काठमाडौ, आर्थिक मितव्यताको लामो सूची बनाएर बाँड्दै हिडेको माओबादीकै नेताले भने अस्वभाविक ढंगबाट कृषि विकास बैंकका महाप्रवन्धकको तलव एकै पटक पाँच गुणले बढाएका छन् । भत्ता बाहेक मासिक २८ हजार तलब खाँदै आएका कृषि विकास बैंकका महाप्रवन्धकको तलब माओबादी नेता अध्यक्ष रहेको बोर्डले एकै चोटी १ लाख ३० हजार कायम गराएका छन् । सो तलबमा भत्ता अझै छुट्टै दिइने निर्णय समेत भएको छ । राजनीतिक व्यक्तिलाई बैंकको संचालक समितीको अध्यक्ष राख्न नपाईन प्रावधानलाई मिचेर माओबादी केन्द्रीय सदस्य बामदेब क्षेत्रीलाई बैंकको अध्यक्ष बनाएपछि उनैको सकृयतामा महाप्रवन्धकको तलव अचाक्ली बढाइएको हो । स्रोतका अनुसार महाप्रवन्धकको मात्रै पाँच गुणा तलव बढाइएपछि कृषि विकास बैंकका कर्मचारीहरु आक्रोशित भएका छन् । उनीहरु आफ्नो समेत तलव वृद्धि हुनु पर्ने माग राखेर आन्दोलनको तयारीमा जुट्न थालेका छन् । कृषि विकास बैंकको जीएममा माओबादीले हालै जनकराज शाहलाई नियुक्त गरेको हो ।
अचम्म त के भने महाप्रवन्धक मुनीका उपमहाप्रवन्धको तलब भने जम्मा २० हजार मात्रै रहेको छ । राज्यमन्त्री सरहको सुविधा पाउने जीएमले सवारी साधनका लागि इन्धन निवास अतिथी सत्कार पत्रपत्रिका टेलिफोन बैठक भत्तालगायतका सुविधा गरी डेढ लाख भन्दा बढि पारिश्रमिक बुझ्ने तारतम्य मिलाउन सफल भएका छन् । यसको कारण माग गर्दा निजी बैंकको उदाहरण दिने गरीएको छ । तर निजी बैंकको तुलनामा सरकारी बैंकले कसैलाई सुविधा उपलब्ध गराउन नसक्ने भन्दै माओवादी बाहेकका अन्य राजनैतिक दल बैंककै साधारण शेयर होल्डर र कर्मचारी तथा नागरिक समाजले समेत विरोध गर्न थालेका छन् ।
खोजतलास दैनिक













































