परम्परागत बैङ्किङ प्रणालीको रूप समय अनुसार फेरिँदै छ । नेपालमा पनि पैसा जम्मा गर्न भौचर भरेर लामो समय कुर्नुपर्ने वा पैसा जम्मा गर्न टोकन लिएर लाइनमा बस्नुपर्ने झन्झटलाई आधुनिक बैङ्किङ प्रणालीले अन्त्य गरिदिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आधुनिक बैङ्किङको प्रयोगलाई नेपालमा पनि ल्याएर ग्राहकलाई सुविधा दिने क्रममा दिनानुदिन नयाँ नयाँ प्रविधि भित्रन थालेको छ । बैङ्क तथा वित्तीय सस्थाहरूको सङ्ख्यामा भएको बृद्धि र ग्राहकलाई नयाँ नयाँ सेवा सुविधा र आकर्षण दिएर आˆनो बैङ्किङ सञ्जालमा आवद्ध गर्न वित्तीय सस्थाहरूमा होडबाजी नै चलेको अवस्था छ । नेपालको ग्रामीण तथा दुर्गम इलाकाहरूमा अझै पनि कैयनदिनसम्म बैङ्क मा पैसा पुग्न नसकेर जम्मा भएको पैसाको अुनपातमा मात्र भुक्तानी दिने वा भौचर सकिएर कारोबारमा समस्या हुने गरेको छ तर सहरमा बैङ्किङ क्षेत्र अन्तर्राष्ट्रिय मापदण्डको हुने प्रयासमा छ । अझ सन् २०१० विश्व व्यापार सङ्गठनको सदस्यको हैसियतले नेपाली बजारमा विदेशी बैङ्क खुल्ने अवस्था भएकोले राजधानीका कतिपय ठूला र ख्याती प्राप्त निजी क्षेत्रका बैङ्कहरू अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि प्रयोगमा जोड दिन थालेका छन । हाल सहरी क्षेत्रका प्रायः सबै बैङ्कहरूमा कम्प्युटर प्रविधिको प्रयोग, कुनै पनि एक बैङ्कको विभिन्न शाखाहरूको चेक कुनै पनि शाखाबाट भुक्तानी गर्न सकिने सुविधा -एबीबी) बैङ्किङ, विभिन्न प्रकारको डेभिट तथा क्रेडिट कार्डहरूको प्रयोगबाट चौविसै घण्टा खरीद तथा नगद निकाल्न सकिने सुविधा, मोबाइलको प्रयोगबाट हुने एसएमएस बैङ्किङ सेवा जस्ता कुराहरू उपलब्ध हुन थालिसकेको अवस्था छ । बैङ्किङ क्षेत्रमा आधुनिक प्रविधिलाई निरन्तर रूपमा भित्राएर ग्राहकलाई आˆनो बैङ्क प्रति आकषिर्त गर्ने क्रममा इन्टरनेट बैङ्किङको सुविधा भारत लगायत पश्चिमा मुलुकहरूमा साधारण भए तापनि नेपालमा पनि यसलाई कुनै न कुनै रूपमा सुरू गर्ने प्रयास गरिएको छ ।
के हो इन्टरनेट बैङ्किङ
इन्टरनेटको माध्यमबाट बैङ्कले दिएको पिन नम्बर र पासवर्डको प्रयोग गरी आफूले सेवा लिएको बैङ्कको वेभ-साइट मार्फत बैङ्किङ कारोबार घरमा नै बसेर इन्टरनेटको प्रयोग मार्फत गर्न सकिने सुविधा नै इन्टरनेट बैंकिङ्गको दर्जामा पर्छ । धेरै समय खर्च गर्न नपर्ने कुरा नै यसको प्रमुख विशेषता हो । घरमा नै बसेर कुनै पनि बस्तु इन्टरनेट मार्फत खरिद गर्ने र इन्टरनेट माध्यमबाट सम्वन्धित विक्रेतालाई आˆनो इन्टरनेट बैंङ्करको माध्यमबाट भुक्तानी दिने, विजुली, टेलिफोन, विद्यालयको शुल्क जस्ता विविध विषयको भुक्तानी घरमा नै बसेर गर्ने, सेयर खरिद र त्यसको भुक्तानी गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आˆनो खातामा भएको रकम अन्य कुनै पनि खातामा रकमान्तर -ट्रान्सफर) गर्ने जस्ता विविध सुविधा इन्टरनेट बैङ्किङले उपलब्ध गराउन सक्छ । मानिसलाई फुर्सद निकै कम हुने र राम्रो आम्दानी हुनेका लागि इन्टरनेट बैङ्किङ निकै रुचिकर र लाभदायी हुन थालेको छ तर इन्टरनेट बैङ्किङले सुविधा दिनुका साथै खतरा पनि उत्तिकै निम्त्याएको छ । आइटी प्रविधि क्षेत्रमा निकै दखल हासिल गरेका केही हृयाकरहरू जहिले पनि विश्वको कुनै धनी व्यक्तिको इन्टरनेट बैङ्किङको पासवर्ड, पिन नम्बर,लग इन आईडी जस्ता गोप्य सूचना चोेरेर मिहनेत विना नै ठूलो कमाई गर्नसक्ने खतरा पनि छ । यो नै इन्टरनेट बैङ्किङको क्षेत्रमा हाल देखिएको ठूलो र एकमात्र चुनौती हो ।
कसरी सफल हुन्छन हृयाकर?
कुनै पनि इन्टरनेट बैङ्कको सुविधा लिएको उपभोक्ताको पिन नम्बर वा पासवर्ड जस्ता गोप्य सूचना चोर्ने र त्यसको दुरूपयोग गरी छक्काउनका लागि मात्र खोलिएको छद्मभेदी खाता -फेक)मा पैसा ट्रान्सफर गर्ने र सो खाताको पैसा निकाल्ने कार्यमा भने डेविट कार्डको प्रयोग गर्ने गरेको कुरा इन्टरनेट बैङ्किङ सुरक्षाका लागि हालसम्म भएको अनुसन्धानहरूबाट पत्ता लागेको छ । कुनै पनि इन्टरनेट बैङ्किङ सुविधा प्रयोग कर्तालाई बैङ्कले उपलब्ध गराएको गोप्य सूचना हृयाकरहरूले कसरी प्राप्त गर्छन त ? हालसम्म भएको अनुसन्धानमा इन्टरनेट बैङ्किङ सुविधाको प्रयोगकर्ताको कुनै पनि सानो गल्तीलाई नयाँ नयाँ तरिकाले दुरूपयोग गर्न हृयाकरहरू सफल भएको देखिएको छ । जस्तो कुनै पनि साइबर क्याफेबाट इन्टरनेटको प्रयोग गर्दै इन्टरनेट बैङ्किङ गर्नेहरूको सीसीटिभीबाट सूचना चोर्ने वा अन्य कुनै जासुसी गर्ने सˆटवेयरको निर्माण गरी ग्राहकले प्रयोग गर्ने कम्प्युटर वा इन्टरनेट बैङ्किङ सञ्जाल नजिक राखेर त्यसको माध्यमबाट गोप्य सूचना चोर्ने र त्यसको दुरूपयोग गर्ने गरेको पाइएको छ । त्यस्तै इन्टरनेट बैङ्किङ सुविधा उपलब्ध गराउने बैङ्कको वेभ-साइट जस्तै मिल्दो जुल्दो वेभ-साइट बनाएर त्यसको माध्यमबाट ई-मेल पठाएर ग्राहकसँग गोप्य सूचना माग्ने वा ग्राहकले भूलवस नक्कली वेभ-साइटमा आˆनो सूचना पठाएका बखत त्यसको चोरी गर्ने जस्ता जुक्ति इन्टरनेट बैङ्किङको दुरूपयोग गर्दै अरुको पैसा हजम गर्ने धुनमा रहेका हृयाकरहरूले गरेको पाइएको छ ।
इन्टरनेट बैङ्किङ उपलब्ध गराउने बैङ्कहरू आˆनो सुरक्षाको नयाँ नयाँ प्रयोग गर्दैछन भने इन्फरमेसन टेक्नोलोजी
-आईटी)मा दखल भएका तर त्यसको दुरूपयोग गर्ने हृयाकरहरू पनि चोरीको लागि नवीनतम प्रविधिको प्रयोगको खोजि गरिरहेका हुन्छन् ।
इन्टरनेट बैङ्किङ सुरक्षा कसरी हुन्छ ?
इन्टरनेट बैङ्किङमा सुविधासँगै खतरा पनि उत्तिकै भएकोले यसको प्रयोगमा निकै सावधानी अपनाउनु जरूरी छ । नत्र तपाईँको बैङ्क खातामा भएको पैसा कुनै पनि बेला हृयाकरले आˆनो खातामा क्षणभरमै ट्रान्सफर गरेर चोरी गर्न सक्छ । इन्टरनेट बैङ्किङ गर्नेका लागि बैङ्कले नै आˆनो बैङ्कको रणनीति अन्तर्गत सुरक्षा निर्देश दिएको हुन्छ । त्यसबाहेक इन्टरनेट बैङ्किङ कारोबार आˆनो व्यक्तिगत कम्प्युटरबाट मात्र गर्ने र साइबर क्याफे जस्ता सार्वजनिक स्थानबाट नगर्ने, बैङ्किङ कारोबार सकिएपछि लग आउट गरेर मात्र इन्टरनेट छोडने, पासवर्डमा आˆनो नाम, टेलिफोन नम्बर, परिवारको नाम, मोटर मोटरसाइकलको नम्बर जस्ता हृयाकरले सजिलै पत्ता लगाउन सक्ने जस्ता शब्द वा अङ्क नराख्ने जस्ता सुरक्षा अपनाउन इन्टरनेट बैङ्किङका विज्ञको सल्लाह छ । इन्टरनेट बैङ्किङ सुविधाको प्रयोग गर्ने ग्राहकले आˆनो पासवर्ड राख्दा सकेसम्म शब्द र अङ्क दुबै मिसिएको राख्ने र त्यसको परिवर्तन समय समयमा गरिरहने, पासवर्ड कुनै पनि ठाउँमा लेखेर नराखी मनमै सम्भिmराख्ने, इन्टरनेट बैङ्किङ सेवा प्रदायक बैङ्कको वेभ साइटमा जाँदा अन्य कुनै लिङ्कको मद्दतबाट नगएर सोझै बैङ्कको ठेगाना टाइप गर्ने, बैङ्कका वेभ साइटमा आˆनो गोप्य सूचनाहरू भर्नुभन्दा पहिले आˆनो सेवा प्रदायक बैङ्क हो वा होइन भन्ने कुराको निक्र्यौल सही तरिकाले गर्ने, ई-मेलबाट माग गरिएको इन्टरनेट बैङ्किङ सम्बन्धी कुनै पनि सूचना र्फमहरूमा आˆनो सूचनाहरू नभर्ने जस्ता उपायले इन्टरनेट बैङ्किङलाई सुरक्षित बनाउन सक्छ ।
बैङ्किङ क्षेत्रमा सुविधा मात्र बढेको छैन खतरा पनि बढेको अवस्थामा आफूले कुन प्रकारको बैङ्किङ सुविधा लिन चाएको हो वा आˆनो आधुनिक बैङ्किङलाई बुझने क्षमता कुन स्तरको छ सो आफैँले नै निक्र्यौल गरेर मात्र बैङ्किङ सुविधाको उपभोग गर्नु उपयुक्त मानिएको छ । समाजमा प्रतिष्ठित हुनका लागि मात्र डेविट तथा क्रेडिट कार्ड भिर्ने वा मोबाइलद्वारा एसएमएस बैङ्किङ, इन्टरनेट बैङ्किङ जस्ता सुविधा लिने हो र सावधानी पुर्याउन नसक्ने हो भने आˆनो खाताको रकम अरूले नै चट पार्ला है













































