Monthly Archives: October 2008

कुवेतमा कार्यरत नेपालीहरले पनि रिती रिबाज का साथ तिहार मनाए

दिदी भाई को महान चाहाड तिहारअको अबसरमा कुवेत मा कार्यरत नेपाली दिदी बहिनिहरुले  आ-आफनो दाजु भाई लाई सातरङ ले Continue reading

योनीलाई पुनः डिजाइन गर्नुस्

तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ । आउनुहोस्, आज यसै विषयमा छक्क परौँ । बेलायती मेडिकल जर्नलमा प्रकाशित एक समाचार अनुसार महिलाहरुमा योनीलाई आकर्षक बनाउने नयाँ चलनको शुरुवात् भएको छ । प्लास्टिक सर्जरीबाट आफ्नो योनीलाई आकर्षक र लोभलाग्दो बनाउन महिलाहरु ज्यान दिएर लाग्ने गरेको उक्त जर्नलले बताएको हो । Continue reading

Wish you Happy Tihar


sujan abhagi

नेपाल मा पनि पेट्रोल निस्कियो नेपाल को पहाडी भाग मा पाहिने सल्लोको खोटोबाट पेट्रोल उतपादन

नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बेला सजीवनको खेतीबाट डिजल उत्पादन गरेको त हामीले सुनेकै हो तर सल्लोको खोटोवाट पनि पेट्रोलियम पदार्थको उत्पादन गर्न सकिन्छ भन्दा तपाईलाई अनौठौ लाग्न सक्छ । पत्यार गर्नुस या नगर्नुस पाल्पा मदनपोखराको किसान केशव कार्कीले सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरी सबैलाई चकित पारिदिएका छन् ।पाल्पा मदनपोखरा गाविस ४ जरेपिपल निवासी कार्कीले सल्लोको खोटोबाट निकालिएको तेलबाट मोटरसाइकल चलाएर नै देखाइदिएका छन् । पाल्पाको तानसेन बसपार्कबाट खोटोको तेलबाट करिब छ किलोमिटर मोटरसाइकल चलाएर नै देखाइदिएका हुन् । उनलाई सल्लोको खोटोबाट तेल निकाल्न सकिन्छ भन्ने त थाहा थिएन तर सल्लोबाट आगो बल्ने भएकोले तेल निस्कन सक्ने आशंका गरे र प्रयोग गरी हेरे । प्रयोग सफल भएको दावी कार्कीको छ । उनी भन्छन् पाच किलो सल्लोको खोटोबाट दुइ लिटर तेल निस्कियो र त्यसलाइ टुकी बाली प्रयोग गरे अनि स्टोभ पनि बालेर प्रयोग गरें । टुकी बलेपछि मोटरसाइकलमा प्रयोग गरेको हुँ कार्कीले सञ्चारकर्मीहरुलाइ बताए । मदनपोखराका किसान केशव कार्की भैरबदर्शन उर्जा पर््रवर्द्धन केन्द्र नेपालका अध्यक्ष पनि हुन् । कार्कीले सल्लोको खोटोलाई गाउघरमा उत्पादन गरिने मदीरा जस्तै गरी निकालेको हुन् । उनले पाचकिलो खोटो गाउँ घरमा रक्सि बनाउदा झैं गरी पकाइ त्यसैको बाफबाट निस्किएको तरल पदार्थलाई नै पेटोलियम पदार्थको रुपमा प्रयोगमा ल्याएका हुन । अहिले पाल्पाको मदनपोखरा गाविसले पाँच रुपियाको दरले सल्लोको खोटो बिक्री गरिरहेको छ । नेपालको विभिन्न ठाउमा प्रसस्त मात्रामा सल्लो पाइन्छ । यसरी सल्लोको खोटोबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने हो भने लामो समय देखि देखिएको पेट्रोलियम पदार्थको अभाव र्टर्ने निश्चित छ । कार्कीले मदनपोखरामा सजीबनको खेती गरी सजीवनको तेलबाट डिजलको रुपमा समेत प्रयोग गरिसकेका छन् । रुपन्देहीको मणिग्रामबाट सजीवनको विरुवा ल्याएर खेती शुरु गरेका कार्कीले अहिले करिब ६० हजार विरुवा पाल्पाको मदनपोखरा, तेल्घा, सिमडाँडा, कुसुमखोला, हार्थोक, गुल्मीको टक्सार लगायतका गाविसमा वितरण गरिसकेका छन् । उनका अनुसार अहिले विभिन्न ठाउँमा एक रोपनी जग्गामा करिब तीनसय विरुवा लगाइएको छ । सजीवनबाट तेल निकाल्न सकिने भएकोले अहिले रुपन्देही, दाङ्ग, कास्की लगायतका विभिन्न सजीबनको खेती गर्न किसानहरु उत्साहित देखिएका छन् । मदनपोखराका किसान केशव कार्किले जस्तै अन्य किसानहरुले पनि यसरी नै सजीबनको खेती तथा सल्लोको बोट विरुवा तर्फउन्मुख हुने हो भने पेट्रोलियम पदार्थलाइ बैकल्पिक उर्जाको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

सुजन के सि

तीन सय भन्दा बढी नेपाली साउदी अरबको जेलमा

जय आले – कुवैत

बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब पुगेका ३०० भन्दा बढी नेपाली कामदारहरु जेलमा परेका छन। पाँचथरको डिगम राइ ले साउदी अरब को जिद्दा शहर स्थित सफल जेलमा ३ महिना देखी बन्दी जिबन बिताइरहेको टेलिफोन मार्फत जानकारी दिएको खबर छ। Continue reading

एम्नेष्टी २००८ को अवसरमा साउदी नेपाली दूतावाससँग क्लवको सहकार्य

कुवेत सरकारले प्रदान गरेको २ महिने एम्नेष्टी (आममाफी) को अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले सेप्टेम्बर/अक्टोबर २००८ मा साउदीस्थित नेपाली दूतावासका प्रतिनिधिसँग सहकार्य गर्दै करिब ६०० ट्राभल पासपोर्ट लगायत अन्य जरुरी कागजात बनाएको थियो । सहकार्यमा तल्लिन क्लव पदाधिकारीहरु फोटोमा… Continue reading

वडादशैमा सबै रमाए तर नेकपा माओवादीका मन्त्रि तथा नेताहरु रमाएनन्

नेपाली हिन्दुहरुको महान चाड दशै धेरै जसो नेपालीहरु हर्षोल्लासका साथ रमाइरहे तर नेकपा माओवादीका तर्फबाट मन्त्रि तथा नेताहरुले भने टिका जमराको कुनै कार्यक्रम राखेका छैनन् । प्रधानमन्त्रि प्रचन्ड सहित माओवादीका अरु मन्त्रिहरु राम व. थापा, कृष्ण व. महरा, देव गुरुङ् पम्फा भुषाल, हिसिला यमी जनार्दन शर्मा गोपाल किराती लगाएतले कसैलाई पनि टिका लगाइदिनु भएको छैन । आफन्तहरु भने उहाँहरुकोमा टिका थाप्न नभई भेटघाटको लागि आउने जाने गरिरहेका छन् । Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा कोशी पीडितलाई राहत संकलन (सेप्टेम्बर २००८)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले सेप्टेम्बर २००८ मा कोशी पीडितलाई राहत संकलन गरी ने.रु. २५ हजार रकम राहत स्वरुप कान्तिपुर टेलिभिजन मार्फत नेपाल पठाएको छ । क्लव पदाधिकारीहरु राहत संकलन गर्दै फोटोमा… Continue reading

क्लवका बरिष्ट सल्लाहाकार तारा बान्तवाको बिदाई (अगष्त २००८)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले अगष्त २००८ मा क्लवका संस्थापक बरिष्ट सल्लाहाकार श्री तारा बान्तवालाई एक औपचारिक कार्यक्रमको आयोजना गरी मायाको चिनो प्रदान गर्दै सम्मानतापुर्वक बिदाई गरेको छ । श्री बान्तवा सदाको लागि बिदा लिएर बेलायत जाँदै हुनुहुन्छ । बिदाई समारोहका केही झलकहरु फोटोमा… Continue reading

एम.बि बमजन मेमोरियल गोल्ड कप फुटबल टुर्नामेण्ट (फेब्रुअरी २००७)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा फेब्रुअरी २००७ मा सम्पन्न एम.बि. बमजन मेमोरियल अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्टको केही झलकहरु फोटोमा… Continue reading

अमेरिकि टीम लाई नेपाली टीम ले पराजित गरेको छ सात फुट का गोराहरुलाई नेपाली जोशिला युबाहरुको टीम धुलो चतायो ।

कुवेट बाट २०० किलो मिटर साउथ मोडा हुँदै ईराकको नासेरिया शहरको ठिक ३ किलो मिटर पूर्वमा रहेको तलील YER-FORS+आर्मी CAMP भित्र भएको भलिबल टुनामेण्टमा आयोजक टिम K.B.R., AIRFORS टिम, आर्मी, रोमानिया आर्मी टिम, अैसलेण्ड टिम गरी, १४ टिम सहित एफेस नेपाली टिम र बि समहु मा रहेको नेपाली कुलक टिमको सहभागीता थियो । MWR को खेल मैदानमा भएको प्रतिस्पर्धी टिमहरुमा सबै भन्दा होचा र पुड्का नेपाली टिम देखिन्थे भने अर्कोतर्फ ६ र ७ फुट का अमेरिकन आर्मी हरु सँग कडा जोस र हिम्मत का साथ नेपाली टिम ले ६ टिम लाई लगातार जितेर आएको AAFES नेपाली टिम ले फाइनल मा बि समुह को अर्को कुलक कम्पनी बाट खेलेको नेपाली टिम लाई हराएर सानदार बिजय हासिल गरेकोथ्यो । Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा आयोजित “E-SAF-C” (फेब्रुअरी २००६)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले सन् २००६ को फेब्रुअरीमा कुवेतमा पहिलो सार्क स्तरिय फुटबल च्याम्पियनशिप E-SAF-C (Expatriate South Asian Football Championship) को आयोजना गरेको थियो । E-SAF-C २००६ का झलकहरु फोटोमा… Continue reading

कांग्रेसलाई सरकारमा ल्याउन कुराकानी भइरहेछ- मन्त्री गुरुङ

कानुन, न्याय तथा संविधानसभामन्त्री देव गुरुङले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन अनौपचारिक कुराकानीहरु भइरहेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु कोहीपनि पक्ष विपक्षमा रहननहुने मान्यताअनुरुप कांग्रेसलाई पनि सरकारका सहभागी हुन आव्हान गरिएको बताए Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको कल्चरल प्रोग्राम (नोभेम्बर २००५)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा सन् २००५ को नोभेम्बरमा नेपालका चर्चित कलाकारहरु कुवेतमा झिकाई बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसका केही झलकहरु फोटोमा… Continue reading

काठमाडौंवाट लुक्लाको लागि उडेको यति एयरलाइन्सको विमान र्दुघटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना चालक सहित १६ विदेशी नागरिक रहेका छन् ।

काठमाडौंवाट लुक्लाको लागि उडेको यति एयरलाइन्सको विमान र्दुघटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना चालक सहित १६ विदेशी नागरिक रहेका छन् ।

काठमाडौंवाट लुक्लाको लागि उडेको उक्त बिमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा र्दुघटना भएको हो । यसै गरि चालक द्लका १ सदस्य समेत घाईते भएका छन् । घाइते चालकलाई उपचारको लागि काठमाडौं ल्याइदैं छ । काठमाडौंवाट लुक्लाको लागि उडेको उक्त बिमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा र्दुघटना भएको हो । यसै गरि चालक द्लका १ सदस्य समेत घाईते भएका छन् । घाइते चालकलाई उपचारको लागि काठमाडौं ल्याइदैं छ ।
सुजन के सि (कुवेत )