कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले सुदूरपश्चिम बाढीपीडितका लागि तत्काल ५० करोड राहत सामाग्री लिएर आफू स्थलगत निरीक्षणमा जान लागेको बताउनुभएको छ । उहाले सुदूरपश्चिमका बाढीपीडितको राहत तथा पुनस्थापना गर्ने दीर्घकालीन योजनाअर्न्तर्गत सरकारले पाच अरब रुपिया छुट्टयाइने जानकारी दिनुभयो ।
“मौसमले साथ दिएमा म विहिबार डुबान क्षेत्रमा जादैछु”, सुदूरपश्चिमका सभाषद्, बुद्धिजीवी तथा पत्रकारहरुको संयुक्त डेलिकेसनले बुधबार गृहमन्त्रालयमा भेटघाट गर्नेक्रममा कार्यबाहक प्रधानमन्त्री गौतमले भन्नुभयो, “बाढीपीडितलाई तत्काल राहत पुर्याउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व खाद्य संगठन (डब्लूएफपी) लगायत अर्न्तराष्ट्रिय संघसंस्थालाई गुहारेको छु, उहाहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ।”
कावा प्रधानमन्त्री गौतमले सुदूरपश्चिमको चुरे आसपास क्षेत्र अविरण वर्षाले प्रभावित भएको र भारतीय सिमावर्ती क्षेत्रसग जोडिएको कैलाली र कञ्चनपुरचाहि कैलाशपुरी बा“धको ढोका नखोलेका कारण डुबानमा परेको खुलासा गर्नुभयो । उहा“ले भन्नुभयो, “भारतीय राजदुत राकेश सुदलाई हिजोमात्रै कैलाशपुरि बाधमा रहेका १२४ वटा ढोका खोलिदिन अनुरोध गरेको थिए, उहा“ले भारतीय परराष्ट्र मन्त्रालयमा जानकारी गराएर मात्र खबर दिने भन्नुभयो । तर अहिलेसम्म कुनै खबर आएको छैन ।”
सुदूरपश्चिमको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्ति आइपरेको घटनाप्रति त्यहा सभाषद् एवम् विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले कावा प्रधानमन्त्री गौतमलाई राज्यबाटै आफू उपेक्षित भएको गुनासो पोखेका थिए । कावा प्रधानमन्त्री गौतमले थप्नुभयो, “कोशीमा अढाइ अरबको राहत र पुननिर्माण छुट्याइएको छ, मलाई विश्वास गर्नुस्, सुदूरपश्चिममा पा“च अरब जान्छ ।”
सुदूरपश्चिमको बाढीपीडित क्षेत्रबाट स्थलगत निरीक्षण गरेर फर्किनुभएका श्रम तथा यातायात मन्त्री लेखराज भट्टले शारदा ब्यारेजका कारणले दोधरामा कटान सुरुवात भएको ध्यानाकर्षा गराउनुभयो । उहाले भन्नुभयो, “धनजनको क्षतिका आधारमा सरकारले दीर्घकालिन र अल्पकालिन प्याकेज बनाउनुपर्ने देखिएको छ । पुनस्थापनका नया योजना पनि ल्याइनेछ ।”
कार्यक्रममा सुदूरपश्चिमका सभाषद्हरु रेणु चन्द, नरेन्द्र कु“वर, शंकर खड्का, शरदसिंह भण्डारी, लोकगायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, पूर्वसचिव श्रीमान श्रेष्ठ आदिले सुदूरपश्चिमका विभिन्न समस्याबारे कावा गृहमन्त्री गौतमसमक्ष अवगत गराउनुभएको थियो ।













































