भाङको अचार नल्याउन दूतावासको आग्रह अटेर गरे पक्राउ

खोजतलास काठमाडौं । सावधान ! तपाईंहरु पनि वैदेशिक रोजगारीका क्रममा जाँदै हुनुहुन्छ यदि हो भने साथमा भाङ र त्यस्तै प्रकृतिको अचार लिएर नजानु होला पक्राउ परिएला । केही नेपाली युवाहरु वैदेशिक रोजगारीका सिलसिलामा अर्काको मुलुक छिर्ने क्रममा साथमा बोकेको भाङ र त्यस्तै प्रकृतिको अचारकै कारण पक्राउ परेको खबर दिँदै यूएईस्थित नेपाली दूतावासले त्यस्ता अचार नल्याउन अपिल गर्दै सबैको ध्यानाकर्षण गराएको छ ।

यूएई स्थित नेपाली दूतावासका प्रथम सचिव प्रकाशमणी पौडेलका नाममा जारी सार्वजनिक महत्वको सूचनामा भनिएको छ नेपालका कुनै कुनै क्षेत्रमा घरायसी खाद्यवस्तुको रुपमा प्रयोगमा ल्याइने भाङको गेडा वा त्यस्तै प्रकृतिका वस्तुबाट बनेका अचारहरु व्यक्तिगत प्रयोगका लागि ल्याइरहेको अवस्थामा संयुक्त अरब इमिरेट्सका विमानस्थलबाटै नेपालीहरुलाई गिरफ्तार गरिएका केही नाम प्रकाशमा आउनासाथ विगतमा समेत यस सम्बन्धमा ध्यानाकर्षण गराइएको थियो । परन्तु केही दिन अघि मात्रै अबुधावीस्थित इमिरेट्स प्यालेस होटलमा काम गर्ने एक जना नेपाली छुट्टीबाट फर्कँदा तथा पुन्ज लोयड नामको ग्यांस कम्पनीमा काम गर्नका लागि पहिलो पटक आएका अर्का एक नेपाली गरी २ जना नेपालीहरुलाई निजहरुका साथीको परिवारले पठाएका त्यस्तै अचार बोकी यूएई प्रवेश गर्न खोज्दा पक्राउ गरिएको जानकारी प्राप्त हुन आएकोले यस विषयमा अझै व्यापक रुपमा सूचनाको प्रवाह गर्नुपर्ने खांचो देखिएकोु भन्दै दूतावासले हल्का लागू पदार्थकै श्रेणीमा गणना हुने उपरोक्त प्रकारका खाद्य वस्तु लिइ आउंदा रोजगारी गुम्ने तथा भविष्यमा यूएई प्रवेशका लागि प्रतिबन्ध लाग्ने मात्र नभइ अवस्था हेरी लामो जेल सजायँ समेत हुनसक्ने तथ्यलाई मनन गर्दै आफूलगायत चिने जानेका सबैलाई आवश्यक सतर्कता अपनाउनको लागि जानकारी तथा प्रचारप्रसार गरिदिनु हुन दूतावास सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा पुनः हार्दिक अनुरोध गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s