सुन को भाउ अहिलेसम्मकै महँगो

कान्तिपुर दैनिक

काठमाडौ, माघ १९ – सिक्री किन्न आइतबार न्युरोड पुगेकी मैतीदेवीकी कमला अधिकारी रित्तै फर्किइन् । तोलाको २७ हजार नाघेछ, न्युरोडस्थित तेजमिन ज्वेलरीबाट निस्कँदै गर्दा उनले भनिन्, भोलिपर्सि घट्छ कि आज किन्दिनँ । विवाहको मौसम नजिकिँदै गर्दा मूल्य अकासिएपछि उनीजस्ता थुप्रै उपभोक्ता मूल्य सोध्दै फर्किने गरेका छन् । सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबारभन्दा ६ सय १ रुपैयाँ बढेर आइतबार प्रतितोला सुनको मूल्य २७ हजार १ सय १ रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा भाउ अकासिएपछि यहाँ पनि प्रभाव परेको हो । बढेको मूल्यले आइतबार सुनको बिक्री ठप्प भएको व्यवसायीले बताए । आइतबार बिक्री भएन, सुनको थोक तथा खुद्रा कारोबार गरिरहेका बाङ्गेमुढाका शुभरत्न शाक्यले भने, सामान्य अवस्थामा दैनिक डेढ किलो हाराहारीमा बिक्री हुन्थ्यो ।

दैनिक पाँच/छ किलो सुन बेच्ने पाटनका सुन व्यापारी रूपकुमार शाक्यको पनि बिक्री ठप्प भयो । बिहेका लागि सुन किन्न आएका एक ग्राहकले पुराना सुन गलाउन पो अर्डर दिए, उनले भने । व्यापार नभएपछि व्यवसायी पनि चिन्तित छन् । विवाहको सिजन आउँदै गर्दा माग शून्य भएको छ, सायद व्यापारमा खस्किने छ, अध्यक्ष शाक्यले भने । फागुनलाई सुन व्यापारको प्रमुख मौसम मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य ९ सय २४ अमेरिकी डलर पुगेको थियो । यो अघिल्लो दिनभन्दा आउन्समा २१ डलर बढी हो । गत असोजमा अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य १ हजार ४५ अमेरिकी डलर कायम हुँदा स्थानीय बजारमा २५ हजार ५ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम भएको थियो । नेपाली मुद्रा डलरको दाँजोमा १ रुपैयाँ कमजोर हुँदा स्थानीय बजारमा सुनको मूल्य तोलामा ३ सय ५० रुपैयाँ बढ्छ । सेयर जस्तै सुन पनि लगानीको एउटा प्रमुख क्षेत्र हो । सेयर बजारमा उच्च गिरावट आएकाले सुरक्षित मानिने सुनतर्फ लगानीकर्ता आकषिर्त भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ । यही मागका कारण मूल्य उकालो लागेको हो ।

One Response to सुन को भाउ अहिलेसम्मकै महँगो

  1. Biks Thapa (Farwaniya)

    The world is suffered by recession on this current moment, I assume the impact on Gold market can bee seen very soon on downline too.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s