Monthly Archives: November 2008

वरदान नेपाल

                   वरदान नेपाल

समेटि आकाश झरेछ ब्रम्हाण्ड, पहिले यस धरतीमा
चौधै भुवन सुक्ष्म भै एक, विश्व भूगोल केन्द्रमा ॥
नेमुनी आवास, तपोवन, बुद्धवन, गुराँस फुल्ने वनमा
पहेंल्पुर तराई, पहाडी डाँफे, यती कबड्डी खेल्ने हिऊंमा ॥
चन्द्र र सूर्य त्रिकोण माथ है, रत्न भण्डार सगरमाथामा
शहिदको पहरा, स्वाधिन देश, छैन कतै अर्को विश्वमा ॥

गिर्जा र मस्जिद, मन्दिर, गुम्वा, पौवापाटी चौधैमा
शतक भाषा, जाति र धर्म, संस्कृति पचहत्तरैमा ॥
दौरा र सुरुवाल, ढाकाको टोपी, सिरुपाते पेटीमा
लोक र झ्याउरे, रोदी र सेलो, पन्चैबाजा चौतारीमा ॥
रुद्राक्ष, संजिवनी, मुगा र माणिक, शालिग्रामै गण्डकिमा
अतुलनीय मातृ, सुगन्धित भूमि, छैन कतै अर्को ईतिहासमा ॥

                                                                 किरण पौड्याल, कुवेत, २९ नोभेम्वर २००८ (६)

माउन्ट एभरेष्ट क्लबका वोर्किङ कमिती का सद्स्य श्री बम बिष्ट ज्यु को दोस्रो पुत्र जन्मेको मा वहाँलाई हार्दिक शुभ कामना दिदै नयाँ बच्चाको सुख शान्ति तथा उज्जल भबिस्यको कामना गर्दछउ माउन्ट एभरेष्ट क्लब

bom-garg

नेपाल जनप्रगतिशिल मञ्च दोहा कतार द्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र


 

अरबीको सामूहिक बलात्कारपछि साउदी अरबबाट गर्भ बोकेर फर्किएकी सुनसरीकी १९ वर्षिया युवतीलाई साउदी पुर्‍याउने दलालविरुद्ध जाहेरी दर्ता गर्न गएका पीडितलाई जिल्ला प्रहरी कार्यालयले त्यसै फर्काइदिएको छ ।

अरबीको सामूहिक बलात्कारपछि साउदी अरबबाट गर्भ बोकेर फर्किएकी सुनसरीकी १९ वर्षिया युवतीलाई साउदी पुर्‍याउने दलालविरुद्ध जाहेरी दर्ता गर्न गएका पीडितलाई जिल्ला प्रहरी कार्यालयले त्यसै फर्काइदिएको छ ।

दलालले किर्ते नागरिकता र राहदानी बनाएर ६ महिनाअघि साउदी पुर्‍याएकी अञ्जु अरबी घर-मालिकको गर्भ बोकेर पाँच दिनअघि मात्र घर र्फकेको समाचार नयाँ पत्रिकाले बिहीबार प्रकाशित गरेको थियो । बिहीबार मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका पीडित युवतीका परिवारलाई समयाभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । Continue reading

ताज महल होटलको तेस्रो तलामा पहिलोपटक गोली चलेको आवाज सुन्दा सर गुलाम नुन आत्तिएनन् ।mayesaribache
बि्रटेनको ‘हाई प्रोफाइल’का एसियाली व्यापारीले सोही होटलको रेस्टुरेन्टमा रातको खानाका लागि टेबल ‘बुक’ गरिसकेका थिए । तर, अन्तिम समयमा उनले बिसन्चो अनुभव गरे । र, कोठामै रातको खाना लिने विचार गरे । कोठामा उनका भाइका साथै अन्य दुई व्यापारी साथी थिए । ‘योजना परिवर्तन गरेकाले मर्नबाट जोगिएको हुन सक्छु, किनकि आतंकवादी पहिले रेस्टुरेन्टमै छिरे होलान्,’ सर गुलाम भन्छन् ।

मुम्बई हमलालाई नजिकबाट निहालेका भारतीय मूलका ‘हाई प्रोफाइल’ ब्रिटिस व्यापारीको त्रासदीपूर्ण अनुभव

मुम्बईमा जन्मेका सर गुलाम ‘कुरे किङ’ उपनामबाट चिनिन्छन् । भारतीय तयारी खानाको बि्रटेनमा हुने उनको साप्ताहिक कारोबार एक दशमलब पाँच मिलियन डलरबराबर छ । ‘सुरुमा कसैको विवाहको आतिसबाजी भइरहेको हामीले अनुमान गर्‍यौँ, कुनै मूर्खले लबिमा नै पटाका पड्काएको हाम्रो सोचाइ थियो,’ उनी भन्छन् । आतिसबाजी हेर्न झ्यालबाट हेरे उनीहरूले । तर, आतिसबाजी थिएन, आतंक थियो बाहिर ।

‘कोही मानिस भवनभित्र दौडिरहेका र कोही आतंकित भई भागिरहेका देख्यौँ,’ उनी भन्छन्, ‘त्यति नै वेला बम विस्फोट भयो, भुइँचालो गए जसरी, सम्पूर्ण बिल्डिङ नै हल्लियो, त्यसपछि त लगातार विस्फोट भइरहे, म भन्डै बाहिर भागेको थिएँ, तर प्वालबाट चिहाएर हेर्दा एके ४७ बोकेको व्यक्ति कोरिडरमा आउँदै गरेको देखेँ ।’

उनले स्वागत कक्ष (रिसेप्सन) मा रहेका ड्युटी म्यानेजरलाई फोन गरे । ‘आश्चर्यजनक रूपमा उनी अझै त्यहाँ रहेछन्, उनले मलाई ढोका बन्द गरेर बस्न भने, हातमा बन्दुक बोकेका मानिस अमेरिकी र बि्रटिस नागरिकलाई खोज्दै रहेको जानकारी पनि उनैले दिए,’ उनी भन्छन् ।
अनि टेलिभिजन पनि चल्न छोड्यो । एयर कन्डिसन पनि बन्द भयो । कोठाको तापक्रम निकै बढ्यो । तर, उनको मोबाइल अझै चलिरहेको थियो ।

उनको परिवारले होटलको माथिल्लो तलामा आगो लागेको जानकारी फोनबाट दियो । ‘कोरिडोरमा धुवाँ आइरहेको म देख्न सक्थेँ, म्यानेजरले ढोकाको प्वालमा चिसो तौलिया राख्न भने, तर पनि धुवाँ आइरहेको थियो, सेना अचम्मका थिए, उनीहरू आतंकवादीलाई खोज्दै तल र माथि गरिरहेका थिए । तर, होटलका पाहुनाप्रति कुनै चासो दिइरहेका थिएनन् ।’ ७२ वषर्ीय सर गुलाम राति साढे नौ बजेदेखि बिहान ६ बजेसम्म कोठाभित्रै थुनिए ।

‘रातभरि गोली चल्यो, झुक्किएर कमान्डोले गोली हान्न सक्ने भएकाले हामीलाई कोठाबाहिर नआउन भनिएको थियो, आफ्नै तलामा रहेका दुई आतंकवादी हामीले देख्यौँ । हाम्रै कोठाबाहिर गोली चलिरहेको पनि सुन्यौँ । निकै डरलाग्दो अनुभूति थियो त्यो, कुनै पनि वेला ढोकामा गोली प्रहार गर्दै आतंकवादी भित्र छिर्न सक्ने डर लागिरह्यो । कतिवेला ढोका चहार्दै विदेशी खोज्नतिर लाग्ने हुन् भन्ने डर भइरह्यो ।

पुत्पुताइरहेको धुवाँको सामना गर्ने कि होटलमा जारी रगतको लडाइँको सामना गर्ने ? कुनै एक निर्णय गर्नु थियो उनलाई । ‘कोरिडरमा जान सक्दिनँ भन्ने मलाई थाहा थियो, त्यसैले झ्यालबाट हेर्दै कोठामै बसिरह्यौँ, तल एम्बुलेन्स आएको, त्यसमा लास राखिएको हामी माथिबाटै हेरिरहेका थियौँ । केही घन्टापछि दमकलका मान्छेले झ्याल फुटालेर क्रेनको सहयोगले हामीलाई तल झारे । तल बसेका होटलका म्यानेजरले बाँचेकोमा हामीलाई शुभकामना दिए, होटलका कर्मचारी आफ्नो ज्यानको बाजी थाप्दै रातभरि बसेछन्,’ उनी अनुभव सुनाउँछन् ।
होटलबाट भाग्दा यी व्यापारीले केही पनि बोक्न भ्याएनन् । ‘पासपोर्ट, आवश्यक औषधी र लुगा लिने समय पनि पाइनँ मैले,’ उनी भन्छन् ।
आतंककारीको हमलाबाट जोगिएपछि उनले बिहीबार सर्ट, पाइन्ट र औषधी किने । अनि नयाँ पासपोर्ट बनाउन बि्रटिस हाई कमिसनकहाँ पनि पुगे उनी ।

टोनी ब्लेयर, गोर्डन ब्राउन र पि्रन्स अफ वेल्सका साथी सर गुलाम बम्बईमा जन्मे र भारत स्वतन्त्र हुँदासमेत त्यहीँ थिए । ब्रिटेनमा बस्ने भए पनि उनी हरेक वर्ष मुम्बई आइरहेका हुन्छन् । १९९३ को बम विस्फोटका वेला पनि उनी मुम्बईको ताज होटलमै थिए । त्यतिवेला उनको ड्राइभरलाई चोट लागेको थियो ।
‘मुम्बईका मानिस बहादुर छन्, आज बम विस्फोट भए पनि भोलिदेखि काममा जानेहरूको भीड रेलमा उत्तिकै हुन्छ । यस्तो हमलाबाट डराए आतंकवादी आफ्नो जित भएको ठान्छन्,’ उनी भन्छन् ।
सो हमलामा इस्लाम अतिवादीको संलग्नता रहेको सुन्दा तर्सिएको बताउँछन् गुलाम, ‘म मुस्लिम हुँ, त्यसैले हमलामा उनीहरूको संलग्नता छ भन्दा सहन गाह्रो हुन्छ, यो वास्तविक इस्लामको काम होइन, त्यस्तो कुनै धर्म छैन जसले मानिसलाई आतंकित बनाउने काम गर्छ । उनीहरू बि्रटिस र अमेरिकनलाई खोजिरहेका थिए, अफगानिस्तान र इराक युद्धमा हामीले अमेरिकालाई साथ दिएकाले त्यसो गरेको हुन सक्छ ।’

नेपालमा विदेशीको बढ्दो चासो

पछिल्लो एक महिनामा नेपालमा शक्तिराष्ट्रको चासो बढेको छ । भारत, चीन र बेलायतका उच्च अधिकारीहरुको नेपाल भ्रमण भइसकेको छ ।

बेलायती अन्तराष्ट्रिय विकासमन्त्री नेपला भ्रमणबाट फर्किएको भोलिपल्ट बेलायती सेना प्रमुख रिचार्ड दान्नात नेपाल आउदैछन् । १३ मंसिरमा नेपाल आउनलागेका उनले प्रधानमन्त्री प्रचण्ड, सेनाप्रमुख रुक्माङगत कटवाललगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

संविधान लेखन शुरु भएलगत्तै नेपालमा विदेशीको दौडधूप बढेर गएको छ । भारतीय विदेशमन्त्री प्रणव मुखर्जी र बेलायती अन्तराष्ट्रिय विकासमन्त्री माइक फोस्टर ९ मंसिरमै काठमाडौं आइपुगे भने डेनमार्कका विदेशमन्त्री नेपाल आउदैछन् ।

नेपाली राजनीतिमा अप्रत्यक्ष भूमिका खोज्ने उद्येश्यबाट प्रेरित भ्रमणलाई उच्च महत्व दिइएको छ । भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले त राजनीतिक दलहरुलाई सहमति बनाउन भने । उनले सेना समायोजनका लागि दलहरुबीच सहमति निर्माण बनाउन सुझाव दिएर गएका छन् । ११ मंसिरमा नेपालको तीन दिने भ्रमण पूरा गरी नयां दिल्ली र्फकनुअघि पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा भएको पूव सहमतिलाई आधार बनाएर सेना समायोजन गर्न सुझाव दिएका छन् ।

यसअघि चिनियां उच्च सैनिक अधिकारीहरु नेपाल आएका थिए । उनीहरुले सुरक्षाबारे चासो राख्नुका साथै प्रधानमन्त्री प्रचण्डलगायतका उच्च अधिकारीहरुसंग भेटवार्ता गरेका थिए ।

खेलकुद समाचार

मुर्म्बईमा आतंककारी आक्रमणका कारण भारत र इङ्ल्याण्डबीचका एक दिवसीय क्रिकेट प्रतियोगिता रद्द गरिएपछि इङ्ल्याण्डको टोली आज स्वदेश फर्किने भएको छ ।भारतीय क्रिकेट बोर्डका प्रवक्ता देवेन्द्र प्रभुदेर्साईले इङ्ल्याण्डको अनुरोधमा बाँकी रहेका दुइ एक दिवसीय प्रतियोगिता रद्द गरिएको जानकारी दिएका छन् ।

इङ्ल्याण्ड र भारतबीच भइरहेको सात एक दिवसीय खेल अर्न्तर्गत अन्तिम दुइ एक दिवसीय खेल रद्द गरिएको हो ।

गुवाहटी र दिल्लीमा दर्ुइ एक दिवसीय खेल तय गरिएका थिए ।

त्यसै गरी दर्ुइ टोलीबीच आगामी डिसेम्बर ११ मा तय गरिएको दुइ टेष्टको शृङ्खला पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

शृङ्खलाको समय पछि मात्रै तय गरिने भएको छ ।

यसै गरी आगामी डिसेम्बर ३ तारिखमा हुने च्याम्पियन्स लिग २०-२० क्रिकेट प्रतियोगिता पनि रद्द गरिएको छ ।

मुम्बइमा भिषण भिडन्त जारी

मुम्बइमा भिषण भिडन्त जारी
 
 
November 28 2008
भारतको व्यावसायिक राजधानी शहर मुर्म्बईमा अहिले पनि सुरक्षा क्रर्मि र आतंकवादी विच दोहारो भिडन्त भइरहेको छ । आतंकवादीले घरभित्रबाट ग्रीनेट फ्याकि रहेका छन् भने सुरक्षाक्रर्मिले गाली चलाइरहेका छन् । अहिले सम्म् १ सय ३० जनाले ज्यान गुमाइसकेका छन् । अहिले मुर्म्बईको नरिमन हाउसमा सुरक्षा दस्ता पुगेर कारबाही थालेको छ । नरिमन हाउसमा अझै पनि ५-६ जना आतंककारी रहेको बताइएको छ ।आतंककारीले अहिले बिहान तीनवटा ग्रिनेड आक्रमण गरेको छ ।
नेशनल सेक्युरिटी गार्डको कमाण्डो, सेनाको कमाण्डो, सेनाका जवान, अर्धसैनिक बल र आतंकनिरोधी दस्ता परिचालन गरिएको सुरक्षा अधिकारीले बताएका छन् ।
अस्ति राति १० बजे आतंककारी समूहले एकैपटक शृङ्खलाबद्ध रुपमा फाइभ स्टार होटलसहित विभिन्न सात भन्दा बढी ठाउँमा एकैपटक बम विस्फोट गराएका थिए ।
विस्फोटपछि आतंककारीविरुद्ध सुरक्षा दस्ताले हवाई गस्तीसहित आक्रमणलाई जारी राखेको छ ।आक्रमणमा परी अहिलेसम्म २६ प्रहरी, नौ विदेशी नागरिक र पाँच आतंककारीसहित१ सय २५ जनाको ज्यान गएको छ भने ३ सय २७ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले ताज होटलमा गोलाबारी रोकिएको छ भने होटल ओबरायमा अझै पनि आतंककारी रहेको आशंका गरिएको छ ।घटनाको जिम्मेवारी अज्ञात डक्कन मुजाहिद्दिन नामक संगठनले लिएको छ ।
 

बेलायतले नेपाललाई करिब साढे दुइ अर्ब रुपैयाँ सहयोग गर्ने

बेलायत सरकारले नेपालको दिगो शान्ति र विकास प्रक्रियालाई सहयोग पुर्‍याउन करिब साढे दुइ अर्ब रुपैयाँको सहयोग गर्ने भएको छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी मन्त्री माइक फोस्टरले आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । बेलायत सरकारका अन्तर्राष्ट्रिय मामिला मन्त्री फोस्टरले अनमिनको समयावधि सकिन लागेको Continue reading

झापाको लखनपुरमा बिहीबार राति भएको सडक दर्ुघटनामा आठ जनाको मृत्यु भएको छ ।

१३ मंसिर । झापाको लखनपुरमा बिहीबार राति भएको सडक दर्ुघटनामा आठ जनाको मृत्यु भएको छ । लखनपुर-१ स्थित पाथीभरा शसस्त्र प्रहरीगण अगाडि भएको दर्ुघटनामा २५ जना घाइते भएका छन् । पर्ूवबाट पश्चिमतर्फजादै गरेको मे १ ख ९२७ नम्बरको माइक्रोवस र विपरित दिशाबाट आइरहेको को १ ख ६९१ नम्बरको ट्रक आपसमा ठोक्किदा दर्ुघटना भएको हो । दर्ुघटनामा झापाको दमक-१८ निवासी जीवन र्राई, उनकी श्रीमती तेजकुमारी, छोरा १० वषर्ीय शुशीलको मृत्यु भएको छ । यसैगरी दमक १८ का कृष्णबहादुर दर्जी, पर्ूण्ाबहादुर थापा, पुण्य मिश्र, बाहुनडाँगीका विकास महत र दर्ुघटनामा ट्रकका चालक झापा शिबगञ्ज घर भएका २५ वषर्ीय प्रदिप बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दर्ुघटनामा र्घाईते भएका पुण्य मिश्रको आम्दा अस्पताल दमक र अन्य सात जनाको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । दर्ुघटनामा गम्भीर घाइते भएका ८ जनालाई दमकमा उपचार हुन नसकेपछि सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनालाई विराटनगर पठाइएको छ । केही गम्भीर घाइतेहरुलाई भारतको सिलगुडी लगिएको र बाँकी घाइतेको दमक स्थित आम्दा र लाईफ लाईन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । इलामको श्रीअन्तुमा भइरहेको अन्तु महोत्सवमा गएर फर्किएको यात्रुबस दर्ुघटनामा परेको हो ।

अशिष-रितेश हत्या: प्रहरी-प्रशासनविरुद्ध पर््रदर्शन

काठमाडौं, मंसिर १२ – ताहाचलका दर्ुइ किशोर रितेश रौनियार र अशिष मानन्धरको हत्यालाई लिएर बिहीबार प्रहरी-प्रशासनविरुद्ध राजधानीमा पर््रदर्शन भएको छ ।सरकारले हत्याबारे सा“झसम्म आधिकारिक धारणा र्सार्वजनिक नगरेकाले वार्ता र विरोधका कार्यक्रमस“गै जारी रहने नागरिक संर्घष्ा समितिले जनाएको छ । समितिका सदस्य रामशरण डंगोलका अनुसार सरकारको आह्वानअनुरूप शुक्रबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीस“गको वार्ता ठोस निर्ण्र्ााा नपुगे विरोधका चरणबद्ध कार्यक्रम जारी रहनेछ । उनीहरूले बिहीबार अबेर राति उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमस“ग अनौपचारिक वार्ता गर्दै पा“च सूत्रीय ज्ञापनपत्र बुझाएका छन् । उच्चस्तरीय विशेषज्ञ छानबिन टोली गठन हुनुपर्ने, त्यसलाई अनुमोदन गर्न उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने, दोषीलाई कडा कारबाही, शान्ति सुरक्षाको स्थिति सृदृढ हुनुपर्ने एवं प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिमा मात्र वार्ता हुनुपर्ने माग ज्ञापनमा उल्लेख छ ।

 

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पीडित पक्षलाई छलफलका लागि बिहीबार सा“झ बोलाइएको थियो । प्रहरीले पर््रदर्शनमा घूसपैठ भएको जनाउ“दै समन्वय गरी अघिबढ्न राखेको प्रस्ताव पीडित पक्षले अस्वीकार गरेको छ ।

बेपता भएको १२ दिनपछि दुवै किशोरको शव बुधबार थानकोट महादेवस्थान-४, गुमालचौकीस्थित जंगलमा फेला परेको थियो ।

सरकारी धारणा र्सार्वजनिक नभएसम्म मृतकको पोष्टमार्टमा नगर्ने र शव पनि नबुझ्ने पीडित पक्षको तर्फाट गठित उक्त समितिले अडान राखेको छ । पर््रदर्शन र चक्का जामले बिहीबार उपत्यकाको वातावरण तनावग्रस्त रह्यो ।  नेपाल मजदुर उद्धार सेवा संघद्वारा सञ्चालित पश्चिम भेग एम्बुलेन्स सेवाको गाडी कालीमाटी चोकमा तोडफोड भएको छ । एम्बुलेन्स सशस्त्र प्रहरी बल नीलबाराही गणबाट बिरामी लिएर वीर अस्पताल गइरहेको थियो । यसैबीच, गृहमन्त्रालयले घटना ध्यानाकर्षा जनाउ“दै वास्तविकता पत्ता लगाउन सरकारले अविलम्ब छानबिन आयोग गठन गर्ने बताएको छ । उसले विरोधका कार्यक्रम नगर्न पीडित पक्षस“ग आग्रह गरेको छ ।

यस्तै महानगरीय प्रहरी आयुक्त कार्यालयले हत्याको छानबिन गर्न एसएसपी वीरेन्द्रबाबु श्रेष्ठको नेतृत्वमा पा“च सदस्यीय छानबिन टोली गठन गरेको छ । टोलीले बिहीबारदेखि काम थालेको कार्यालयले जनाएको छ ।

 

नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ

नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ । मूल्यवृद्धि १४.१ प्रतिशत बढेर महँगोमा खाद्य खरिद गर्न बाध्य सर्वसाधारणले २५ प्रतिशत कम मूल्यमा अबदेखि खाद्यान्न आपूर्ति गर्न पाउने भएका छन् । यद्यपि वनस्पति घ्यूतेलमा ५० प्रतिशतसम्म मूल्य गिरावट भइसकेको उद्योगीहरू बताउँछन् ।mulyabridddddd

तेल र वनस्पति घ्यूमा ५० प्रतिशत कमी

Continue reading

शहिदको नामबाट सन्चालित बिद्यालयको नाजुक अबस्था

शहिदको नामबाट सन्चालित बिद्यालयको नाजुक अबस्था:-
सिन्धुपाल्चोक जिल्लाको सुगम अनि चेतनशील जनता र बिकासले भेटेको गा.बि.स. ले परिचित साँगाचोक-४ स्थित फलाटे मा २०५२ सालमा जनसेबा प्रा.बि. बाट जिल्लामै पहिलो माओबाद शिक्षाबाट प्रेरित यस सामुदायिक बिद्यालयलाई हाल पनि सरकारी निकाय एबं जिल्ला शिक्षा सिन्धुपाल्चोकले त्यति चासो दिएको छैन।स्थानिय समाजसेबी माओबादी कार्यकर्ता शान्ति पराजुली(नमुना)२०६१ सालमा बारामा शाहिद भए पछि उहाँकै नाम बाट यस बिद्यालयलाई शान्ति जनसेबा प्रा.बि. नामकरण गरिएको शिक्षिका गीता पराजुलीले बताउनु भयो।त्यसैले अहिले जिल्लाकै प्रथम शहिद बिद्यालयको रुपमा यसलाई दर्ता गराई केहि कोटाको लागि अनुरोध गरिएको स्थानिय माओबादि  समाजसेबी गोबिन्द पराजुलि(अभिनास)ले बताउनु भयो।mail2
स्थानिय गाउँबासिहरुको सहयोगमा २ ओटा सानो कोठाबाट शुरुमा स्थापित सो बिद्यालय भबन टुकि संघ सुनकोशीको आर्थिक सहयोग र स्थानिय श्रमदानमा अहिले अतिनै राम्रो भबन र शौचालय सहित भएकाले स्थानिय बाल-बालिकालाई निकैनै सुबिधा पुगेको स्थानिय अबिभाबको धारणा रहेको छ।
अहिले पाँच जना शिक्षक-शिक्षिकाले भोलेन्टिएरको रूपमा पठन-पाठनमा सहयोग गरिरहेको र केहि समय अगाडि जिल्ला शिक्षा सिन्धुपाल्चोकले दुई ओटा राहत कोटा उपलब्ध गराएको ले त्यसैलाई बाँडेर चलाईएको शिक्षिका गीता ले बताउनु भयो।  उहाँले स्थानिय गरिब अनि शिक्षाबाट बन्चित समुदायलाई आधार बनाएर जनबादि शिक्षाको अबधारणाले शुरु गरिए पनि हाल नयाँ नेपालको गणतान्त्रिक सरकारको दायरामा जान लागिएको बताउनु भयो।
यो र यस्ता धेरै बिकास अनि संरचनाहरुलाई भुमिगत अबस्थामा स्थापना गर्न जति गार्हो थियो अहिले त्यसको सदुपयोग र ब्यबस्थापनमा त्यत्तिकै गार्हो परिरहेको उहाँको कथन थियो। उहाँले आशा लाग्दो स्वरमा अहिले माओबादीनै सरकारमा भएकोले केहि सहयोगको लागि पहल भई रहेको र केहि सहयोग प्राप्त भएको पनि खुलासा गर्नु भयो। आशा र भरोसा छ कि नयाँ सरकार अनि नयाँ बन्दै गरेको संबिधानमा पनि यहि र यस्तै स्थानिय बिकासका कामहरुको को लागी केहि कार्यक्रमको तयारि  र निरन्तरताको लागि   लागि पर्लाकि??

हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका -१ सिन्धुपाल्चोक नेपाल
हाल् ओल्ड रिगाई,बिल्डिङ् नं ४३ ,रिगाई
कुवेत!!

ईन्डिया को मुम्बई को ताजमाहल होटेल म आतङ्बादिको चार तर्फबाट गरेको हम्लामा १०७ जन को मृत्‍यु ३१९ जना घहिते । अहिले पनि घम्सान मुतभेट चलिरहेको छ । सेनको अपरेसन जारी

aattkaभारत मसीर १२ -नोभेम्बर २७) । भारतको मुख्य शहर मुम्वइमा गएराति उग्रवादीहरुले भीषण हमला गरेका छन् । भिषण हमलामा परी कम्तीमा 107 जना मानिसको मृत्यु भएको छ भने तीनसय भन्दा वढी मानिसहरु घाइते भएका छन् । गएराती सात ठाँउमा एकै साथ भएका ति हमलाहरुमा उग्रवादीहरुले वम विष्फोट र गोली चलाएको समाचार एजेन्सीहरुले जनाएका छन् । विष्फोट सुरक्षा व्यवस्था सहितको ताज महल होटेल,ओयराय होटल, हस्पीटल लगायत सात ठाउमा भएको थियो । ताज होटेलमा विष्फोटका कारण आगो लागि रहेको छ । होटलहरुबाट गेष्टहरु निकाल्ने काम भइरहेको छ । आक्रमण भएको होटल ताजमा विहान सम्म पनि चार हमलाकारी रहेको आशंका गरिएको छ । विहान सम्म भारतको ठूलो र ब्यस्त शहरमा मुम्बइमा गोलीहरु चलीरहेको बताइएको छ । मुख्यत ताज होटलमा अहिले पनि गोली चलिरहेको भारतिय समाचार टेलिभिजन आजतकले जनाएको छ । एउटा टयाक्सीमा समेत बम विष्फोट गराइएकोे वताइएको छ । हमलाका क्रममा कतिपए स्थानहरुमा मानिसहरुलाइ उग्रवादीहरुले वन्दी वनाएका थिए । ओवरिय होटलमा रहेको छ विदेशीलाई पनि हमलाकारीहले बन्धक बनाएको बताइएको छ । गएरातीको मुठभेडमा आतंक ्रविरोधी दस्ता एटीएस का प्रमुख हेमन्त करकरे सहित तिन जना उच्च अधिकारीहरुको पनि मृत्यु भएको खवर छ । यो हमलाको जिम्मा डेकेन मुजाहिद्दिनले लिएको छ । अहिले सो शहरमा व्यापक mumbaiसुरक्षा फौज परिचालन गरि उच्च र्सतर्कत अपनाइएको भारतिय प्रहरीले जनाएको छ । ती होटलहरुमा कमाण्डो फोर्सले अपरेशन जारी राखेका छन् । हमलाले त्याहाको स्थिति तनाव ग्रस्त रहेको वताईएको छ । लगातार हिशात्मक घटनाको सामना गरीरहेको भारतमा पछिल्लो पटक भएको यो सवै भन्दा ठुलो हमला हो । सुरक्षाकर्मीहरुले ४ आतकवादीहरुलाई मारेको पनि दावी गरेका छन्
सुजन के सि

आंशु…!!

आंखाको नानीमा बसिदिने
सबैको प्रिय मित्र रहेछ तिमी आंशु
सबैको सुखदुःखमा वहिदिने
दुइ थोपा रहेछ तिमी आंशु

संसारमा एउटै भाषा बनिदिने
प्राणीहरूको संचार रहेछ तिमी आंशु
संसारलाई भावनामा डुबाइदिने
दिव्य मनोभाव रहेछ तिमी आंशु

सबैको जीतमा छाइदिने
हौसला रहेछ तिमी आंशु
सबैको हारमा सहारा भइदिने
सहयोगी रहेछ तिमी आंशु

सबैलाई समान स्नेह दिने
सबैको प्रिय रहेछ तिमी आंशु
विना भेदभाव सबैलाई माया गर्ने
इश्वर उपहार रहेछ तिमी आंशु[

Bimal Lamichhane