष्ट्र निकासको लागि यस घडीमा बिवेक पूर्ण तरिकाले संबिधान लेखन तर्फ लाग्नु पर्ने कुरा औल्याउदै नेपालमा छिट्टै नै संबिधान निर्माण हुने विश्वाश ब्यक्त गर्नु भयो । दस बर्ष जनयुद्ध मा संलग्न बिद्रोही माओवादी अहिले सत्ताको साझेदार अवस्थाको उपस्थितिले देशले क्रान्ति बाट शान्तीको पथ तर्फ उन्मुख भयको दाबी गर्दै छिट्टैनै नेपाललाई एक कानुनी राज्य स्थापना गर्नु पर्नेमा जोड दिदै सबै देशबासी तथा प्रवासि नेपालीहरु लाई नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवसको उपलक्षमा शुभ कामना मन्तब्य दिदै उपस्थित सबै अतिथी महानुभावहरु लाई जलपान तथा भोज मिस्ठान्न तर्फ सरीक हुन आग्रह गर्नु भयो । त्यस्तै अन्तमा बोल्ने क्रम सकियको जानकारी दिदै काउन्सुलर दीपक धितालले समेत भोजमा सारीक हुन सबैलाई आग्रह गर्नु भयो ।













































