बेलायतले नेपाललाई करिब साढे दुइ अर्ब रुपैयाँ सहयोग गर्ने

बेलायत सरकारले नेपालको दिगो शान्ति र विकास प्रक्रियालाई सहयोग पुर्‍याउन करिब साढे दुइ अर्ब रुपैयाँको सहयोग गर्ने भएको छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी मन्त्री माइक फोस्टरले आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । बेलायत सरकारका अन्तर्राष्ट्रिय मामिला मन्त्री फोस्टरले अनमिनको समयावधि सकिन लागेको हुँदा आवश्यक भएको अवस्थामा नेपाल सरकारले राष्ट्रसंघलाई अनमिनको समयावधि थप गर्न पहिलेनै सूचना दिई आफूलाई चाहिने सहयोग प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s