चिनीरोग

डाक्टरको सल्लाह / डा. प्रकाशराज रेग्मी

चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । यो महत्त्वपर्ूण्ा रसायन-इन्सुलिनको आविस्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनी रोग  वा मधुमेहको नामबाट परिचित हुनपुग्यो ।आधुनिक सभ्यता, औद्योगिकीकरण, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण २१ औं शताब्दीको हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आएको छ ।हाम्रो खानपान र रहनसहन अस्वास्थ्यकर भएको छ । अहिलेका मानिसमा शारीरिक व्यायाम घटेको छ र मानसिक तनाव बढेको छ । एकातिर मानिसमा धूमपान र मद्यपान गर्ने बानी बढेको छ भने खानामा सागसब्जी, गेडागुडी र फलफूलको मात्राचाहिं घटेको छ । हामीलाई आफ्नो शरीर र स्वस्थ्यको भन्दा आफ्नो काम र व्यवसायको बढी चिन्ता छ । कामको व्यस्तताले गर्दा शरीरलाई स्वस्थ्य राख्नेतर्फध्यान पुगिरेहको छैन । जीवनशैलीमा आएको यस्तो अस्वास्थ्यकर परिवर्तनले गर्दा धेरै प्रकारका रोगहरूले बढ्ने मौका पाएको छ । यस्ता रोगहरूमध्ये मधुमेह पनि एक हो ।

मधुमेहले अहिले विश्वव्यापी महामारीकै रूप लिएको छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारभर सन् १९९५ मा १३ करोड ५० लाख मानिसलाई भएको मधुमेह २०२५ मा ३० करोडलाई हुनेछ र त्यसको ठूलो संख्या विकासोन्मुख देशहरूमै हुनेछन् । अन्य क्षेत्रको तुलनामा दक्षिण एसियामा यसको प्रकोप झन् बढी छ भने नेपाल त्यसमध्ये पनि अग्रस्थानमा छ । नेपालको सहरी क्षेत्रको अनुमानित १४.६ प्रतिशत जनसंख्यामा पाइएको मधुमेह रोग भारत, पाकिस्तान र बंगलादेशमा क्रमशः १२.१, १०.८ र ७.९ प्रतिशतमा मात्र छ । अर्को डरलाग्दो तथ्य त ‘बुढेसकालको रोग’ ठानिने मधुमेह यस भेगमा ३० वर्षर अझ त्योभन्दा कम उमेरमा समेत देखिन थालेको छ ।

डाक्टरी पेसामा कार्यरत रह“दा हिजोआज उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरूस“ग बारम्बार भेट भइरहन्छ । उच्च रक्तचाप सम्बन्धमा सहरी क्षेत्रमा जनचेतना बढेको पाइएको छ । ब्लड प्रेसर बढेमा प्यारालाइसिस हुन सक्छ अनि छाती दुखेमा हर्ट अट्याक हुन सक्छ भन्ने सुनेर हो वा बुझेर हो हिजोआज अस्पताल र क्लिनिकमा ब्लडप्रेसर बढेका र छाती  दुखेका बिरामीको लाइन लाग्ने गरेको छ ।

प्यारालाइसिस भएर ओछ्यानमै पल्टिरहन वा हर्ट अट्याक भएर अल्पायुमै मर्न कसलाई पो इच्छा हुन्छ र † यी रोगबारे बढ्दै गइरहेको जनचेतनाका कारण भोलि हुन सक्ने दर्ुघटनाबाट बच्न केही हदसम्म भए पनि सघाउ पुगेको छ । हृदयाघात र उच्च रक्तचापबारे केही हदसम्म जनचेतना अभिवृद्धि भए तापनि यसको तुलनामा मधुमेह अर्थात् चिनीरोग र यसका खतराहरूबारे खासै जनचेतना अभिवृद्धि भएको पाइएको छैन ।

ब्लडप्रेसर अलिकति बढ्दा दौडिएर डाक्टरकहाँ जँचाउन आउने व्यक्तिमध्ये धेरैजसोले मधुमेह भएको थाहा पाएर पनि उपचार गराउनेतर्फसचेत नभएको पाइएको छ । ब्लड प्रेसरको औषधि खान नाइ“ नभन्ने तर ब्लड सुगर बढेकोलाई नियन्त्रण गर्ने औषधि नखाई मुख मात्रै बारी हेरौं भन्ने व्यक्ति धेरै संख्यामा भेटिन्छन् । ब्लडप्रेसरबाट भन्दा बढेको ब्लड सुगरबाट शरीरका लागि बढी खतरा छ भन्ने जानकारीको जनसमुदायमा कमी रहेको पाइएको छ । रगतमा चिनी -ग्लुकोज) को मात्रा बढी भएमा यसले बिस्तारै-बिस्तारै मुटु, दिमाग, आ“खा, मिर्गौला तथा नसालाई रोगग्रस्त तुल्याउ“दै रोगीलाई मृत्युको शय्यातर्फधकेल्दै लान्छ भन्ने तथ्यबारे सबैलाई जानकारी गराउनुपर्ने आवश्यकता छ ।

बिहान खाली पेटमा -फास्टिङ) रगत जा“च्दा यदि १२० मिल्रि्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १२०-१४० मि.ग्रा. को बीचमा देखियो भने डाइबेटिज रोग लाग्ने सम्भावना बढी भएको मानिन्छ भने १४० म्रि्राभन्दा बढी फास्टिङ ब्लड सुगर देखियो भने डाइबेटिज अर्थात् मधुमेह रोग लागेको प्रमाणित

गरिन्छ । यस कारण डाइबेटिज रोग छ/छैन भनेर पत्ता लगाउन रगत जा“चेर हेरिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० भन्दा बढी भएको अवस्थामा पिसाब जा“चेर पनि डाइबेटिस भए/नभएको पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित रहन्छ । ९-१० घन्टा भोकै रह“दा पनि रगतमा ग्लुकोजको मात्रा ७०-१२० म्रि्राको बीचमा रहन्छ भने खाना खाएपछि २ घन्टामा जा“च्दा यो १४० म्रि्रासम्म पुग्न सक्छ ।

साधारणतया हामीले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानवशरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शरीरका सबै अङ्गलाई जीवित रहन ग्लुकोजको आवश्यकता पर्छ । ग्लुकोजबाट शक्ति उत्पादन हुने कार्य शरीरमा करोडौंको संख्यामा रहेका सेल्सहरू -कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाहरूभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्मोन -रासायनिक पदार्थ) को आवश्यकता पर्छ । इन्सुलिन पेटको प्यान्त्रिmयाज नामक ग्रन्थिले उत्पादन गर्छ । यो ग्रन्थि रोगग्रस्त भएको अवस्थामा आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाहरूभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ अनि पिसाबबाट बाहिर निस्कन्छ ।

यसप्रकार शक्तिको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान्छ । यो अवस्थामा एकातर्फरगतमा ग्लुकोज अत्यधिक मात्रामा बढेको हुन्छ भने अर्कोतर्फकोशिकाहरूमा शक्तिको उत्पादन हुन नसकेर शरीर एकदम शक्तिविहीन भई कमजोर हु“दै जान्छ । यो अवस्थालाई डाइबेटिज वा मधुमेह अथवा चिनीरोग भनिन्छ । रगतमा धेरै ग्लुकोज जम्मा भएपछि मुख सुक्ने, तिर्खा लाग्ने र पिसाब धेरै लाग्ने लक्षण देखा पर्छ । साथमा शरीर दुब्लाएर जान्छ, भोक बढ्छ, शरीर कमजोर हुन्छ, हातखुट्टा झमझम गर्न थाल्छ । पिसाब गरेको ठाउ“मा कमिला देखा पर्नु पनि मधुमेहको एउटा लक्षण हो । पिसाबमा ग्लुकोज जान थालेपछि यस्तो हुन्छ ।

चिनीरोगको नराम्रो पक्ष यो हो कि यस रोगमा साना-ठूलो सबै खाले रक्तनली प्रभावित हुन्छन् । क्रमिक रूपमा रक्तनली सा“गुरि“दै जान्छन् र सुक्न थाल्छन्, फलस्वरूप विभिन्न महत्त्वपर्ूण्ा अङ्गमा रक्तप्रवाह घट्न थाल्छ । रक्तप्रवाहमा अत्यधिक कमी आएको खण्डमा मस्तिष्कघात, दृष्टिघात, हृदयघात, मिर्गौलाघात आदि अवस्था उत्पन्न हुन्छन् । जसबाट बिस्तारै-बिस्तारै कष्ट, यातना र पीडा दिंदै मृत्युतर्फधकेल्छ । यसकारण यो रोगलाई मन्द हत्याराको संज्ञा दिए पनि हुन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढ्ने तर मुख सुक्ने, पिसाब बढी हुने, कमजोरी हुने आदि लक्षण देखा नपरेको खण्डमा अर्थात् शरीरमा कुनै अप्ठेरोपन नभएको खण्डमा रोगीले औषधि उपचारतर्फध्यान दिंदैन । उपचार नगराएको खण्डमा अलि-अलि बढेको ग्लुकोजले पनि आ“खामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ, साथै मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन सक्छ । यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभत्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चा“डो सुरु गर्नुपर्छ । मुधमेहबाट पीडित रोगीहरूको प्रत्येक ६-६ महिनामा आ“खा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनर्ुपर्छ । यसबाट समयमै यी अङ्गमा मधुमेहका कारण पर्न सक्ने नकारात्मक असरबारे पत्ता लाग्छ र समयमै उपचारको सुरुआत गर्न सकिन्छ ।

सायद धेरै मान्छेलाई थाहा नहुन सक्छ कि मधुमेहका कारण खुट्टा कुहिएर काट्नुपर्ने अनि लङ्गडो भई थन्किनुपर्ने स्थिति आउन सक्छ । मधुमेहका कारण खुट्टामा रक्तसञ्चार गराउने नशा सा“गुरो भई रक्त सञ्चारमा अवरोध उत्पन्न भएमा क्रमिक रूपमा खुट्टा झमझम गर्ने, पैताला पोल्ने र दुख्ने, पछि चिसो हु“दै जाने, नीलो हुने अनि कालो भई कुहिने हुन सक्छ । यस्तो भएमा खुट्टा काट्नेबाहेक अन्य विकल्प रह“दैन ।

मधुमेहले पा“चवटा प्राणघातक परिणाम जन्माउन सक्छ । ती हुन् हृदयाघात -हार्ट अट्याक), मस्तिष्कघात -स्ट्रोक प्यारालाइसिस), मिर्गौलाघात -किड्नी फेल), दृष्टिघात -अन्धोपन) र अङ्गघात -खुट्टा कुहिने) । यो स्थिति उत्पन्न नहोस् भन्नाका लागि नै जनचेतना जगाउन आवश्यक छ । बढेको ब्लड सुगर खानपानमा नियन्त्रण र व्यायाम प्राणायाम गरेर नियन्त्रणमा आएन भने औषधि खानर्ैपर्छ । यसमा बानी पर्छ, साइड इफेक्ट हुन्छ, अनि सुरु गरेपछि जिन्दगी भर खाइराख्नर्ुपर्छ भन्ने भ्रम पालेर औषधि सेवन गर्ने कार्यमा ढिलाइ गर्नु हु“दैन । उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरतालाई बुझनु आवश्यक छ । स्वामी रामदेवजी महाराजले सिकाउनुभए अनुसार लौका, का“क्रो र गोलभेंडाको रस पिएर अनि दैनिक कपालभाती प्राणायाम गरेर मात्र मधुमेह नियन्त्रणमा नआउन सक्छ । यसकारण अन्य उपायहरूद्वारा जसरी भए पनि ब्लड सुगर नियन्त्रणमा ल्याउनर्ैपर्छ । मुख बारेर, व्यायाम गरेर, धेरैथरी चक्की खाएर पनि चिनीरोग नियन्त्रणमा आएन भने इन्सुलिन र्सर्ुइ लगाउनर्ुपर्छ । यस्तैगरी ३० वर्षन्दा कम उमेरमै मधुमेह देखियो अथवा मधुमेहका कारण आ“खा र मिर्गौलालाई धक्का पर्न थाल्यो भने तुरुन्त चक्की औषधिको सट्टा इन्सुलिन लगाउनर्ुपर्छ । इन्सुलिन र्सर्ुइले अङ्गहरू बिग्रिने क्रमलाई रोक्छ र रगतमा चिनीको मात्रालाई राम्रोस“ग नियन्त्रण गर्न

सक्छ । यस कारण इन्सुलिन लगाउन डराउनुपर्दैन । धेरैजसो बिरामी इन्सुलिन लगाउन मान्दैनन् । उनीहरू सोच्छन् कि यो अन्तिम अवस्था -लास्ट स्टेज) हो । यो भ्रम हो । आवश्यक देखिएमा सुरुकै अवस्थामा पनि इन्सुलिन लगाउनुपर्ने हुन्छ । यसको निर्ण्र्ााचिकित्सकले गर्नेछन् ।

मधुमेहका घातक परिणामबाट बच्न मधुमेह लाग्नै नदिनेतर्फजनचेतना जगाउने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनर्ुपर्छ भन्ने म ठान्छु । यो अस्वस्थ जीवनशैलीले निम्त्याएको रोग हुनाले जीवनशैलीलाई स्वस्थ बनाउनेतर्फसबै लाग्नर्ुपर्छ ।

-लेखक, वीर अस्पतालमा हृदयरोग विशेषज्ञ हुन् ।)

मधुमेहबारे केही कुरा,  मधुमेहका लक्षणहरू

पिपसाब बढी हुने, भोक बढ्ने, शिरीर दुब्लाउने, आँखा धमिलो हुने, बारम्बार छातीको इन्फेक्सन हुने, छालामा पिलो आइराख्ने, हातखुट्टा झमझम गर्ने, पिसाब फरेको ठाउँमा कमिला लाग्ने ।

मधुमेहका खतरनाक परिणामहरू
हर्ट अट्याक -हृदयघात), किड्नी फेलेयर -मिर्गौलाघात), अन्धोपन -दृष्टिघात), हातखुट्टाको कुनै भाग कुहिएर काट्नुपर्ने स्थिति -अङ्गघात)

मधुमेहीले ध्यान पुर्‍याउनुपर्ने कुराहरू
खाना, शारीरिक श्रम र औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने । निश्चित रूपले तोकिएको खाना, तोकिएको मात्रामा -क्यालोरी हिसाब गरेका), तोकिएको समयमा खाने । शारीरिक श्रम, व्यायाम दैनिक रूपमा निश्चित मात्रामा गर्ने, धुम्रपान नगर्ने, शारीरिक तौल ठीक राख्ने, खानामा व्रत बस्ने बानी छाड्ने ।

Jay Ale, Kuwait

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s