थप तीन कूटनैतिक नियोगको लागि प्रस्ताव

परराष्ट्र मन्त्रालयले क्यानाडा, कुवेत तथा दक्षिण अफ्रिका गरी तीन स्थानमा नेपाली नियोग स्थापनाको लागि पहल शुरु गरेको समाचार जानकारीमा आएको छ । नयाँ कूटनैतिक नियोगहरु खोल्ने अनुमति प्राप्त गर्नको लागि उक्त प्रस्ताव अर्थ मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु अघि परराष्ट्र मन्त्री श्री उपेन्द्र यादवज्यूले सोमवार स्वीकृत गर्नुभएको थियो ।

प्रत्येक नियोगमा संभावित २ देखि ३ जना कर्मचारीहरु रहने छन् । नियोग खोल्ने निर्णय मन्त्रालयले संचालन गरेको सर्भेक्षण पश्चात गरिएको हो । मन्त्रालयका प्रवक्ता श्री सुरेश प्रधानज्यूले उक्त सर्भेक्षण टोलीको नेतृत्व गर्नुभएको थियो । उपरोक्त दुई मन्त्रालयवाट स्वीकृती प्राप्त हुनासाथ उक्त प्रस्तावलाई अन्तिम निर्णयको लागि मन्त्रिपरिषदमा पठाइने छ ।

हालका वर्षहरुमा क्यानाडा तथा कुवेत नेपालीहरुका लागि निकै चर्चित गन्तव्यस्थान बन्न पुगेका छन् भने दक्षिण अफ्रिकामा रहने नियोगले विश्वका त्यो भागमा सेवा पुर् याउनेछ जहां नेपालसंग हालसम्म पनि सिधा सम्पर्क स्थापना हुन सकेका छैनन् ।

Source & original text:

http://www.nepalnews.com/archive/2008/dec/dec16/news04.php

Comments are closed.