Monthly Archives: September 2008

नेपाली राजदुताबास रियादको अपिल

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेत को परिचय

           हाम्रो टोल समाज र क्षेत्र मा या राष्ट्रिय रुपमा अदम्य    शाहश जोश जागर,इच्छा सक्ती भएेका जोसिला यूवा हरुको सकृयातामा बिभिन्न उदेस्य र लक्ष्य लियर कुनै घटना क्रम पछी तयार हुने यूवा हरुको जमात लाई नै क्लब भन्ने गरिन्छ । यसरी नै इस्बी सम्बत १९९९-१७ दिसेम्बर मा राष्ट्रिय खेल्कुद परिषदमा ०५ -१०९३ मा दर्ता गरी यस माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेत ले बिकास,अनुशासन,गतिसिलता का साथै सामाजिक सेवा पनि गर्ने कर्तब्ब्य सम्झेर काठमाडौं मा संपर्क कार्यालय राखी कुवेत का कार्यसमितिले काम गर्दै आएेको कुरा यहाँ हरु लाई जानकारी गराउन चाहान्छौ । आज सम्म का अनबरत रुप मा भयका काम को मुल्याङ्कन गर्दै उकाली अोराली र देउराली का बिसाउनी हरुमा भेटे का नेपाली हरुको घाऊ मा मलाम पट्टी लगाउन का लागि पसु जस्तै मोल तोलमा बिक्री हुने नेपाली चेली वेटी का उद्दार का लागि हजारौ डोल्मा र सिता हरुको जीवन रक्षा का लागि काम गर्ने कुनै सस्था नभएेको अब्स्था र स्व्यम नेपाली नियोग साउदी अरेबिया ले पनि खुलेर काम गर्न सकेको अवस्था छैन लाज मर्दो कुरो त के भने आज भन्दा १५-२० बर्ष पहिला देखी नेपाली नर नारी ले रोजगारको गन्तब्ब्य बनायको यो मुलुक्मा अझ सम्म पनि हाम्रो कुट्नितिक नियोग नहुनु हो । यो गल्ती पक्कै पनि नेपाल मा सत्तासिन पार्ट्टी हरुको होला यस्तो अवस्था मा पनि कुवेत को कानुन ,  बेबाहारिकता र अवस्था हेरी नेपाली हरुका पिर मर्का हेरी सम्बन्धित निकाय को ध्यान केन्द्रित  गर्नका लागि होनहार जोसिला नेपाली यूवा हरुले “मस्तिस्क मा सम्झँदारी,काध मा जिम्मेदारी र आत्म मा इमान्दारिता “राखी काम गर्ने प्रतिबद्दता जाहेर गरी २००८ -१४ जुन मा यस क्लब को पुनर गठन गरी नयाँ कार्य समिती तयार गरियको छ । किनकी एक नेपाली अर्को नेपाली सँग भावनात्मक रुपमा नजिक रही एउटा को हात दुख्दा अर्को को मन दुखोश,तिता मिठा क्षण हरु साट्न सकियोश बिदेश मा बसी नेपालीत्व को परिचय दिन सकियोस  बिभिन्न तह मा खेलकुद हरु खेलाई आफनो परिचय यस क्लब ले दियको छ। नेपाली कला साहित्य र सस्किर्ती पनि समाजको दर्पण भएेको हुँदा बिभिन्न समय मा नेपाली कला कर्मी लाई झिकाइ नेपाली कला पर्दशन गराइयको थियो । सस्था का तर्फ बाट कुवेत स्थित्त नेपाली का सम्स्या को सम्बन्धित पक्ष लाई जानकारी गराइ यहाँ नेपाली राजदुताबास को अती आबसेक रहेको कुरा तात्कालिन प्ररास्ट मन्त्त्रि श्री शहाना प्रधान श्रम मन्न्त्री श्री रमेश राज लेखक र अन्न्य सम्बन्धित निकायमा यो बिषयको जानकारी पत्र बुझाईयको थियो । मिठा र चोपिला कुरा   गरी आश्वासन पनि पायकै हो हेरौ देश को बदलिदो राजनीतिक घटनाकर्‍म ले पक्कै पनि हामी कुवेत बासी नेपाली हरु को चेहेरामा चमक ल्याउने छ हुन त यहाँ दुताबास को उपस्थिती बिना कुनै काम कानुनी हिसाब मा हुन नस्क्ने कुरा हालै इम्नेस्टी को आव्हानमा गैर कानुनी रुपमा कुवेत मा बस्ने बिदेसी नागरिक घर फिर्ती को अबसरमा देखियो । उक्त्त समयमा नेपाली नियोग साउदी अरबका त्रीतिय सचिब श्री पुष्प राज सँग हाते मालो गर्दै गैर कानुनी रुपमा कुवेत मा रहेका निमुखा नेपाली हरुको ट्र्वल डकुमेन्ट बनाउने काम हालै सकियको छ उक्त्त अबसरमा यहाँ बिभिन्न कारण बस जेल मा रहेका ३५ भन्दा बडी नेपाली हरुको अवस्था का बारेमा बुझेका थियौ । सुसुचित हुन पाउने नागरिक को हक हो भन्ने कुरा लाई ध्यान मा राखी यस सस्था ले हालै मात्र आफ्नो वेब साईट बिस्तार गरी यहाँ का जल्दा बल्दा सम्स्या र खबर हरु का साथै नेपाली भासा र शाहीत्य मा टेवा दिन सुरु गरेको छ । र आउँदा दिन हरुमा पनि सम्पूर्ण नेपाली हरुसँग हातेमालो गरी नयाँ नेपाल निर्माण गर्नका लागि कोसेढुङो बनौ भन्दै कुवेत को कानुन र व्यबहारिकता हेरी आम नेपाली को आवाज नेपाल सरकार सम्म पुर्याउन का लागि हामी पर्तिबद्ध छौ । आउनुहोस यो पवित्र काम पवित्र चौतारी मा बसेर गरौ “थोपा थोपा पानी बाट गाग्रो भरिन्छ”तान्ड्रो तान्ड्रो बाटेर दाम्लो हुन्छ “यदी तिमी दुनियाँ बदल्न चहान्छौ भने सुरु आफु बाटै गर्नु  छ “यो महान बाणी का साथ आउनुहोस् हामी सबै मिली महान कार्य मा लागौ यहाँ हरु लाई सधैं स्वागत छ ।

                                                                                      राजन रिमाल अभिलासी

कुवेतमा नेपाली नारिहरुलाई पशुको भाउमा खरिद बिक्री गरिदो रहिछ

हाम्रो देशका नारीहरुको पनि बिदेश जानी लहर निकै बढेको तथ्यांकहरुले देखाएकोछ अझ भनौं समस्याहरुले प्रष्टयाएको छ । चाहे उ शिक्षित होस् या सामान्य साक्षर । बिदेश गएर केही पैसा कमाएर स्वदेश फर्केर खुशी जिबन बिताउने सुनौलो सपना बोकेर खाडी मुलुक कुवेत नगरिमा पुगेका छ्न, धेरै त । नेपालबाट दलाल, मेनपावरसँग ठगिदै भारतको बाटो हुँदै, आफनो मातृभूमी घरपरिबार सबैलाई छोडेर खाडी मुलुक पुग्छन। त्यहाँ पुग्ना साथ दलालकोमा भेडा बाख्रा जस्तै थुनिन पुग्छ्न ।

धेरै नेपाली कामदारलाई कुवैति मालिक र त्यहाँकै लोकल मेनपावरको मान्छेले कुटपिट गरेको, कामगरेबपत तलब पनि नदिएको धेरैको गुनासो छ । म लगायत नेपाली दुताबासबाट आउनुभएको एकजना अधिकारी तथा प्रवासी नेपालीहरुको डोकुमेन्ट्री फिल्म बनाउन आएका अमेरिकि नागरिक तथा माउन्टएभरेष्ट क्लबका साथीहरु कुवेतको मेनपावरमा पुगेका थियौं । त्यो १२ तलको घरमा १५० भन्दा धेरै हाउसमेटको काम गर्ने मेनपावर रहेछ ।
त्यो मेनपावरमा यस्तो किसिमको माहौल थियो कि हामी त्यसको बारेमा सोच्न त के कल्पना पनि गर्न सक्दैनौ । त्यहाँ त एउटा नारीले अर्को नारीलाई भेडावाख्रा सरह खरिद र बिक्री गर्दा रहिछ्न । अब्राहम लिङनले अमेरिकाबाट मानव दासताको अन्त्य गरेको निकै लामो समय भएपनि खाडी मुलकुमा यी यावत रितमिाथि टेवा दिने काम अझै बाँकी रहेछ नै ।

हेर्दा हेर्दै २५ देखी ३० जना महिलालाई अघी पछी पाले बसेर मेनपावरको भित्रपटि लाइनसँग उभिएको देख्दा मलाई कता कता दसैंको बेलामा तिब्बतबाट खशी र भेडा भित्रिएको याद आउँछ । एकैछिनमा एक कुवेट साउसाउनी आए सबैलाई हेरेपछी एकजनालाई मन पराउछन् । ती महिलालाई आफ्नो घरमा कामगर्न लगेबापत मेनापावरलाई ३५० कुवेती रुपैयाँ (डिनार) दिनुपर्दो रहेछ करिव नेपाली रुपैयाँ ९५,०००।
धेरैबेरसम्म कसाहीले पशु बेचेजस्तै गरी मोलतोल भयो । ती विचरी नारीको जिन्दगी त पशुको भन्दा पनि लाचार रहेछ भन्ने मलाई लाग्यो ।अनी कुवेती साउसाउनीले घरमा काम गराउन लिएर जान्छन त्यतिमात्रै कहाँ हो र त्यसै बिच हामीले अर्को महिला को दुर्दशा देख्यौं। ति महिलालाई मेनपावरको मान्छे र कुवेती साउसाउनिले कुटपिट गरिराखेका थिए । महिला चिच्चाईचिच्याई रोइरहेकी थिइन । यो देखेर हामीले पनि बुझन कोशीस गर्यौं । ति महिला पनि यसरी नै बेचियर एक कुवेती परिवारमा पुगेकि रहिछ्न । कुवेतिको घरबाट २ महिना अघि भागेर उनलाई कुवेतीको घरमा पठाउँने म्यानपारमा समस्या लिएर आएकी रहिछिन । ति महिलाले रुदै भनिन – बिहान उज्यालो भएदेखि रातिको २,३ बजेसम्म कामगर्नु पर्ने, जती काम गरे पनि गाली गर्ने, जतिबेला पनि खाना नमिठो भयो भन्ने, आफुले खाएको जुठो खाना दिने, दिनरात काम गरी एक्छिन सुतौ भने पनि पाहिदैन किनकि ……….. उनी त्यहाँ केही भन्न चाहन्छिन । बिचरा कसरी भनून यो भन्नको लागि उनीसँग शब्द छैन । धेरै समय लिएर आफनो सिर निउराउँदै रुदै भनिन, “त्यो घरमा साउको बिस्तारा पनि बन्नु पर्छ “।

सन्योगबस यो मेनपावरकि दलाल पनि नेपाली महिला नै रहिछन । त्यसैवीच ति नेपालबाट आएका अमेरिकिन नागरिकले दाँयाकोखाको अफिस मा १६,१७ बर्ष कि नेपाली केटी रुदै गरेको देखेर उनीसँग सोधे – के भयो ? उनी रुदै भन्छिन- म संग नेपालबाट आएकी साथीलाई फोन गरेको साउनिले भेटायो अनी मलाई कुटपिट गरी अफिसमा फिर्ता गर्न लिएर आयो ।
यो सुन्दा ति अमेरिकि त छक्क पर्छ्न अनी सोध्छ्न – के यहाँ फोनमा कुरा गर्न पनि पाहिदैन् ? यहाँ कानुन/पुलिश छैन ? त्यसको प्रतिउत्तर लामो समयदेखि कुवेतमा काम गर्नुहुने साथीले दिनुभयो – यहाँ घरमा काम गर्ने महिलाको लागि कानुन/पुलिश त के मानबियता पनि छैन । यो देख्दा मेरो आँखाबाट आँशु खस्यो, मुटु छियाछिया भयो मैले ति साउदीबाट आउनुभएको अधिकारी तर्फ हेरे ……. ती अधिकारी भन्नु हुन्छ “हामी जहाँ जान्छु यस्तै बियोग देख्छौ हामीले भनेको सरकारले सुन्दैन” के गर्नु । हामी सँगै जानु भएका माउन्टएवेर्सट् क्लवका साथी भन्नु हुन्छ – नारीहरुलाई बिदेश जान रोक लगाउँनु पर्दछ, बरु साग र सिस्नु खानु , फाटेको टालेको लगाउनु तर बिदेश नजानु, हामी सबै मनिलो मुख बनाएर एक अर्कोलाई हेर्दै त्यताबाट बाहिर निस्क्यौं ।

यी सब हुँदाहुँदै पनि हजारौं नेपाली विदेसिन बाध्य भएका छन् । दिनरात बलात्कृत भएका छन, काम गरेबापत पारिश्रमिक पनि पाउँदैनन् । कुवेतमा यस्ता पिडा खेपिरहेका र नेपाल फर्कन चाहने ५ सय महिलाहरुलाई नेपाली दुतावास साउदीले ट्रयावल डकुमेन्ट प्रदान गरेको छ । धन्यवाद, नेपाली दुतावास साउदी अरेविया ।
अव त देश परिवर्तनको संघारमा छ, देशले एउटा नयाँ शक्ति पाएको छ, यस अवधिमा यो नयाँ सरकारले खाडीमा रोजगारी गर्ने आम नेपालीहरुको पक्षमा वकालत गर्नेछ, वैदेशिक रोजगारका खातिर विदेसिने आम नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमाथि वैदेशिक रोजगारका नीतिनियमहरु तर्जुमा हुनेछन् । वैदेशक रोजगारमा जाने महिलाहरुको लागि गाँस वास तथा सुरक्षाको ग्यारेन्टी यो सरकारले पहल गर्नेछ । सम्बन्धित देश, एजेन्ट वा म्यानपावरहरुलाई सहज बनाउँने र एउटा नीतिनियमभित्र बाँधेर रोजगारीका अवसरहरुलाई प्रोत्साहान गर्ने ठूलो दायित्व यो सरकारको काँधमा छ ।
सम्पुण आदर्णिय दाजु भाई दिदीबहिनिहरु बिदेश जानुहोस् तर जानुभन्द पहिले यि घटना प्रर्ती पनि सचेत रहनुस्
कुवत बाट घर फर्किन लाग्नु भयको सबै दिदीबहिनीहरुला नज्दिकै आयको बिजया दसैं र दीपाबलिको हार्दिक मगलमाया शुभकामना ..
(कुवेट सम्बाददाता ) सुजन के.सी

कुवेत मा रकम सन्कलन

कुवेत,ढिलो भएे पनि कोशी नदी का बाढी पीडित का लागि कुवेत बासी नेपाली ले सहयोग रकम सन्कलन गरेका छन । श्रोत का अनुसार यहाँ को अल मुल्ला सिक्युरिटी ग्रुप बाट श्री शिव देव पाण्डे को सक्ऋयतामा रु ३३,१६४ उठाइ कान्तिपुर स्पर्स रास्टिय बिपत्ती कोश मा पठायको कुरा श्रोत ले बातायो । त्यस्तै माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब ले पनि कोशी पीडित का लागि रु २७७०० सम्बन्धित क्षेत्र मा पठाइ सकेको कुरा सस्था का सदस्य हरुले बताय ।

५० करोडको राहतसहित बामदेव सुदूरपश्चिमतिर

कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले सुदूरपश्चिम बाढीपीडितका लागि तत्काल ५० करोड राहत सामाग्री लिएर आफू स्थलगत निरीक्षणमा जान लागेको बताउनुभएको छ । उहाले सुदूरपश्चिमका बाढीपीडितको राहत तथा पुनस्थापना गर्ने दीर्घकालीन योजनाअर्न्तर्गत सरकारले पाच अरब रुपिया छुट्टयाइने जानकारी दिनुभयो । Continue reading

नेपाली चेली डोल्मा शेर्पा लामो जेल सजाय पछी नेपाल फर्किने

एकजना फिलिपिनी महिलाको हत्या गरेको अभियोगमा कुवेतको अदालतले फासिको सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा लामो जेल सजाय पछी नेपाल फर्किन सक्ने वताइएको छ ।सात अक्टोबर २००८ का दिन डोल्मा शेर्पाको अदालतमा सुनवाही हुने भएको छ । डोल्माको मुद्दा लडिराखेका वकिल तारेख अल खुर्सको भनाइ अनुसार सात अक्टोबर भन्दा पहिले नै फिलिपिनी महिलाको परिवारलाई दश हजार अमेरिकी डोलर दिएर उनीहरुबाट क्षमायाचनाको पत्र लिइ फिलिपिने एम्बेस्सी कुवेतबाट प्रमाणित गरी ल्याउँनु पर्ने प्रावधान रहेको वताइन्छ । Continue reading

यसरी खटे माउन्ट एभरेष्ट क्लबका साथीहरु फोटो आफै बोल्छ

Continue reading

  शिव राम पौडेल कुवेत

मोफसलमा सहारालाई पहिलो उपाधि
21 Sep 2008

 

 सहारा क्लब पोखराले मोफसलमा पहिलो पटक उपाधि जितेको छ । चितवनको जमौलीमा आयोजना गरिएको दोस्रो हृयुमन वेलफेयर युथ सोसाइटी कपको फाइनलमा नारायणी आइटिएफलाई ४–० ले पराजित गर्दै पहिलो पटक ३० हजार रुपियाँ राशीको उपाधि पोखरा भित्रयाउन सफल भएको हो । दुइवर्षअघि लालबन्दीमा सम्पन्न प्रतियोगितामा सहारा उपविजेता बनेको थियो ।
दिउँसो करीव चारबजे शुरुभएको फाइनल प्रतिस्पर्धामा खेल शुरुभएको केवल ४० सेकेण्डमा पहिलो गोलको खाता खोल्दै सहाराले उपाधिमाथि कब्जा जमाउने योजना बुनेको थियो । जय थापाको लामो क्रसपासलाई विपक्षी गोलकिपरले सही निर्णय गर्न नसक्दा हातबाट फुत्किएको बललाई कप्तान तेज परियारले सहज गोलमा परिणत गर्दै सहारालाई उपाधि तर्फउन्मुख बनाएका थिए ।
अधिकांश अनुभवी खेलाडी मैदानमा उतारेको सहाराले पहिलो हाफमा खासै खेल प्रस्तुत गर्न असफल बनेकेा थियो । भिसन गौचन, अनिल ओझा, राजेन्द्र तामाङ, जय थापा, तेज परियार र विष्णु केसी लगायतका अनुभवी खेलाडी मैदानमा उतारेको सहाराले दोस्रो हाफ भने सहजपूर्ण रुपमा विताएको थियो ।
बुधबार मात्रै आफनो जन्मदिन मनाउने तयारीमा जुटेको विष्णु केसीले मंगलबारको पूर्वसन्ध्यामा दोस्रो हाफको २१ औं मिनेटमा अर्को गोल थप्दै जन्मदिनको उपहार दिए । सेन्टर लाइनबाट एकल प्रयासमा गोल गर्दा दर्शकले उनलाई हौसित बनाउन कुनै कसर भने बाँकी राखेनन् ।
विष्णु केसीको गोलबाट अगाडि बढेको सहाराले दोस्रो हाफको २७ औं मिनेटमा कप्तान तेज परियारले नै अर्को गोल थप्दै ३–० को अन्तर पुर्‍याए । तेजले राजेन्द्र तामाङको पासमा गोल गरेका हुन् । नियमित रुपमा फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको नारायणी आइटिएफका खेलाडी भने निकै थकित मुद्रामा देखिएका थिए । हेटौंडामा सञ्चालित भइरहेको प्रतियोगिता खेले लगत्तै नारायणी चितवनको जमौलीमा फाइनल खेल्न आइपुगेको थियो । फाइनल खेल्न छन्नु चौधरीको नेतृत्वमा आरसिटीका डिफेन्स प्रदीप आचार्य र साजन श्रेष्ठ लगायतका खेलाडी मैदानमा उत्रिएका थिए ।
दोस्रो हाफकै ३१ औं मिनेटमा शुशिल केसीको स्थानमा मैदान प्रवेश गरेका पुष्प क्षत्रीले अनिल ओझाको पासमा गोल गर्दै गोल अन्तर चौबर पुर्‍याएका थिए । त्यसो त विष्ण केसीले खेलको १९ औं मिनेटमा छ यार्डबक्सबाट प्रहार गरेको बल विपक्षी गोलकिपरले सहज रुपमा बचाउँदै संकट टारेका थिए । प्रतियोगितामा सबै भन्दा छिटो गोल गरेका सहाराका कप्तान तेज परियार उत्कृष्ट खेलाडी बन्दै नगद २ हजार पाए ।
हृयुमन वेलफेयर युथ सोसाइटी जमौली चितवनको आयोजनमा सञ्चालित दोस्रो हृयुमन वेलफेयर युथ सोसाइटी जिल्ला व्यापी खुल्ला नकाउट प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य राजु श्रेष्ठ लगायतलेनगदसहित शिल्ड, ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र संघको ६३ औ महासभामा भाग लिना शनिबार अमेरिकातर्फ प्रस्थान गर्नु भय्को छ .

 

२० सेप्टेम्बर, ०८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ६३ औं महासभामा भाग लिने क्रममा मुलुकको प्रतिनिधित्व गर्दै आज दिउँसो संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुद्वारा आयोजित विभिन्न कार्यक्रममा उहाँ सरिक हुने कार्यक्रम रहेको छ । न्यूयोर्कमा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसद्वारा महासभामा सहभागी हुने विभिन्न राज्य तथा सरकार प्रमुखका सम्मानमा आयोजना गरिने स्वागत समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ सरिक हुने कार्यक्रम छ ।

प्रधानमन्त्री पत्नी सीता, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेत, प्रमुख सचिव डा. भोजराज घिमिरे र सल्लाहकार हीराबहादुर थापा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीलगायतको उच्चस्तरीय सो भ्रमण टोली आगामी असोज १४ गते मङ्गलबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री एवम् गृहमन्त्री, मन्त्रिगण, सभासद्, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रतिनिधिले बिदाई गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो
कुवेतनेपालअन्लाईन सम्बाधदाता सुजन के सि

किन फसे डोल्मा र सिता हरु

आज फेरी मन दुखेको छ शायद सबैका दुखे होलान तर मेरो ज्यादै दुखेको छ किन कि मैले पटक पटक बिचार  गरे फेरी पनि बिचार  गरे । बिगत लाई सम्झेर बिचारे आज लाई सम्झेर बिचारे तर मेरो मन बुझेन । कुरा को सुरु त गर्नु पर्‍यो नै कुरो हो कुवेत मा पिसिएे का ,हेपीएे का सोसीएे का हरुको लगाउन सक्दैन त्यही बिचार  र सपना बोकेर आमा का नाक ,कान बुचो पारेर पारी खेत को पुर्जा अड्ना राखेर ठुला घरे मुखिया का अगाडि दातै देखाएेर सयकडा ५ का दरले कोसेली दिउला बाजे भनेर जिबन सङिनी को भक्कानो छोडेर हालेको अगालो र् भुन्टे र भुन्टी को तोते बोली सन्ङै आज या भोली भएे का बाबु आमा लाई छोडेर दलाल को आज आज भोली भोली सुन्दा सुन्दै हैरान हुँदै पैसा को बिटो भोली कमाउने आसमा दलाल लाई बुजाएे र भारत को बाटो हुँदै कुवेत मा आएे र घर न घाट भयका हजारौ नेपाली व्याथा हो यो । मोही माग्ने ले ढुम्रो लुकाउनु हुन्नरे मैले जे देखे त्यो नै सुरु गरौ कुवेत मा गैर कानुनी रुप मा रहेका बिदेसी नागरिक हरुलाई आफ्नो देस फर्कन पाउने बेवस्था इम्नेस्टी ले गरेको थियो त्यसै सिल्सिलामा हामी ले नेपाली नियोग साउदी अरब मा संपर्क गरी यो कुरा को जानकारी गरायौ फोन र मेलमा कुरा हुँदै गयो र १ हप्ता का लागि कुवेत मा नेपाली का कागज पत्र बनाउन पर्तिनिधी आएे पुष्प राज जि के गाडी बाट उत्रनु भएे को थियो पीडित हरुले घेर्न सुरु गरे । रुने र गुहार्ने हुँदै गयो माउन्ट एभरेष्ट क्लब ,नेपाली चर्च ,मगर सँग कुवेत रअन्य साथी हरुले सहयोग गरेका थिएे यस्तैमा कथा ब्वाथा सुरु हुन थाले बुटबल घर बताउने महिला सानो झोला हात्मा लियर मलिनो मुख लगाएे र भनिन म २ बर्ष पहिला आएे कि हुँ तर मैले काम गरेको १ पैसा पनि पाएन तर अब घर जान मन छ म सँग कुनै कागज छैन सुन्ना साथ तै चुप मै चुप किन कि हामी सँग कुनै सहयोगी सस्था छैन नेपाली मन हरु कुडीएे का छन हामी सबै नेपाली भन्न सक्दैनौ किन कि धेरै कमाउने मात्र नेपाली हुन सोचिन्न्छ । खै मतो ? यहाँ यौटी  डोल्मा को कुरा गरेर हुने देखीएेन हजारौ डोल्मा हरु कुवेत को बाटो हरुमा हराएेका छ्न ।सिता नाम बताउने नेपाली नारी राबण को बल्त्कार बाट यौटी छोरीको जन्म दिएर १० बर्ष कुवेत को अदालत को ढोका खट खटाएे कि छन । कुवेत मा उनी लाई वकिल राखी दिने नेपाली ब्यापारी मित्र सिन्जाली उन्को आक्रोस सुनेर पानी पानी भएे किन कि उनका सबै कर्तुत हरु उन्ले अोकल्दिन । मैले पुष्प राज जि सँग सोधे उहाको उत्तर थियो यो बारेमा नियोग लाई कुनै जानकारी छैन किन यो कुरा नेपाल सरकार लाई जानकारी छैन कि कान मा तेल हालेर सुत्दै छन नेपाली नेता हरु किन भारत को बाटो हुँदै नेपाली चेली कुवेत मा बेछिन्छन । त्यो बारेमा किन चासो छैन ? अब सिता घर जान चाहान्चिन तर उपएे कुनै छैन किन कि छोरीका साथ् मा नेपाल जाने उन्को चाहना छ अब त साउदी स्थित नेपाली नियोग ले पनि थाहा पायो आसा गरौ यिनी नेपाल जाने धोको पुरा होला यहाँ नेपाली ले किन भौतारिनु परेको छ भ्नी थोरै भन्नु राम्रै होला काम को सिल्सिला मा आज भन्दा 20/25 बर्ष अगाडि बाट नेपाली हरुले आफ्नो कर्मा थलो बनाएे को बुजिन्छ तर त्यो समएे देखी नेपाली हरुका कुनै सँग सस्था हरु नभय्का र भएे पनि आम नेपाली को पर्तिनिधित्यो गर्न नस्केको अब्स्था हो भने नेपाली लाई भुलेर सम्पर्दायिक सस्था बन्दै जानु र क्लब हरु बिहान सुरु हुँदै अस्ताउदै गर्ना ले यो त हाम्रो कारण हो सरकार का तर्फ बाट पटक पटक इराक र कुवेत नेपाली को नर्सम्मार हुँदा पनि आले टाले निती रहनु हो कुवेत बाट पटक पटक माउन्ट एभरेष्ट क्लब ले फोन पत्रचार र मन्त्री हरुलाई भेटी यो बारेमा जानकारी गराए को हो तर आसा गरौ देशको बादलइदो परिस्थिती ले भन्नौ या नयाँ सरकार ले हाम्रो पक्ष मा निणएे लिने छ । आउनुहोश तपाईं हामी हाते मालो गरेर यहाँ नेपाली नियोग राख्न का लागि दबाब दिउ हाम्रो हातेमालो बाट हजारौ सिता र डोल्मा बछन भने आउनुहोश सिङो नेपाली को सिङो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब मा स्वागत छ सबैको साझा सस्था मा साझा काम गरौ आन्तमा जो जो यो घडी मा नेपाल जान पाउनुहुन्न्छ उहा हरुको भबिश उज्जल रहोश भन्ने शुभकामना र सबै का घर आगन्मा आउँदै गरेको नेपाली हरुको महान चार्ड बिजया दशमी २०६५ को  हार्दिक मंगलमय शुभकामना ।

मजबुरिको पछाडि लुकेको तस्बिर्को काहानी ! के होल त बलतकार मा परेकी नेपाली चेल्ली बाट जन्मेकी नौ बर्षा कि बलिका को भबिश्य ??

स्वर्णिम सपना, र केही गर्छु भन्ने चाहना बोकेर बिदेश पसेकी एक नेपाली चेलीको पीडायुक्त सत्यघटना हो यो , चितवन निवासी सुश्री सिता सापकोताको । अहिले एक अन्जान नौ वर्ष कि फुल जस्ती छोरी छिन । ।

दश वर्ष पहिले भारतको बाटो हुँदै कुवेट पुगेकी सिता सापकोटाको अनुसार उनी एक कुवेतीको घरमा काम गर्न पुग्छिन् । तर त्यो घरमा उनीसँग कुकृत्य हुन पुग्छ । उनको मालिकले उनलाई बलात्कर गरी त्यही घरमा नजर बन्ध गरी राख्छ । त्यस बलात्कर पछी उनी एउटी अबोध बालिकाको आमा बन्न पुग्छिन । बच्चा जन्मिएको तीन महिना पछी एकजना भारतीय नागरिकको सहयोगबाट त्यहाँबाट भागेर सहयोग पाउने हेतुले भारतीय दुताबासमा पुग्छिन ।तर त्यहाँबाट पनि कुनै मद्धत नहुने भएपछी उनी एक नेपाली समाजसेबिसँग गएर कुवेतको अदालतमा उजुरी गर्छिन । नौ बर्ष भयो आज सम्म पनि केस अदालतमै, लामो स्वास तान्दै वताइन, उनले । उनी एउटी अन्जान नारी भएको कारणले गर्दा न्याय नपाएको र नेपाली दुताबासले पनि कुनै किसिमको सहयोग नगरेको गुनासो हाम्रा सम्मबाधदाता सुजन के सि सँगपोख्छिन ।उनको भनाइ अनुसार विना कसैको सहयोग आफु एक्लै मुद्धा लडिरहेकी छिन् ।

हालै कुवेटत सरकारले गैरकानुनी तरिकाले बसोबास गरेका बिदेशी नागरिकहरुलाई घर फर्किने अवसर दिएको छ यतिवेला सिता पनि आफ्नो छोरी अर्बिधालाई साथमा लिएर नेपाल जान चाहन्छिन । कुवेतको अदालतको अनुसार छोरीलाई लिएर नेपाल जान नसक्दी रहिछन । भने अर्कोतर्फ एक्ली छोरीलाई छाडेर जान चाहदिनन् उनी ।

उनी नेपाल गएर फर्केर आउनी तयारीमा छन् तर नेपाली दुताबास साउदीको एक जना अधिकारिको भनाइ अनुसार अरब देशमा गैरकानुनी रुपले बसेको विदेशी नागरिक एकपटक घर फर्के पछि पुनः फर्किन नपाउँने हुदा उनी छक्क पर्छिन । यदि सिता नेपाल गएर र्फकन पाइनन् भने यो उदाउँन लागेको ९ वर्षको छोरीको के होला -

सिता भन्छिन् – म छोरी लिएर नेपाल जान मिलेपनि कहाँ जाउ ? म एउटी अविवाहित नारीले नौ बर्षको छोरी लिएर जाँदा छरछिमेकीले के भन्लान ? अनी छोडेर जानु त कहाँ, को सँग ?
म माथि अत्याचार भएको छ, मैले मेरो हक अधिकार पाउनु पर्छ भन्दै कुवेतको बाटोमा घुमी राखेकी छिन ।

कुवेतमा स्थापना भएका संघसंस्थाहरुको दायित्व छैन र यि चेलीको उद्धार तथा सहयोगको लागि ? नेपाली चेलीहरुको लागि भनि खोलएका सयौं संघसंस्थाले यिनलाई सहयोग गर्न नचाहेकै हुन त ? के यी नेपाली चेलीले आपनो अधिकार पाउलिन त ? के होला त यिनीहरुको भविष्य ?
sujan kc kuwait city

प्रचण्ड र मनमोहन सिंहबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहबीच महत्वपूर्ण भेटवार्ता भएको छ । ३० भदौमा हैदराबाद हाउसमा भएको भेटमा आपसी सहयोग अभिवृद्धिबारे छलफल भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कोशीबांधबाट उत्पन्न समस्याको दीघकालिन समाधानका लागि दुइ नेताबीच छलफल केन्द्रित भएको छ । भारतीय प्रधानमन्त्री सिंहले कोशी समस्याको दीघकालिन समाधानका लागि भारतले सहयोगको प्याकेज तयार गर्ने बताएका छन् । उनले सन् १९५० को सन्धी पुनरावलोकन, सीमा समस्या, व्यापार तथा पारवहनका विषयमा पनि कुराकानी गर्न तयार रहेको बताएका थिए । उनले नेपालको शान्ति प्रक्रियामा सहयोगको प्रतिवद्धता व्यक्त गर्दै नेपालको राजनीतिक स्थायित्व, दलहरुबीचको सहमतिको राजनीति हुनुपर्ने सुझाव दिएका छन् । उनले दुइ मुलुकले आपसी समन्वय गरेर जादा आर्थिक समृद्धि हासिल हुने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा लोकतन्त्र स्थापना, संविधानसभा निर्वाचनको सफलतामा भारतीय सहयोगका लागि धन्यवाद व्यक्त गरे । नयां संविधान निर्माणमा भारतीय सहयोग रहने आशा व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाल आर्थिक क्रान्तिको बाटोतर्फ अगाडि जान लागेको भन्दै जलस्रोतको अधिकतम उपयोगका लागि भारतसंग मिलेर अगाडि बढ्न तयार भएको बताएका थिए । भारतीय समकक्षीले जलविद्युत उत्पादनमा सहयोग अगाडि बढाउने बताएका छन् । भेटको शुरुमै दुवै देशका प्रधानमन्त्रीहरुले ३० सेकेन्ड हातेमालो गरेका थिए । पत्रकारहरुको आग्रहपछि दुवैले अंकमाल समेत गरेका थिए । भेटमा परराष्ट्रमन्त्री उपेन्द्र यादव र भारतीय विदेशमन्त्री प्रणव मुखर्जीपनि सहभागी थिए ।

२९ भदौमा नयां दिल्ली आइपुगेका प्रधानमन्त्रीले राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, विदेशमन्त्री प्रणव मुखर्जी, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता लालकृष्ण अडवाणीलगायतसंग भेटवार्ता गरेका थिए । भेटमा आपसी हितका विषयमा कुराकानी भएको छ ।

यसरी जागे नया नेपालका कुवेत रहनेहरु माउन्ट एभरेष्ट क्लबका पदाधिकारीहरुले बिस्तारै जगाउदै छ्न यहाँका नेपालीहरुलाई कसरी नेपाल जान सकिन्छ भनी यक आपस्मा कुरा कानी गर्दै “जाग न जाग अब जाग भो अती सुत्यौ अब जाग भाग ,न भाग अब भाग दलाल जती छोड भाग

Continue reading

स्वागतयोग्य निर्ण्र्ाा

स्वागतयोग्य निर्ण्र्ाातजबिजीका आधारमा प्रहरी नेतृत्वमा दर्ुइ वर्षसेवाअवधि थप गर्ने प्रचलन सरकारले तोडेको छ । आइतबार मन्त्रिपरिषद् बैठकले ३० वर्षपुगेका प्रहरी महानिरीक्षक ओमविक्रम राणासहित ११ उच्च अधिकृतको म्याद नथपेपछि उनीहरूले एकैचोटि अवकाश पाएका हुन् । प्रहरी इतिहासमा सम्भवतः यति ठूलो संख्यामा उच्च तहका पदाधिकारीले अवकाश पाएको यो पहिलो घटना हो । सरकारले यी एघारमध्ये कसैको म्याद थप्ने वा कसैको म्याद थप नगर्ने निर्ण्र्ाालिएको भए त्यसले ठूलो विवाद पनि निम्त्याउन सक्थ्यो । कसैको म्याद थप नगरेपछि सरकार यसखाले विवादबाट बचेको छ । अर्कातिर नेतृत्व तहमा ठूलो संख्याले अवकाश पाएपछि नेतृत्व शून्यता छाउने अथवा ँचेन अफ कमान्ड’ सुचारु नहोला कि भन्ने आशंकाचाहि”ं यथावत् छ ।

यसअघि २०४९ सालमा तत्कालीन सरकारले ३० वर्षो सेवा अवधि र ५८ वर्षो उमेरको दोहोरो हद प्रहरी सेवामा लगाउ”दा ठूलो संख्यामा उच्च तहका अधिकारीहरूले अवकाश पाएका थिए । हाल निजामती सेवामा पदावधि थपको व्यवस्था नरहेे पनि प्रहरी सेवामा भने ०५२ मा नियमावली संशोधन गरी सरकारको तजबिजीमा दर्ुइ वर्षपदावधि थप गर्नसकिने प्रावधान राखिएको थियो । सत्तारूढ दल या गृहमन्त्रीले त्यही सेवाअवधि थप गर्न सक्ने प्रावधानमा टेकेर प्रहरीतन्त्रमा राजनीतिक वा निजी स्वार्थले हस्तक्षेप गर्ने गरेको टीकाटिप्पणी बारम्बार सुनिन्थ्यो । प्रहरी अधिकारीहरू सेवाअवधि सकिन लाग्दा गृहमन्त्रीलाई खुसी पार्नेदेखि राजनीतिक दलका नेताहरूको ढोका धाउने प्रवृत्ति हर्ुर्किएको थियो । बफादारिता पर््रदर्शन गर्नेको म्याद थप हुने र म्याद थपकै नाममा आर्थिक लेनदेनसम्मका हल्लाहरू आउने गर्थे । नेतृत्व तह बढुवा र थमौतीले राजनीतिक हस्तक्ष्ँेपको रणमैदानमा परिणत भएको थियो- प्रहरी सेवा । म्याद थप नहु”दा प्रहरी अधिकारीहरूले त्यसलाई ँअन्यायपर्ूण्ा’ र ँप्रतिशोध’ का रूपमा लिन्थे । सरकारको निगाहमा सेवाअवधि थपिने प्रथा विकृतिकै रूपमा मौलाइरहेको थियो ।

प्रहरी सेवामा ०५२ यता सबै उच्च प्रहरी अधिकारीको दर्ुइ वर्षम्याद थप हु”दै आएको थियो । ०६४ मा तत्कालीन अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहको पदावधि थप नभएपछि प्रहरीभित्र ँतजबिजी सेवाअवधि’ विवाद र बहसको विषय बनेको हो । नेतृत्व तहमा तजबिजी अधिकार प्रयोग गर्ने उद्देश्यसहित मन्त्रिपरिषद्ले ०५२ मा नियम संशोधन गरी ँसरकारले चाहेमा’ सेवाअवधि थप गर्न सकिने व्यवस्था गरेको हो ।

नियममा अवकाश हुने प्रहरीको सेवा सरकारी कामकाज चलाउन अत्यावश्यक देखिएमा, अवकाश हुनेको कार्यसम्पादनको स्तर राम्रो भएमा, अवकाश हुने प्रहरी कर्मचारीद्वारा सम्पादन हुने काम गराउन अन्य उपयुक्त प्रहरी कर्मचारी नभएमा सेवा थप गर्न सकिने व्यवस्था छ । तर कार्यसम्पादन मूल्यांकनभन्दा पनि प्रहरी नेतृत्वको अमुक वा पार्टर्ीीतिको बफादारिता र आर्थिक लेनदेनका आधारमा थमौती हुने गरेको र त्यसले प्रहरीभित्र चरम असन्तुष्टि ल्याएको थियो । नया” मन्त्रिपरिषद्ले एकैचोटि ठूलो संख्यामा उच्च अधिकारीको पदावधि थप नभएपछि अब यो तजबिजी व्यवस्थालाई निरन्तरता नदिने स्पष्ट संकेत मिलेको छ । त्यस अर्थमा मन्त्रिपरिषद्बाट ँतजबिजी अधिकार’ कटौती गर्ने निर्ण्र्ाास्वागतयोग्य छ । तर जबसम्म प्रहरी ऐनमै ३० वर्ष सेवाअवधि किटान गरि”दैन तबसम्म प्रचलित नियमावलीको प्रावधान दुरुपयोग हुने प्रबल सम्भावना रहिरहन्छ ।

प्रहरीतिर पनि निजामती सेवामा जस्तो ऐनमै सेवाअवधिको प्रावधान राखेमा मात्र अधिकारको दुरुपयोग हु”दैन । ऐन संशोधन गर्न कम्तीमा संसद् पुग्नर्ुपर्ने र संसद्मा औचित्य खुलाउन नसक्दा त्यो प्रावधान पारित हुन नसक्ने अवस्था हुन्छ । निजामती सेवामा पनि सेवाअवधि सकिएपछि सरकारले चाहेमा करारमा सेवाअवधि थप गर्न सक्ने व्यवस्था थियो । यो प्रावधानको दुरुपयोग भएको विश्लेषणसहित संसद्ले निजामती ऐन संशोधन गर्ने क्रममा ०५४ मा सरकारको तजबिजी प्रावधान कटौती गर्‍यो । ऐनबाट मात्र सेवाअवधि थप्न सक्ने प्रावधानका कारण निजामती ऐनको संशोधनस”गै त्यसखाले विकृति हट्यो । प्रहरी नियमावलीमा सेवाअवधिको व्यवस्था रहिरहेका कारण यसको दुरुपयोग हु”दै आएको हो । अब त्यसलाई स्थायी रूपमा रोक्नर्ुपर्छ । सरकारले तजबिजी अधिकार सदाका निम्ति कटौती गर्नका निम्ति प्रहरी सेवा ऐनमै संशोधन गरी त्यसमा सेवाअवधि किटान गर्नुपर्छ । त्यसले मात्र प्रहरी सेवामा सेवाअवधि खेल समाप्त पार्नेछ

nepali teej song