Monthly Archives: December 2008

HAPPY NEW YEAR 2009

hapay-nie2

दूतावासमा शरण लिई उद्धारको प्रतिक्षामा रहेका नेपाली महिलाहरुको नामावली ः

                                   यहाँ हेर्नुस त  कतै तपाई त जोडिनुभा छैन । खै त कुवेत बाट घर जाने महिला हरु तर पनि तपाईंका आफन्त हरु हुनुहोला हेर्नुस त ? यो लिन्क हेरी सके पछी कमेन्ट पनि दिनु होला है   http://www.neksa.org/feedback.htm

Rajan Rimal

0096566724342

ल्होसार पर्व कुवैत मा धुमधामकासाथ मनाइयो

विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गरेर नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसार मनाउने गर्दछन् । यसै अबसरमा राष्ट्रपति डा. रामवरण यादवले तमुको महान् चाड ल्होसारको उपलक्ष्यमा देशविदेशमा रहनुभएका तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिँदै ल्होसारले सबै नेपालीमा शान्ति समृद्धि ल्याउन सहयोग पुर्‍याउँछ भन्ने कामना व्यक्त गर्नुभएको छ । Continue reading

  बेल्जियममा एन आर एन दोस्रो रनिंग शिल्ड

    भलिवल प्रतियोगिता भब्यताका साथ सम्पन्न  

                                                                                                        पुरुशोत्तम सुबेदी

 

        गत आईतवार दिसेम्बर २८ का दिन बेल्जियम को लुभेन शहरमा एन आर एन बेल्जियमले दोस्रो रनिँग शिल्ड भलिवल प्रतियोगिताको कार्यक्रम सम्पन्न गरेको छ । एन आर एन बेल्जियमका महासचिव नन्दु घलेको संयोजकत्वमा थालियको सो कार्यक्रमलाई सफल बनाउन एन आर एन बेल्जियमको सिंगो टिम लगायत बेल्जियममा रहेका बिभिन्न संघ संस्था का साथै अन्य समाज सेविको संलग्नता रहेको थियो भने भुतपुर्व एन आर एन अध्यक्ष युबराज गुरुङ- किसान केसी लगायत अन्य थुप्रै सदस्यहरुको पनि सहयोगका साथ कार्यक्रममा उपस्थिती रहेको थियो । Continue reading

ल्होच्छार (नयाँ बर्ष) को शुभकामना

नेपाली तामांग जातिमा वर्ष गणना गर्ने विशेष प्रचलन रहेको छ । यस अनुसार १२ वर्षहरुलाई १२ जैविक संकेतद्वारा प्रतिनिधित्व गराईन्छ। बौद्धिक कथनानुसार करुणामय बुद्धको परिनिर्माणको समयमा विदाईका लागि मानव समुदाय वाहेक अन्य जीवहरुको उपस्थिति रहेको थियो । यस क्रममा सवै भन्दा पहिला मुसा र त्यस पछि गोरु भेट गर्न पुगे । यसरी १२ जनावरहरुलाई उपस्थितिको आधारमा क्रमवद्द मिलाई त्यसवाट वर्ष गणना गर्ने विधि अपनाईयो । यहि प्रकृया एक पुस्तावाट अर्को पुस्तामा महायान बौद्ध समेत गरि सर्दै हालसम्म भव्यताका साथ अधिकांश नेपालीद्वारा मनाईदैं आईएको छ । वर्ष गणना तालिका तल दिइएको छ । 

lhochhar

तामांग साहित्यानुसार “ल्होच्छार” दुई शव्दको समास हो । “ल्हो” को अर्थ “वर्ष” र “छार” को अर्थ “नयां” भन्ने बुझिन्छ । यस नयां वर्ष “ल्होच्छार” को उपलक्ष्यमा संपूर्ण पाठकवृन्दमा हार्दिक शुभ-कामना व्यक्त गर्दछौं ।
  

माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवैत्

प्रदेशीको व्यथा अनि कथा हजुर !

विदेशको धनको लोभ र लाल्चामा फसेका हाम्रा कर्णधार नेपाली दाजु-भाई तथा दिदी बहिनीहरु आज यस उजाड मरुभूमीमा आफ्नै हातले तालुलाई आफ्नै दाहिने हातले आँड लगाएर पछुताउदै आफ्नो जिन्दगीलाई दिन-दिनहुँ धिकार्दैछन् भने आफ्नै पैसाले आफै विक्री भईरहेका छन् । यहाँको उल्टो कानूनसँग संघर्षमय जीवन विताईरहेका छन् ।

यस मध्येमा पनि विदेशमा भित्र्याउने पहिलो काम विदेश पठाउने दलाली एजेन्टहरुको नै पर्न आउछ भने धनको लोभ र लाल्चामा फसेका हाम्रा नेपाली दाजु-भाइ तथा दिदी बहिनीहरुमा मिठा सपनाहरु बोकेर बसेका हुदा रहेछन् र नहोस् पनि कसरी । Continue reading

एक जुट भई नया सम्बिधान को निर्माण गरौ

३० दिसम्बर २००८ हाम्रो देश नेपाल मा नया परिबर्तन भएर नया नेपाल को सुरुवात भई सकेको हुदा अब बन्ने नया सम्बिधान निर्माण मा कुनै पनि जातजाती, धर्म, लिंग, पहाडी,मदेसी, को भेदभाब,नराखी पूर्ब मेची देखि लिएर पश्चिम महाकाली सम्म को गरिबी जनता हरु बिच निर्पक्ष तरीकाले सबै को ह्कहित र सहयोग पुग्ने नया सम्बिधान को निर्माण गर्नु को लागि नया नेपाल सरकार सक्रीय हुनु पर्ने छ/-कुनै पनि पार्टी लाई सरकार हाक्ने चुनौती कसले दिएको छ? हामी गरीब जनता कई सहयोग ले होइन? नया सम्बिधान निर्माण गर्नु भन्दा पहिला कुनै पनि पार्टी मा रहेको सभासद महोदय हरुले आफ्नो परिबर्तन गरेर नया सम्बिधान निर्माण गर्ने तर्फ एकजुट भएमा हाम्रो देस नेपाल अरु देस हरू को दाजो मा जानलाई कुनै समय पर्खिनु पर्ला जस्तो लाग्दैन/- Continue reading

श्रीमानको असामयिक निधनपछी २ महिनाको छोरी र श्रीमती कुवेतमै अलपत्र

 सुजन के सि  -  शिवराम पौडेल (कुवैत्)
३० डिसेम्बर २००८ कुवैत् सम्वाददाता; १० बर्ष पहिले रोजगरिको सिलसिलामा कुवैत् नगरिमा आइपुगी हाल कुवेतको के.डि.डि. कम्पनिमा कार्यरत बान्झो ९, ईलाम का ३७ बर्सिय श्री गौतम लावती यही २५ डिसेम्बर २००८ को दिन आफ्नो डिउटी गरिरहेकै बेला अचानक चक्कर आएर बेहोस् हुन पुगेकोले तत्काल उहालाई अस्पातल लगिएको थियो तर दुर्भाग्यवस डाक्टरहरुले उहालाई मृत्‍य घोषित गरेको र उहाको पार्थिव शरीरलाई अल सवाह अस्पतालमा राखिएको, साथै उहाको  पार्थिव शरीरलाई नेपाल पठाउनको लागि के.डि.डि. कम्पनिले नै पहल गरिदिने तर कहिले सम्म नेपाल पठाउने भन्ने कुरो खुल्न नसकेको पनि उहाकै धर्म पत्नी अंमाइ मेर्बा लावती र साथीभाइहरुले जानकारी गराएका छन । Continue reading

पशुपतिनाथमा अब नेपाली पूजारी

 
    <!– –>
 नेपालको गौरव बोकेको हिन्दूहरुका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा लामो समयदेखिको परम्परा तोडेर अबदेखि नेपाली पूजारी राखिने भएको छ । यस निर्णयबाट सयौं वर्षदेखि पशुपतिनाथमा बस्दै आएका भारतीय पूजारीहरुको परम्पराको अन्त्य भएको छ ।पशुपतिनाथ मन्दिरको व्यवस्थापना गर्दै आएको पशुपति क्षेत्र विकास कोषले भारतीय मूलका तीन जना भट्टहरुले दिएको राजिनामा स्वीकृत गर्दै उनीहरुको स्थानमा नेपाली पूजारीहरु राख्ने निर्णय गरेको हो । Continue reading

प्रधानमन्त्रि माथि ढुङ्ङा प्रहा

त्रिभुवन विश्वविद्यालयको सभामा भाग लिएर फर्कंदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल चढेको मोटरमा विद्यार्थीले सोमबार ढुंगा प्रहार गरेका छन्। प्रधानमन्त्री निस्केर स्मृति भवनको गेटैमा खडा मोटर चढेपछि राजिनामा माग गर्दै एमाले निकट अनेरास्ववियुका विद्यार्थीले अचानक ढुंगा हिर्काउन सुरु गरेका थिए। ढुंगा लागे पनि मोटरमा कुनै क्षति भएन भने सुरक्षा दिने प्रहरीको मोटरसाइकलका सिसा फुटेका छन्। करिब ५० आक्रोशित विद्यार्थीको भीडलाइ पन्छ्याउन प्रहरीले हल्का हस्तक्षेप गरेको थियो। आक्रोशित विद्यार्थीमध्येका एकले घटनास्थलमा दैनिकीसँग कुरा गर्दै जाडोको बिदा घटाउने मागका साथ आफूहरुले विरोध गरेको जनाए।

sujan k c

समोसाको मूल्य १६ हजार !!

भारत घुम्न गएका एक जोडीले त्यहाँ पाइने एक विशेष प्रकारको सिंगडा (समोशा) लाइ नेपाली १६ हजार रूपियाँ तिर्नु परेको छ ।
उनीहरूले १२४ पाउण्ड तिर्नुपर्ने कस्तो चाहिँ समोशा लिए होलान् त ? भन्ने जिज्ञाशा तपाइँलाइ लागेको भए सुन्नुस् । पसलेका अनुसार विशेष किसिमका जडिबुटी हालेर बनाइएको हुनाले यी समोशाको मूल्य १६ हजार परेको हो ।
Continue reading

नयाँ संविधान निर्माणमा गैह्र-आवासिय नेपालीहरुले पनि सुझाव पठाउन सक्ने

नेपाल न्यूज डटकममा प्रकाशित समाचारमा गैह्र-आवासिय नेपालीहरुले अब नयाँ संविधान निर्माणको लागि आफ्नो सुझाव पठाउन सक्ने भएको व्यहोरा उल्लेख गरिएको छ ।

उक्त समाचार अनुसार संविधान सभाको संविधान निर्माण समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय आईतवार गरेको थियो । उपरोक्त निर्णयानुसार ईच्छुक गैह्र आवासिय नेपालीहरुवाट प्राप्त सुझाव संकलन गर्नको लागि विभिन्न देशमा अवस्थित नेपाली नियोग तथा नेपाली दूतावासलाई जिम्मेवारी दिईएको छ । उक्त समितिले फाल्गुण १४ गतेसम्म प्राप्त भएका सुझावहरुलाई मात्र समावेश गर्ने व्यहोरा समेत उल्लेख गरेको छ ।

यसै संदर्भमा माउण्ट एभरेष्ट स्पोर्टिंग क्लव काठमाडौं कुवैत् ले पनि आफ्नो संयोजकत्वमा कुवेतमा बसोवास गर्ने सम्पूर्ण ईच्छुक महानुभावहरुको सुझाव र सल्लाह एकैसाथ संकलन गरि पठाउने अभिप्रायले सुझाव संकलन कार्य शुरु गरेको हुँदा यस क्लवको ईमेल वा वेबसाईट मार्फत आफ्नो अमूल्य सुझाव यही आगामी फाल्गुण १२ गते भित्र पठाई संविधान निर्माण कार्यमा सहभागी भईदिनुहुन यस क्लव हार्दिक अनुरोध गर्दछ । साथै ईच्छुक महानुभावहरुले आफ्नो सुझाब सिधै नेपाली दूतावास रियादमा संपर्क गरि पठाउन सक्नुहुने व्यहोरा समेत जानकारी गराउंदछौं ।

धन्यवाद ।

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्

खबर गर्नुस्, प्रहरी हाजिर छ

खबर गर्नुस्, प्रहरी हाजिर छ
 
 
 

 तपाइर्ंलाई एउटा खुसीको खबर छ । दैनिक आप\mनो टोलमा बारम्बार भइरहने आपराधिक क्रियाकलापबाट आजित भए, कुनै पिरमर्का र समस्या परे, आप\mनै बालबालिका लागूऔषधको कुलतमा पFmसेर दिक्दार भएको भए अब तपाईंको सेवामा प्रहरी हाजिर हुनेछ । यतिमात्र होइन, प्रहरीबाट पाउने सहयोगमा कतै कमी देख्नुभएको छ भने पनि उप्रान्त त्यस्तो नहोला ।

नेपाल प्रहरीले दैनिक कामको सिलसिलामा पेसागत आचरण अनुकूल काम नगरे, आर्थिक प्रलोभनमा परेर तपाइर्ंको समस्याप्रति गम्भीर नबने, दुव्र्यवहार र मानवअधिकार उल्लङ्घन गरेकोजस्तो लागेमा पनि अब सोच्नैपर्दैन उजुरी गरिहाल्नुहोस् । Continue reading

कुवेतबासी नेपालीहरुले धुमधामको साथ क्रिस्ट्मस मनाए

sujan k c  sujan912@yahoo.com

२५ डिसेम्बर  २००८, कुवैत् सिटी स्थित नेपाली भाषाको चर्चमा म लगायत हाम्रो साथीहरुको टोलि पुगेका थियौ । त्यहाँ कारीब ८०० नेपालीहरुको जमात रहेछ । नेपाली भाषाका पास्टर श्री अगम बहादुर लिम्बुले सम्पूर्ण नेपालीलाई निमन्तणा गर्नु भएकोले माउन्ट एभरेष्ट क्लबका साथीहरुको पनि सहभागीता थियो । कार्यक्रमको सुरुआत प्रार्थना बाट भएको थियो । नेपाली भाषामा नेपाली साँगेतिक टोलिले निकै मिठा भजन र सुरिलो बासुरिको धुनको साथमा म्युजिक बजाएका थिए ।cccc Continue reading

कुवेत गएकी युवती मानसिक सन्तुलन गुमाएर फर्किन्

हरी कृष्ण न्यौपाने

कालिका-१ सिन्धुपाल्चोक हाल कुवेतबाट
 
                 सानीआमामार्फत धन कमाउन विदेश पुगेकी एक युवती मानसिक सन्तुलन गुमाएर स्वदेश फर्केकी छन् । सिन्धुपाल्चोकको सेलाङ-७ की १७ वर्षीया गीता मगर कुवेतबाट मानसिक सन्तुलन गुमाएर नेपाल फर्केकी हुन् । गीता गत साउनमा कुवेत प्रवेश गरेकी थिइन् । कुवेत पुगेको चार महिनापछि उनी १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्धचेत अवस्थामा भेट

भेटिएकी थिइन् । कतार एयरवेजबाट राति आएकी उनलाई विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले अर्धचेत अवस्थामा फेलापारेका थिए । Continue reading