दलहरुबीच मन्त्रालयको बांडफांड

१५ अगष्ट, ०८ । माओवादी नेतृत्वमा सरकार बनाउने सहमतिसंगै बिहीबार गठबन्धन दलहरुबीच मन्त्रालयको जिम्मेवारी बांडफ़ांड भएको छ । माओवादीलाई ९, एमालेलाई ६, मधेसी जनअधिकार फोरमलाई ४ र अन्य साना दललाई एक-एक मन्त्रालयको सहमति भएको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाले र मधेसी जनाधिकार फोरम सामेल सरकार गठन गर्ने सहमति बिहीबार भएको हो । माओवादीलाई रक्षा, एमालेलाई गृह र फोरमलाई परराष्ट्र मन्त्रालयको मात्र टुंगो लागेको छ । बांकीको भागबन्डाबारे आज टूंगो लगाइने भएको छ ।

साना दललाई पनि सहभागी गराउने पहल भइरहेकाले बांडफांड बांकी रहेको हो । ती दलबीच माले, जनमोर्चा, सद्भावना र नेकपा (संयुक्त) लाई एक-एक मन्त्रालय दिने सहमति भएको छ ।

माओवादीभित्र पनि कुन मन्त्रालय कसले लिने भन्ने पूरै टुंगो लागिसकेको छैन । रक्ष्ामा रामबहादुर थापा वा कृष्णबहादुर महरा र अर्थ बाबुराम भट्टराईले सम्हाल्नेबारे छलफल भएको एक केन्द्रीय नेताले बताएकाछन् । मन्त्री बन्नेमा पम्फा भुसाल र जयपुरी घर्ती मगरको नाम पक्का भए पनि मन्त्रालयको टुंगो लागिसकेको छैन ।

एमालेबाट अमृत बोहरा, वामदेव गौतम वा विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने सम्भावना छ । संसदीय दलका सचेतक रामचन्द्र झा र केन्द्रीय सदस्य भीम रावल मन्त्री हुने लगभग निश्चित छ । फोरमको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् । ***

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s