विश्व बैङ्कद्वारा दुई अर्ब ८३ करोड सहयोग

काठमाडौँ १७ कात्तिक । विश्व बैङ्कले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाललाई एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ अनुदान र एक अर्ब ३३ करोड ८० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण गरी जम्मा दुई अर्ब ८३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । ती तीन परियोजनाका लागि नेपाल सरकार र विश्व बैङ्कबीच तीनवटा छुट्टाछुट्टै सम्झौता भएका छन् । पहिलो सम्झौताअन्तर्गत बैङ्कले सामाजिक सुरक्षा साजाल परियोजनाका लागि करिब एक अर्ब १० करोड २० लाख रुपैयाँ अनुदान र २१ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । सो परियोजनाको उद्देश्य खाद्यान्न अपर्याप्त भएका जिल्लाहरुमा छोटो अवधिमा विपन्न परिवारका लागि खाद्यान्न र आधारभूत आवश्यकताको पहुँच बढाउनु रहेको छ । सो परियोजनामा खाद्यान्नका लागि काम दुर्गम क्षेत्रमा बीउबिजनको प्रयोगमा सहयोगजस्ता कार्यक्रम समावेश छन् ।
बैङ्कले दोस्रो सम्झौताअन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामा अतिरिक्त लगानीका लागि एक अर्ब १२ करोड ७० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । सो आयोजनाको उद्देश्य सिँचाइसहितको कृषि उत्पादकत्व बढाउनु छनोट गरिएका सिँचाइ कार्यक्रमहरुको व्यवस्थापन गर्नु र सििाचत जलस्रोत व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्नु रहेको छ । आयोजनामा सानास्तरका र आधुनिक सिँचाइ प्रविधि उन्नत बीउ र माटो व्यवस्थापनको स्थानीय उत्पादनजस्ता कार्यक्रम रहेका छन् । त्यसैगरी बैङ्कले तेस्रो सम्झौताअन्तर्गत खाद्यान्न मूल्य सङ्कट सम्बोधन कार्यक्रमका लागि ३९ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ ।
सो परियोजनाका उद्देश्य र यसमा समाविष्ट कार्यक्रमहरु सामाजिक सुरक्षा साजाल परियोजनाजस्तै छन् ।ती सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका देशीय निर्देशक सुसान जी। गोल्डमार्कले हस्ताक्षर गर्नुभयो ।पहिलो र तेस्रो सम्झौतामा राखिएका प्रावधान कार्यान्वयनका लागि एउटा छुट्टै सहायक अनुदान सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतामा स्थानीय विकास मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपाने र विश्व खाद्य कार्यक्रमका नेपालस्थित प्रतिनिधि रिचार्ड एफ। रागनले हस्ताक्षर गर्नुभयो ।सो सहयोगका साथै नेपालको आर्थिक-सामाजिक विकासमा भविष्यमा पनि निरन्तर सहयोगका लागि नेपाल सरकारले विश्व बैङ्कको सराहना गरेको छ । साथै नेपालको विकास प्रयासमा निरन्तर सहयोगप्रति विश्व खाद्य कार्यक्रमको पनि सराहना गरिएको छ

काठमाडौँ १७ कात्तिक । विश्व बैङ्कले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाललाई एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ अनुदान र एक अर्ब ३३ करोड ८० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण गरी जम्मा दुई अर्ब ८३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । ती तीन परियोजनाका लागि नेपाल सरकार र विश्व बैङ्कबीच तीनवटा छुट्टाछुट्टै सम्झौता भएका छन् ।
पहिलो सम्झौताअन्तर्गत बैङ्कले सामाजिक सुरक्षा साजाल परियोजनाका लागि करिब एक अर्ब १० करोड २० लाख रुपैयाँ अनुदान र २१ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । सो परियोजनाको उद्देश्य खाद्यान्न अपर्याप्त भएका जिल्लाहरुमा छोटो अवधिमा विपन्न परिवारका लागि खाद्यान्न र आधारभूत आवश्यकताको पहुँच बढाउनु रहेको छ । सो परियोजनामा खाद्यान्नका लागि काम दुर्गम क्षेत्रमा बीउबिजनको प्रयोगमा सहयोगजस्ता कार्यक्रम समावेश छन् ।
बैङ्कले दोस्रो सम्झौताअन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामा अतिरिक्त लगानीका लागि एक अर्ब १२ करोड ७० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । सो आयोजनाको उद्देश्य सिँचाइसहितको कृषि उत्पादकत्व बढाउनु छनोट गरिएका सिँचाइ कार्यक्रमहरुको व्यवस्थापन गर्नु र सििाचत जलस्रोत व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्नु रहेको छ । आयोजनामा सानास्तरका र आधुनिक सिँचाइ प्रविधि उन्नत बीउ र माटो व्यवस्थापनको स्थानीय उत्पादनजस्ता कार्यक्रम रहेका छन् ।
त्यसैगरी बैङ्कले तेस्रो सम्झौताअन्तर्गत खाद्यान्न मूल्य सङ्कट सम्बोधन कार्यक्रमका लागि ३९ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ ।
सो परियोजनाका उद्देश्य र यसमा समाविष्ट कार्यक्रमहरु सामाजिक सुरक्षा साजाल परियोजनाजस्तै छन् ।ती सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका देशीय निर्देशक सुसान जी। गोल्डमार्कले हस्ताक्षर गर्नुभयो ।पहिलो र तेस्रो सम्झौतामा राखिएका प्रावधान कार्यान्वयनका लागि एउटा छुट्टै सहायक अनुदान सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतामा स्थानीय विकास मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपाने र विश्व खाद्य कार्यक्रमका नेपालस्थित प्रतिनिधि रिचार्ड एफ। रागनले हस्ताक्षर गर्नुभयो ।सो सहयोगका साथै नेपालको आर्थिक-सामाजिक विकासमा भविष्यमा पनि निरन्तर सहयोगका लागि नेपाल सरकारले विश्व बैङ्कको सराहना गरेको छ । साथै नेपालको विकास प्रयासमा निरन्तर सहयोगप्रति विश्व खाद्य कार्यक्रमको पनि सराहना गरिएको छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s