१३ डिसेम्बर २००९ काठमाडौं, (नेस)
परराष्ट्रमन्त्री उपेन्द्र यादवले खाडीमुलुक कुबेतमा राजदूतावास स्थापना गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो। यस्तै उहाँले विभिन्न खाडी मुलुकमा अवैतनिक महावाणिज्य दूतावास स्थापना गर्नका लागि मन्त्रालयले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो।
मन्त्रालय आर्थिक कूटनीतिका माध्यमबाट कसरी महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भन्नेतर्फगम्भीर रूपले केन्द्रित रहेको मन्त्री यादवको धारणा थियो।
न्युज अफ नेपाल














































We wish the word (From Foreign Minister) will not remain as fake promises to all of us – Biks
सार्है राम्रो र सबै कुवेतमा बस्नु हुने नेपाली समुदयलाई अती आबश्यकता भएको यो दुताबास चाडै खुलोस सबै कुवेतबासी नेपालीहरु दुताबस स्थापना र कार्य कुशलाताको कामना गर्दछ। साथै दुताबस स्थापनामा लागि पर्ने सबै कुवेतमा रहेका संस्था र ब्यक्ती सबैमा धन्यवाद..
हरी कृष्ण न्यौपाने कालिका-१ सिन्धुपाल्चोक हाल इराक