आर्थिक मन्दीका कारण सयौँ नेपाली घर फर्किए

दुबई। आर्थिक मन्दीको प्रभावका कारण वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत सयौँ नेपालीले कामबाट अवकास पाएका छन् । अवकास पाउनेमा नेपालबाट आएर दुई महिनासम्म काम गरेकादेखि विगत डेढ वर्षदेखि कार्यरत नेपाली छन् । पछिल्लो पटक दुबई र सारजाहबाट सयौँ नेपालीले अवकास पाएका छन् । सोमबार काम गरी कोठामा पुगेका अधिकांश नेपाली मङ्गलबार कार्यालय पुग्दा गेटमा अवकास पाएको सूचना टाँस गरिएको थियो । एक्कासि कामबाट निकालिँदा पीडित नेपाली आक्रोशित भएका छन् । यद्यपि आक्रोशित नेपालीले जति रुने कराउने गरे पनि सुन्ने कोही नभएका कारण घर फर्किने गरेका छन् । आएको दुई महिनामा नै अवकास पाएपछि कपिलवस्तुको विशनपुराका बलिया थारू र शङ्कर चौधरीले दुबई आउँदाको ऋण तिर्न त परै जाओस् आउँदाको भाडासमेत उठाउन नसकेको बताए ।

त्यस्तै तनहु, नवलपरासी, पाल्पा, चितवन, रूपन्देहीलगायतका जिल्लाका झन्डै डेढ सय युवाहरू बाध्यताबश घर र्फकने तयारीमा रहेका छन् । उनीहरू दुबईको इलेक्ट्रोनिक्स कम्पनीमा उत्पादन र बिक्रीवितरणमा कार्यरत थिए । उता बुधबार नै सारजाको प्रतिष्ठित कम्पनी एलएनटी र बजाजको सीएफएल निर्माता कम्पनीले संयुक्त रूपमा ६५० कर्मचारी कटौती गरेको समाचार आएको छ । त्यहाँस्थित कम्पनीलाई उद्धृत गर्दै सहकर्मी विकास श्रेष्ठले दिएको जानकारीअनुसार भारतीय कामदार र बङ्गलादेशीसहित करिब दुई नेपालीले अवकास पाएका छन् ।

यूएई सरकारले एक महिनाअघि सार्वजनिक रूपमा प्रत्येक कम्पनीले कर्मचारी हटाउन, नयाँ कर्मचारीको आवश्यकता सिर्जना नगर्न तथा क्षणिक अवधिका लागि बजारमा अत्यावश्यक बाहेकका सामग्री उत्पादनमा रोक लगाएको थियो । जसका कारण यहाँका प्रायःजसो कम्पनीले ४५ प्रतिशतका हिसाबले कर्मचारी कटौती गरेका छन् । नेपाली दूतावासले यूएई सरकारले विश्व आर्थिक मन्दीका कारण नेपाली कामदार कटौती गरिरहेको बताएको छ । दूतावासका कर्मचारीले कुन कम्पनीले कति र कुन हिसाबले कटौती गरेको भन्ने जानकारी नभएको जनाएको छ । 

जय आले (कुवेत)

One Response to आर्थिक मन्दीका कारण सयौँ नेपाली घर फर्किए

  1. ARKA KO DESH MA GAYEPACHI YESTAI HUNCHA…. pura mana nakhayepani ada mana khayera afnu desh ma basera afulay sakdo parishram garyo bhane bidesh janu pardaina….kaam chaina bhanera hudaina … kaam afai banaune ho… jastai krishi ma, transport line ma….bidyut ma…. bidesh jane paisa lay ta sodesh mai udhyemi gareko bhaye hamro desh ko arthik unnati hunthyo hola…. pariwar sanga pani basna payenay….paisa pani payenay….desh ko sewa pani hune…. haina ra nepali sathiharu…???????

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s