Monthly Archives: April 2009

राष्ट्रसङ्घ महासचिव नेपालको शान्ति प्रक्रियाबाट आशावादी

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले संविधान मस्यौदा गर्ने तथा दुई सेनाको भविष्यका सम्बन्धमा भएका छलफलजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित मुख्य विषयमा हालैका दिनहरूमा भएको प्रगतिले आफूलाई केही आशावादी हुने आधार प्रदान गरेको बताउनु भएको छ । महासचिव मुनले राष्ट्रसङ्घको सुरक्षा परिषद्मा प्रस्तुत गर्नुभएको पछिल्लो प्रतिवेदनमा योग्य नठहरिएका माओवादी सेनाका जवानको बिदाइ सम्बन्धी योजनाले शान्ति प्रक्रियामा र संयुक्त राष्ट्रसङ्घ समक्ष गरेका प्रतिबद्धताहरू ढिलै भएपनि पूरा हुने उल्लेख छ ।

विशेष समितिको बैठक, त्यसको प्राविधिक समितिको गठन र ती दुबैमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको प्रतिनिधित्व, माओवादी सेनाको समायोजन र पुनस्र्थापनाजस्ता जटिल विषयहरूलाई सम्बोधन गर्ने कुराले रचनात्मक रुपबाट अगाडि बढ्ने क्षमताको सङ्केत गर्छ, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा मुनले भन्नुभएको छ, “ती सबै कदमहरूको म सराहाना गर्छु र सम्बन्धित सबैलाई अरू कुनै ढिलाइ बिना यो गतिशीलतालाई निरन्तरता दिन आग्रह गर्छु ।”

समायोजन र पुनःस्थापनाको काम २०६६ असार ३१ भित्र नै सम्पन्न गर्ने प्रतिज्ञा सरकारले गरेको छ भन्दै महासचिव मुनले हालैका साताहरूमा सुरु भएका कामहरूबाट आफूलाई उत्साहित बनाएको र थप समय खेर नफाली ठोस प्रगति हासिल गर्ने कुरामा आफूलाई आशावादी बनाएको उल्लेख गर्नुभएको छ । नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन -अन्मिन) का अनुसार महासचिव मुनले तीन महिनाभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने अपेक्षा गर्नु यथार्थपरक नहुने बताउनु भएको छ ।

विशेष समिति र प्राविधिक समितिमा अन्मिनको सहायताका लागि प्रधानमन्त्रीले आग्रह गर्नु भएको छ भन्दै महासचिव मुनले माओवादी सेनाका जवानहरूको समायोजन र पुनःस्थापनाको काम सम्पन्न नभएसम्म अन्मिनका हतियार अनुगमनकर्ताले अहिले निर्वाह गरिरहेको भूमिकाको निरन्तरताका लागि उनीहरूको आवश्यक परिरहने कुरातर्फ नेपाली पक्षहरूले बारम्बार राष्ट्रसङ्घलाई सङ्केत दिइरहेका उल्लेख गर्नुभएको छ ।

भविष्यको स्थायित्वका लागि माओवादी सेनाका लडाकूको योजनावद्ध पुनस्र्थापनाका साथै समाजमा वा सुरक्षा बलमा समायोजन आवश्यक रहेको महासचिव मुनले बताउनु भएको छ ।

Source: nepaldubai 

छोरी मारेको अभियोगमा आमासहित दुई पक्राउ

एचकेनेपाल- आफ्नै पाँच वर्षिया छोरीलाई मारेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा-६बाट मृतककी आमा २७ वर्षीया फुलोदेवी खत्वे र उनका एक छिमेकीलाई पक्राउ गरेको छ । प्लास्टिकको झोलामा हालेर घर नजिकै पुरिएको अवस्थामा फुलोदेवीकी पाँच वर्षीया छोरी सुशीला खत्वेको लाश फेला परेपछि प्रहरीले स्थानीय सहदेव खत्वेलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ ।

बिहान फेला परेको सो लाश प्रहरीले उत्खनन् गरी जिल्ला अस्पताल सुनसरीमा पोस्टमार्टमका लागि बुझाएको छ । अभियुक्त फुलोदेवीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएको र घरमा ससुरा वसन्त खत्वेसँगै रहँदै आएकी उनले छोरीको ससुरासमेतको संलग्नतामा हत्या गरेको प्रहरीले दाबी गरेको छ । ससुरा वसन्त फरार रहेको र अभियुक्त फुलोदेवीले आफ्नी छोरीको हत्या ससुराले गरेको वयान प्रहरीसमक्ष दिएकी छिन् ।

सेनापति हटाएरै छाड्ने प्रधानमन्त्रीको दृढता

काठमाडौं (नेख) । प्रधानमन्त्री समेत रहेका माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चता कायम गर्न प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाई छाड्ने कुरा आज पनि दोहोर्याएका छन् । तर प्रधानमन्त्रीले उक्त प्रकरणलाई सहमतिकै आधारमा टुंग्याउने बताउनु भएको छ ।

आज बिहान नागरिक समाजका अगुवाहरु सँग को भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनु भएको हो । नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला लगायत सँग भेटी सेनापति प्रकरणबारे ध्यानकर्षण गराउदै उनीहरुले प्रधानमन्त्रीलाई आवेगमा आएर नभई विवेकले काम गर्न सुझाव दिएको बताइएको छ । सोही क्रममा प्रधानमन्त्रीले तोकिएकै समयमा संविधान बन्नेमा ढुक्क रहन समेत नागरिक समाजका अगुवा सँग आग्रह गर्नु भएको थियो ।

नेपाली सेना एक भएर उभियो, दायित्व पूरा गर्ने प्रतिबद्धता भाँड्न खोज्ने तत्व आफै पराजित

काठमाडौं (नेख) । नेपाली सेनाले पछिल्ला दिनमा आफ्नो संस्था तथा संस्थाका वरिष्ठ अधिकारीहरुका विषयलाई लिएर विभिन्न संचार माध्यममा संप्रेषित समाचार नागरिक समाजलगायत अन्य बुद्धिजिवी वर्गहरुले गरिरहेका टिकाटिप्पणीहरु प्रति आफ्नो विशेष ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयमा आम जनसमुदायलाई पुनः आश्वस्त पार्न बुधबार जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति रुकंमाङ्गद कटवाल, बलाध्यक्ष रथी कुल बहादुर खड्का, बलाधिकृत रथी छत्रमान सिंह गुरुङ् सहित अन्य उच्च पदस्थ पदाधिकारीहरु उपस्थित एक समारोहमा आफ्नो संस्थाको संगठनात्मक ऐक्यबद्धता माथीको प्रतिबद्धता पुनः प्रकट गरेको छ ।

dsc_0024

सोही समारोहमा प्रधानसेनापति कटवालको प्रतिबद्धतायुक्त बक्तत्वमाथि नेपाली सेनामा उहाँ पछीका वरियाताक्रमका दुई रथीले पनि समर्थनका साथै प्रतिवद्धता जनाएका छन् । यो वक्तत्व नेपाली सेनाभित्र गुट र फूटको अवस्था सिर्जना हुन लागेको हल्ला चलिरहेका बेला आएको छ । यसले त्यस्तो हल्ला चलाउनेहरु माथि त जबाफ फर्काएकै छ नेपाली सेनाभित्र भाँडभैलो मच्चाउन दुस्साहस गर्ने तत्वलाई समेत पराजित गरेको बताइन्छ । उक्त तत्वले आफ्नो स्वार्थ पूरा गराउन यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा निम्त्याउन सफल भएको जस्तै भाँडभैलो नेपाली सेनामा पनि छिराउने दुस्प्रयास कुनै तत्वबाट भइरहेको थियो । तर सेनाभित्र छिर्न लागिसकेको भाँडभैलोको रोगको उपचार नियन्त्रण गर्न सेनापति कटवाल उनी पछिका रथी खड्का र अर्का रथी गुरुङ्ग तत्कालका लागि सफल भएका छन् । नेपाली सेनाभित्र गुट र फूट सिर्जना गराएर आफ्नो अभिष्ट पूरा गर्न तम्सिएका तत्वले यसअघि कटवाल र खड्काबीच फाटो ल्याइदिन गरेको षड्यन्त्रले उनीहरु बीचको सम्वन्ध केही दिन पानी बाराबारको जस्तै रहेको बताइएको थियो भने आफ्नो पद जोगाउन कटवाल र आफू प्रधानसेनापति बन्न खड्का दुबै विभिन्न राजनैतिक शक्ति केन्द्रको चाकडीमा दौडधुप गरेका खबर मिडियामार्फत् सार्वजनिक भइरहेका थिए भने त्यो अवस्थाको फायदा लुट्न राजनैतिक दलले मौका कुरीरहेको अवस्था पनि नदेखिएको होइन ।

प्रधानसेनापतिको प्रतिवद्धतामाथि जर्नेलहरुको साथ

गौरवमय ईतिहास बोकेको र जनताप्रति सदैव उत्तरदायी रहेको नेपाली सेनाको नेतृत्व वर्गलगायत सकल दर्जा एक ढिक्का भई उच्च अनुशासनमा रही राष्ट्रको सुरक्षा र राष्ट्रियताको जगेर्ना गर्नका लागि राज्यले दिएका जिम्मेवारीहरुलाई निर्वाह गर्दै आएका छौं । विगत केही दिन यता विभिन्न संचार माध्यमहरुमा नेपाली सेनाको अनुशासन तथा बरिष्ठ अधिकृतहरु विशेषतः प्रधान सेनापतिलगायत बरिष्ठतम रथीहरुका बीचको सम्बन्धलाई लिएर आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले त्यस्तो समाचारमा कुनै सत्यता नभएको र त्यो भ्रामक र कपोलकल्पीत मात्रै भएको स्पष्ट गर्न चाहन्छौं । यस सन्दर्भमा म नेपाली सेनाको प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवाल बलाध्यक्ष रथी श्री कुल बहादुर खड्का र बलाधिकृत रथी श्री छत्रमान सिंह गुरुङ्गको बीचमा कुनै मन मुटाव वा द्धैश नभएको र हामीहरु आ आफ्नो नियुक्तिमा प्रचलित नियम कानुन र आफ्नो चेन अफ कमान्ड अनुसार नेपाली सेनाको गैरराजनैतिक चरित्रलाई कायम राख्दै यसको संस्थागत विकास गर्न र राष्ट्रिय सेनाको राष्ट्रिय चरित्रलाई अझ व्यापक र अझ जनता केन्द्रित बनाउन सक्षम छौं र त्यसैकार्यमा कटिबद्ध पनि छौं । हामीहरु व्यक्तिगत तथा संस्थागत दुवै रुपमा नेपालको संविधान प्रचलित कानुन र विगतका शान्ति सम्झौताहरु प्रति पूर्ण रुपमा प्रतिबद्ध र लोकतान्त्रिक पद्धति प्रति समर्पित रही शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा लैजानका लागि राज्य र जननिर्वाचित प्रतिनिधिहरुलाई हरेक प्रकारको सहयोग गर्नका लागि सदैव तत्पर रहेको जानकारी गराउंदछौं ।

प्रधान सेनापतिले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ ।

doc3

प्रधान सेनापति र बलाध्यक्ष ज्यूले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ ।

तर हावा नचलि पात हल्लिदैन भनेजस्तो नेपाली सेनाको इतिहासमा पहिलो पटक यस्तो विवाद सिर्जना भएको र त्यसको ढाकछोपका लागि पहिलो पटक नै यस्तो बक्तब्य जारी गर्नु परेको हो । घरभित्र विवाद भए छिमेकीले चलखेल गर्ने अवसर पाउँछन् । चाहे त्यो बुझेर होस् या मन अमिलो पारेरै किन नहोस् सेनाका उच्चअधिकारीले आफूहरुबीच एकता रहेको देखाएका छन् । त्यो देश र जनताका लागि मात्रै नभएर स्वयम् नेपाली सेनाका लागि पनि हितकर मानिएको छ । स्रोतका अनुसार संगठन आफै कमजोर हुँदा बाहिरबाट अरु धेरैले चलखेल गर्न अवसर पाउने भएकाले सरकारबाट जेजस्तो निर्णय आए पनि बाहिर देखावटी रुपमा एक भएर उभिन भारतले दिएको गुरुमन्त्र अनुसार नेपाली सेनाले यस्तो कदम चालेको हो । त्यो कदम कति कार्यान्वयन हुन्छ त्यो समयले नै देखाउला । तैपनि यसअघि गुट र फूटमा देखिएका उच्च सैनिक अधिकारीहरु एक भएर उभिएपछि सेनालाई बिच्क्याउन र जिस्क्याउन भने केही असजिलो अवस्था भने पक्कै पनि सिर्जना भएको छ ।

मिडियाले देख्न नसकेको कुसल खेलाडी नरबहादुर राई

एशीयन भारत्तोलन प्रतियोगीतामा तेश्रो स्थानमा विजयी एक कुशल खेलाडी हुनुहुन्छ, नरबहादु राई । थोरै बोल्ने स्वभावका उहाँले मूलवाटो डट कमसंग केही अप्ठेरो मान्दै कुराकानी सुरुगर्नु भयो, मेरो यो पहिलो मिडिया फेस हो, फलाम उचान्नु भन्दा पनि गार्हो पो लाग्यो।खोटाङ जिल्ला अन्तर्गत खार्तम्छा गाविस को चोखाने ८ मा जन्मनु भएको एक खेलाडी अथवा देशका गहना हुन नरबहादुर राई । उहाँको अर्को नाम रणबहादु राई हो तर उहाँ आफूलाई एन बि राईले चिनाउनु चाहानु हुन्छ । Continue reading

दिपेन्द्रको उपहार हेर्दै नेपाल सम्झिँदै

संझना, फ्रान्स / Source: nepalplus

छन गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा । यो उखान उनमा ठ्याक्कै लाग्छ । हिजो उनी ठिम्ठिमाउँदै हिँड्थे । नेपाली साथीहरुपनि सँगै थिए । उनी हरेक जसो नेपाली कार्यक्रममा टुप्लुक्क पुग्थे । जे सकेको सहयोग गर्थे । त्यतिबेला पेरिसका सारा नेपालीसित उनको उठबस थियो । उनले कति सामान त यहिँका नेपाली एसोसिएसनलाई दिए । अहिले उनलाई उमेरले खर्मर्žयाउँदै लतारेर ९० मा पुर्žयायो । आँखा बसे । गोडा काँप्न थाले । उनी बसिरहेको पेरिसको एक ब्रिद्दाश्रमको एक तल्लाबट तल नियाल्दै बस्न बाध्य छन् । उनी ३५, ४० को उमेरमा नेपालका अग्ला हिमाल नापेको स्मरण गर्दै बसेका छन । रातदिन नेपालका हिमाल गोडामा सुम्सुम्यान आउँछन् । सेता हिमाल टलक्क टल्किएको आँखै अगाडि उभिएझैं लाग्ने रहेछ तर अगाडिकै चस्मा छामछुम गर्नुपर्दा उनी उराठिन्छन् । उच्च हिमाली भागमा खच्चरले टार्लाङ र टुर्लुङ बजाउँदै दगुरेको उनको कानमा गुञ्जन्छ । तर यतिखेर एउटा बन्द कोठामा आफ्नै आवाजमा सिमित हुनु परेको सम्झँदा उनी झ्ल्याँस्स हुन्छन् । कोठामा फोन त छ तर खासै घण्टी बज्दैन । पहिले वरिपरि उनी मित्रहरुले घेरिन्थे । अहिले उनका वरिपरि तिनै केहि थान किताब र कापी छन् । साथी तिनै कपी र किताब । छोराछोरी भनेपनि तिनै । सुन्ने, बोल्ने, हेर्ने, जिस्किने, दुख पोख्ने, सम्झने सबै तिनै छरपस्ट भूइमा लडेका निर्जिव वस्तु हुन् ।

samjana-france
शरिरमा फूर्ती, मनमा उत्साह अनि क्षितिज नाघ्ने सबल आँखा रहुन्जेल हिमाल उनको आकर्षण थियो । हिमाली जनतालाई उनले ह्रिदयभरि लुकाएका थिए । हिमालको सिरेटो र चिसो पानी उनको शरिरमा भिजेको थियो । नेपालीको मित्रता, स्वागत र मुस्कानलाई मनभरि साँचेका थिए । त्यहि भएर उनले हिमाल र हिमाली जनता भनेपछि भुतुक्क हुने फ्रान्सेलीहरु खोजि खोजि समूह बनाउँदै नेपाल लैजाने गरे । रहँदा बस्दा उनी नेपालको माया र प्रेममा डुब्नुसम्म डुबेछन्। त्यसैलाई फैलाउन उनले नेपाल फ्रान्स कल्चरल एसोसिएसन खोले । थुप्रै नेपालीलाई फ्रान्समा घुमाएर पठाए । उनैले फ्रान्स ल्याएर यहाँ स्थापित गराएका करिब सात जना नेपालीको नाम त करिब १० महिना अघि म उनको आश्रममा पुग्दा फटाफट सुनाउँदै थिए । कसैलाई बेलायत त कोहि उनको सहयोगमा अष्ट्रेलिया पुगेछन् ।

तर अहिले उनी तिनै नेपाली मित्रहरुसितका हरेक क्षण र पलहरुको घुट्को सुर्क्याउँदै एक्लै बसेका छन् । कोहि आएर एकाध घण्टा बसिबियाँलो गरिदिए ! सोच्दै बस्छन् । हट्टाकट्टा हुँदा ‘ज्याक मार्बो‘ भन्दै हप्तैपिच्छे फोन गर्ने नेपाली मित्रहरुले अहिले एक पटक पनि नसम्झेको देखेर उनी मन कुँड्याउँदै थिए । ‘नेपालका साथीहरु त लौ टाढा भए रे, यहाँकाले त कहिलेकाहिँ सम्झिए हुने थिएन र ?’ सुनाउँदै थिए । ‘ज्याक, मैले एउटा पुस्तक लेख्न लागेको छु । तपाईलाई पनि मैले छनोट गरेको छु त्यो पुस्तककालागि‘ भनें । ओहो उनी औधी खुशि भए । केहि समय पछि उनले सम्झेर केहि फोटापनि पठाए मेरो ठेगानामा ।

उनले ठेगाना बदलेका रहेछन् तर फोन भने उहि थियो । मैले फोन गर्दा औधि खुशि भएका रहेछन् । उनी बस्ने ब्रिद्दाश्रममा रिसेप्सनकि किशोरीलाई सुनाएका रहेछन् । ‘हेर है! मेरो एक जना नेपाली साथी भेट्न आउँछ राम्रो सित देखाइदिनु है ? ‘ खुशिले अर्थ्याएका रहेछन् । भेट्नासाथ च्याप्प हात समात्दै कोठमा लगे । गहिरोसित मेरो अनुहार नियाले तर चिन्न सकेनन् । उनले मलाई पेरिसका बिभिन्न नेपाली जमघटमा कम्तिमा आधा दर्जन पल्ट देखेका थिए । मैले उनलाई चिन्दा पनि उनको उमेर त पाकै थियो । तर पनि उनी बडो फूर्तिकासाथ हिँड्थे । नेपाली कार्यक्रममा केहि न केहि चाखलाग्दो प्रसंग सुनाएर हसाउँथे । हौस्याउँथे । तर यो पटक उनलाई देख्दा म आफैंलाई निकै नरमाइलो लाग्यो । आँखाले देख्न छोडेका । कपाल जिंरिंग छोडेका । कोठामा यतै किताब मिल्किएको । उता लुगा छरपस्ट । बोली कमजोर भैसकेको । स्मरण शक्ति निकै गुमाईसकेका रहेछन् । तर नेपालको प्रसंगले जहाँ उनलाई उमंग दिन्थ्यो त्यो बेला कुर्सीबाट सकि नसकि उठेर सुनाउँन खोज्थे ।

 जिवनका थुप्रै क्षण र आर्थिक समेत नेपालीको लागि खर्चिएका हुनले आफ्नो शेष पछाडी आधा भन्दा बढि सम्पत्ती त एक जना नेपाली किशोरका नाममा लेखिदिएका रहेछन् । आफुले चार पाँच वर्षको उमेरदेखि चिनेका ति फुच्चेको फोटो कोठाभरि सजाएका रहेछन् । भन्दै थिए-यो केटो मलाई पापा (बाबा) भन्छ । मैले मेरो आधा सम्पत्ती यसैको नाममा लेखिदिएँ ।‘ जिवनभरि नेपाली साथीहरुलाई सहयोग गरिदिएकाले आफ्ना छोरा छोरीहरु बिदेशीलाई सहयोग गरेको भन्दै टाढा भएकोमा दुख पोख्दै थिए । आफ्नो सम्पत्ती नेपालीहरुलाई बाँडेको भनेर उनका दुई छोरा र एक छोरी झन टाढिएका रहेछन् । कान्छो छोरोबाट नाती जन्मिएको आठ वर्ष भैसक्दापनि देख्न नपाएकोमा भक्कानिँदै थिए उनी । पेरिसमा भएका नेपाली मित्रहरुले नसम्झेकोमा अति गुनासो थियो । ‘मेरा छोरा छोरी त नेपालीलाई सहयोग गर्žयो भनेर ईर्ष्याले मलाई भेट्नै आउँदैनन् । तपाई नेपालीहरुनै हो मेरो सबै आफन्त । मेरो परिवार । मलाई सम्झिने । म कहिँ जान सक्दिन । मिलेसम्म तपाईहरु आउने हो‘ आशा गर्दै थिए उनी । सन् १९७५ देखि नेपाल जान थालेका उनी कति पटक नेपाल गए भन्ने हेक्का पनि रहेन । ‘कति गएँ गएँ, फुर्सद हुँदा नेपाल गएँ । कहिले वर्षमा तिन चार पटक पनि गएँ‘ यसो भन्दा चाहि उनी जरक्क उठेर रौसिए । फ्रान्सका पाँच वटा शहरमा शाखा फैलिएको उनको एशोसियसनले नेपाली संस्क्रिति, हिमाल र नेपालको प्राक्रितिक सौन्दर्यको भरचुर प्रचार गर्दै युवाहरुलाई लोभ्याओ नेपाल जान । आभिन्यो भन्ने ठाउँबाट उनले त्यो बेला निकालेको पत्रिकाले अझै निरन्तरता पाइरहेको रहेछ ।

उनलाई ठ्याककै वर्ष त याद रहेनछ । तर एक पटक स्वर्गिय दिपेन्द्र फ्रान्स आएका बेला उनलाई भेट्न बोलाएछन् । पेरिसमा भेटघाट राखेका दिपेन्द्रले उनीसित फ्रान्सेली बैज्ञानिक क्षेत्रका बिबिध विषयमा निकै चासो राखेका रहेछन् । यि ज्याक मार्बो फ्रान्सका नाम चलेका आणविक क्षेत्रका बैज्ञानिक मध्ये एक हुन । ज्याकले पिएचडी गरेका छन् बिज्ञान विषयमा भन्ने सबै नालीबेली थाह रहेछ दिपेन्द्रलाई । ‘तगडा रहेछन् दिपेन्द्र । म को हुँ, के गर्छु भनेर सबै कुरो कसरि थाह पाएका ?’ अचम्म मान्दै थिए दिपेन्द्रको खुबी सम्झेर ।

ज्याकले फ्रान्सका सबैजसो आणविक गतिबिधीमा भाग लिएको समेत जानकारि राखेका दिपेन्द्रले ‘हामीले नेपालका आणविक गतिबिधी गर्न के गर्नु पर्ला ?’ भनेर सोधेका रहेछन् । ‘मैले पहिले त रेडियम हुनुपर्छ भने‘ उनले सम्झिए‘त्यहि बेला उनले मलाई यो बुद्दको सुन्दर मुर्ती उपहार दिए । कस्ता दयालु है ?’ टेबलको कतै कुनाबाट मूर्ती झिकेर झुम्रोले धुलो टक्टकाउँदै देखाए उनले । ‘यो बुद्द मूर्तीमा त तिम्रा राजकुमारका हातले स्पर्श गरेका छन् नी‘ यति खेर भने फिस्स हाँसे उनी । उनले सुनेका कतिपय प्रसंगको त मैले मेसो पाउनै सकिन । मैले फूर्तीका साथ यता र उति मान्छे हसाउँदै, हौस्याउँदै आफ्नै अगाडिबाट हिँड्ने गरेका उनको अवस्था वरिपरि जंगलले घेरिएको एकलासे भवनको एउटा कोठमा सिमित थियो । उनी पुरै निरास थिए । ‘म त ९० को भएँ, अब दिन गनेर बसेको छु‘ च्वास्स छोयो आफैंलाई । लाग्यो, हाम्रो पनि त जिवनको गोरेटो हेर्दा हेर्दै, देख्दा देख्दै र भोग्दाभोग्दै आइपुग्ने त्यहि हो । उफ !!!!!

एसिसी यू- १९ एलाईट कपको सेमिफाईनल खेलमा नेपालको बिरुद्द अफगानिस्तान बिजयी- नेपाल फाईनलमा पुग्न सकेन

२९ अप्रिल २००९, कुवेतको ताजा खबर

एसिसी यू- १९ एलाईट कपको सेमिफाईनल खेल २९ अप्रिल २००९, बुधवारको दिन कुवेतको हुबार ग्राउण्डमा समापन भएको छ । जसमा टस जितेर नेपालले पहिलो इनिंग्समा ब्याटिंग गर्दै ५० ओभरमा १८५ रन बनाएको थियो ।

सेकेण्ड इनिंग्समा अफगानिस्तानले १८६ रनको लक्ष्यलाई ४६.३ ओभरमा पुरा गर्दै ६ विकेटले बिजयी हासिल गरेको छ । अफगानिस्तान एसिसी यू- १९ एलाईट कपको फाईनलमा प्रवेश गरेको छ भने नेपाल फाईनलमा प्रवेश गर्न असफल भएको छ ।

जय आले (कुवेत)

 

प्रहरी निरीक्षक यौनसम्पर्क गर्दागर्दै पक्राउ

सुनसरी, १४ वैशाख , युवती अपहरणबारे हाकिमलाई रिपोर्ट गर्न उनको क्वाटरमा पुगेका प्रहरी जिल्ल परे, जब उनीहरूले देखे युवती हाकिमकै कोठामा बेहोस अवस्थामा । नग्न अवस्थामा भेटिएका हाकिम र युवतीलाई उनीहरूले नियन्त्रणमा लिएका छन् । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक गोपाल गिरीलाई उनकै मातहतका प्रहरी जवानहरूले रंगेहात पक्राउ गरेका हुन् । उनले धरानकै २२ वषर्ीया रीता गुरुङ -नाम परिवर्तन) लाई अपहरण शैलीमा गाडीमा gopal-giri_police_inspectioहालेर क्वाटरमा ल्याई रातभरि यौनक्रीडा गरेका थिए Continue reading

हार्दिक श्रदान्जली

माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेतका अध्यक्ष श्री बाल कुमार गुरूङ् ज्युको ममतामय माताको गत २६ अप्रिल २००९ को दिन नेपालमा असामयिक निधन भएको हुँदा वहाँको चिर आत्माको शान्तिको लागि हामी सम्पूर्ण क्लव परिवार अत्यान्तै मर्माहत बन्दै हार्दिक समवेदनां ब्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवार प्रती धैर्यधारण् गर्न सक्ने शक्ती ईश्वरले प्रदान गरुन भन्दै प्रार्थना गर्दछौं  ।

माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेत   

एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको अन्तिम खेलमा नेपालको बिरुद्द हङकङ बिजयी- नेपालले अप्रत्याशित हारको सामना गर्नु पर्‍यो

२८ अप्रिल २००९, कुवेतको  ताजा खबर

एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको अन्तिम खेल २७ अप्रिल २००९, सोमवारको दिन कुवेतको युनिटी ग्राउण्डमा समापन भएको छ । जसमा टस जितेर हङकङले पहिलो इनिंग्समा ब्याटिंग गर्दै ५० ओभरमा १९३ रन बनाई बिजयी भएको छ । सेकेण्ड इनिंग्समा नेपालको सामु रहेको १९४ रनको लक्ष्यलाई ४७.४ ओभरमा केबल १४३ रन बनाई ५० रनको अन्तरमा नेपालले एक अप्रत्याशित हारको सामना गर्नु परेको छ । 

doc1

अब हुने सेमिफाईनलको खेलमा २९ अप्रिल २००९, वुधवारको दिन नेपाल- अफगानिस्तानको बिरुद्द कुवेतको हुबार ग्राउन्डमा खेल्नेछ ।

जय आले (कुवेत)

नेपाली दुतावास बेल्जियमले गणतन्त्र दिवस मनायो

पुरुशोत्तम सुबेदी, बेल्जियम 

गत सुक्रवार २४ अप्रिल २००९ को दिन नेपाली दुतावस बेल्जियमले नयाँ बर्ष २०६६ को शुभकामना आदान प्रदानका साथै गणतन्त्र दिवस तथा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गर्‍यो । उक्त कार्यक्रममा एन आर एन बेल्जियमका प्रमुख पदाधिकारीहरु एन डि एफ बेल्जियमका प्रमुख पदाधिकारीहरु लोक तान्त्रिक गणतान्त्रिक मोर्चाका प्रमुख जन संपर्क समितिका प्रमुखहरु लगायत तमुसमाज-सेर्पासमाज-पासा पुच-चितवन क्याट-नेपालि ब्यावसायी संघ बेल्जियमका प्रमुख पदाधिकारीहरु-सनातन धर्मसेवा समितिका प्रमुख-एन आर एन युरोप संयोजक-भुपु एन आर एन प्रमुख – सांग्रिला समाज संस्थापक प्रमुख – बेल्जियम साहित्य समाजका पदाधिकारी-जनप्रगती शिल मंचका पदाधिकारी -लगायत बेल्जियममा रहेका अन्य थुप्रै संघ संस्थाहरुका पदाधिकारी-बुद्धी जिवी-पत्रकार -समाज सेवी लगाएत थुप्रै मानिसहरुको उपस्थिती रहेको थियो । उपस्थितिमा महिलाहरुको पनि उल्यख्य सहभागिता रह्यो ।

ganatantra-diwasa-072 सोही समरोहको सुरुमा नेपाली दूतावासका काउन्सुलर श्री दीपक धितालले कार्यक्रमको सन्चालन गर्नु हुँदै स्वागत मन्तब्यमा गणतन्त्र नेपाल लाई सुनिस्चित गर्न सबै राजनीतिक पार्टिको सहकार्य आवस्यकता अउल्याउदै  नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवस को खुशीयालिमा उक्त समारोहमा उपस्थित देश प्रेमी लगाएत  देश बिदेसमा छरियर रहेका सबै नेपालीहरु लाई शुभकामना मन्तब्य राख्नु भयो । साथै दुतावास प्रमुख प्रमेश हमालले  हामीहरु बिच राजनैतिक विभिन्नता भएपनि राष्ट्र निकासको लागि यस घडीमा बिवेक पूर्ण तरिकाले संबिधान लेखन तर्फ लाग्नु पर्ने कुरा औल्याउदै नेपालमा छिट्टै नै संबिधान निर्माण हुने विश्वाश ब्यक्त गर्नु भयो । दस बर्ष जनयुद्ध मा संलग्न बिद्रोही माओवादी अहिले सत्ताको साझेदार अवस्थाको उपस्थितिले देशले क्रान्ति बाट शान्तीको पथ तर्फ उन्मुख भयको दाबी गर्दै छिट्टैनै नेपाललाई  एक  कानुनी राज्य स्थापना गर्नु पर्नेमा जोड दिदै सबै देशबासी तथा प्रवासि नेपालीहरु लाई नयाँ बर्ष २०६६ तथा गणतन्त्र दिवसको उपलक्षमा शुभ कामना मन्तब्य दिदै उपस्थित सबै अतिथी महानुभावहरु लाई जलपान तथा भोज मिस्ठान्न तर्फ सरीक हुन आग्रह गर्नु भयो । त्यस्तै अन्तमा बोल्ने क्रम सकियको जानकारी दिदै काउन्सुलर दीपक धितालले समेत भोजमा सारीक हुन सबैलाई आग्रह गर्नु भयो ।

अनेसास इजरायलको साहित्य सम्मलेन सफलतापूर्वक संपन्न

कृष्ण थापा, तेल अभिभ, इजरायल   

नेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।नेपाली राजदुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्टज्युले ३ हरफे कविता “हाइकु” वाचन गरेर सो सम्मेलनको समुदघाटन गर्नुभएको थियो ।  कार्यक्रममा स्वागत मंतव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नया प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरि आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा उपस्थित साहित्यप्रेमी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो ।साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिशहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै श्री मुक्तिनाथ  भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त  इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

p32311641

सो कार्यक्रममा उहाले प्रेम र शान्तीको सन्देश लिएर विभिन्न मुलुक भ्रमण गर्दै इजरायल आइपुग्नु भएका विश्व साइकल यात्री पुष्कर शाहलाई अनेसासको तर्फबाट प्रशंशा पत्र पनि प्रदान गर्नु भएको थियो । सोही अवसरमा साइकल यात्री शाहले आफ्नो कृति “एकादेशको एउटा मान्छेको कथा” बाट “प्यारी भान्जी लाई चिट्ठी ” शिर्शकको कविता वाचन गर्नु भएको थियो ।१४२ राष्ट्र को भ्रमण गरिसक्नु भएका शाहले यात्राका अविश्मरणिय क्षणहरु सुनाउदै आफुपनी साहित्यप्रेमी भएको नाताले इजरायलको यो साहित्य सम्मेलनमा  सहभागी हुँदा खुशी लागेको बताउनु भयो । बिभिन्न संघ संस्था हरुको उपस्थिती रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्न्वय परिषद इजरायलका अध्यक्ष भुवनसिँह कुँवर,आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नयन्द्र कुमार चेम्जोङ ,नेपाली कृषि कामदार सहयोगी समितीका अध्यक्ष श्री खोजराज कटुवाल, राजदुतवासका थानप्रसाद शर्मा, झापाली एकता परिवारका केशव कुमार श्रेष्ठ कानुनविद तथा अनेसास इजरायलका सलाहकार श्याम रोक्का ,नेपाली समाज इजरायलका नबिन बस्नेत लगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै नेपाली भाषा र साहित्यकोलागी स्थापित यस्तो प्रकृतिको सम्मेलन इजरायल मै पहिलो पटक शुरुवात भएको भन्दै यस्को उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

दुई चरणमा विभक्त सो कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी ज्यु द्वारा अमेरिकाबाट प्राप्त कवितात्मक शुभकामना वाचन गरेर लेखरचना प्रस्तुतिको दोश्रो श्रृंखला प्रारम्भ गरिएको थियो ।  बेन गुरियन विश्वविद्यालयका इजरायलका डा बिष्णु चापागाइ, सन्युक्त राष्ट्र संघका डा ध्रुव कोइराला, साहित्यकार रमेश इखालु(कतार्), कृष्ण बजगाई (बेल्जियम्), रिचा शर्मा(नेपाल) विश्व्दिप तिगेला (यु के), धर्मेन्द्र विक्रम नेम्बाङ (नेपाल ) विश्व पौडेल (अमेरिका) लगायत ले शुभकामना दिनु भएको सो साहित्य सम्मलेन प्राप्त शुभ कामना सहित कार्यक्रमका संयोजक तथा आयोजक संस्था अनेसास इजरायलका महसचिव कृष्ण थापाले सन्चालन गर्नु भएको थियो । सम्मेलनमा इजरायलका कला राइ , श्याम रोक्का, नयन्द्र कुमार चेम्जोङ्, शंकर पौडेल, टिका खरेल, बिजी श्रेष्ठ ,आचार्य नवराज, टासी ग्यल्मो शेर्पा, बी आर लामा, संगिता घिमिरे, सरस्वती विष्ट, ऋतू गिरी, सुनिल सँगम तथा कृष्ण थापाले आ आफ्नो रचना वाचन गर्नु भएको थियो । इजरायल बाहिर आचार्य प्रभा ( अमेरिका ), सविना सिन्धु ( नेपाल ), अनोज श्रेष्ठ (यु ए ई), एन्टोनी क्लाउद (क्यानडा), प्रवेश पौडेल (नेपाल ), रमेश गेलाल (कतार्), कृष्ण बजगाइ (बेल्जियम्), प्रकाश पौडेल माईला (जापान्), धीरज साप्कोटा (चिन ), केशव आचार्य(अमेरिका), होमनाथ सुबेदि(अमेरिका), भुपेन्द्र महत्(अमेरिका), ले लेख रचना पठाएर सम्मेलनमा सहभागीता जनाउनु भएको थियो ।  अनेसास इजरायल च्याप्टरका अध्यक्ष सुनील संगमको सभापतित्वामा संपन्न भएको सो कार्यक्रमको समापन क्रममा उहाले अनेसासको परिचय दिदै यो  नेपाली भाषा साहित्य र संगीतप्रेमी नेपालीहरुको अंतर्राष्ट्रीय साहित्यिक मंच भएको बताउनु भयो, यसको उद्देश्य साहित्यको माध्यमबाट प्रवासमा रहेका नेपालीहरु बिच भावनात्मक संजाल निर्माण गरि नेपाली साहित्य लाइ विश्वस्तरमा पुरयाउन मद्दत गर्ने रहेको कुरा प्रश्ट्याउनु भयो , उहाँ अनेसासद्वारा प्रकाशन हुने साहित्यिक पत्रिका अंतर्दृष्टिका अंतर्राष्ट्रीय संपादक पनि हुनुहुन्छ ।

एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको तेस्रो खेलमा सिंगापुरको बिरुद्द नेपाल ३ विकेटले बिजयी- मेन अफ द म्याचको उपाधी फेरिपनी नेपालकै हातमा

 २५ अप्रिल २००९, कुवेतको  ताजा खबर

एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको तेस्रो खेल आज २५ अप्रिल २००९, शनिवारको दिन कुवेतको हुबार ग्राउण्डमा समापन भएको छ । जसमा नेपालको सामु रहेको १७२ रनको लक्ष्यलाई ४४.२ ओभरमा पुरा गर्दै ३ विकेटले नेपाल- सिंगापुरको बिरुद्द बिजयी भएको छ, साथै आजको खेलमा पनि बेस्ट प्लेयर (मेन अफ द म्याच) को उपाधी फेरी नेपालकै हात लागेको छ । आज नेपालका अर्का कुशल खेलाडी श्री रोम श्रेष्ठले ३ विकेट लिएर १६ रन बनाइ मेन अफ द म्याचको उपाधी आफ्नो हात पार्नु भएको हो । सिंगापुरले फस्ट ईनिंग्समा पहिलो ब्याटिंग् गरेर ४९.५ ओभरमा १७१ रन बनाइ अल आउट भएको थियो । Continue reading

main2009-4-24eve_engPrime Minister Pushpa Kamal Dahal shakes hand with Chief of Army Staff (CoAS) Rookmangud Katwal during a function organised to mark the third Loktantra day at Tundikhel, Kathmandu on Friday.

आमाको बदलिएको परिभाषा

कमल रिजाल   
 
नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् । Continue reading