शेरबहादुर देउवाको उम्मेदवारी ११३ का विरुद्ध ४३८ मतले अस्वीकृत भएको छ।

गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको चयनकालागि संबिधानसभामा जारी मतबिभाजन प्रक्रियामा नेपाली काँग्रेसका तर्फबाट उमेदवार बन्नु भएका सभासद शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाईयोस भनेर उपसभापति रामचन्द्र पौडेलले पेश गर्नु भएको प्रस्ताव बहुमतले अस्विक्रित भएको छ ।

 

प्रधानमन्त्रीको चयनका पहिला उम्मेदवारी दर्ता गरेको आधारमा पहिला भएको मतदानमा शेरबहादुर देउवाको उम्मेदवारी ११३ का विरुद्ध ४३८ मतले अस्वीकृत भएको छ। संविधानसभामा भएको मत विभाजनमा जम्मा ५५१ सभासद रहेका थिए ।

अहिले एमाले महासचिव झलनाथ खनालद्वारा प्रस्ताव गरिनु भएका व्यवस्थापिका संसदका सभासद प्रचण्डको पक्ष र बिपक्षमा मतबिभाजन कार्य जारी छ ।

 

माओवादी अध्यक्ष प्रचण्डलाई नेकपा एमाले, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, सद्भावना पार्टी अनन्दीदेवी, नेकपा एमाले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाललगायतले समर्थन जनाइसकेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s