छोटो जिवनको लामो यात्राको क्रममा आफु अनि आफ्नो परिवारलाई सुख-सुबिधा दिने अनि उचित रोजगार र राम्रो पारिश्रमिक पाऊने आशामा अरू खाडि राष्ट्र जस्तै कुवेतमा पनि दिन-प्रतिदिन नेपाली महिला र पुरूषको संख्या बढने क्रम बढिरहेको छ।महिलाको लागी सरकारी स्विक्रिति नभएकोले भारत हुदै वा बिभिन्न माध्यमबाट वा श्रमस्विक्रिति नलिकन आउनेको संख्या बढेको छ भने पुरूषमा पनि श्रमस्विक्रितिमा अलि समय लाग्ने र झन्झट बढ्ने हुनाले अबैधानिक तरिकाले आउने क्रम बढेकोले कम पारिश्रमिकमा जिवन बिमाबिना नै काम् गर्न बाध्य छन्।
कुवेतमा नेपाली महिला र पुरूषहरु जम्मा-जम्मि ३०-३५ हजार जना होलान।यति धेरै नेपाली भएपनि नेपाल सरकारको सायद आखाँ नपुगेर होकि अझै नेपाली दुताबास छैन।यसै कारणले नै कुवेत सरकारले नेपाली दुताबास नखोलुन्जेल सम्मको लागि भनेर अहिले तत्कालको लागि सबै नेपाली हरूलाई सबै प्रकारको नयाँ भिसा रोकेको छ।त्यसैले गर्दा धेरै नेपालीहरू कुवेतको बिभिन्न कम्पनिमा सेलेक्ट भएर पासपोर्ट अनि पैसा दलालिलाइ बुझाएर नेपालमै रोकिएका छन।
खास गरि धेरै महिलाहरु घरमा कामगर्ने(खतामा(अरबिकमा)=कमारो) केहि चाहि सेक्यूरिटि गार्डमा ,रेस्टुरेन्ट र आफिसिएल काम छन र सार्है थोरै परिश्रमिकमा त्यो पनि अबैधानि काम अनि अबैधानिक तरिकाबाट भारत हुदै आएका छ्न।पुरुश हरुपनि नेपाली दलालको बेचाइमा परेर भारत हुदै आएका छन्।त्यसैले सबैभन्दा कम पारिश्रमिकमा सबैभन्दा खतारा काम गरिरहेका भेटिन्छन।साथै ट्वाइलेट क्लिन,रोड बडार्ने,ईटा-बालुवा बोक्ने र बिभिन्न कम्पनिमा क्लिनरको काम गरिरहेका हुन्छ्न भने महिला हरु लाई घरको मालिक अनि उसको नातेदारले यौन शोसन गर्ने,तलब नदिने घरबाटै बिना पासपोर्ट निकालिदिने र कुट-पिटगर्ने जस्ता घ्रिणित ब्यबहार हरु आजभोलि दिनहु देखिन्छ्न। साथै बिना पासपोर्ट ब्यबारिसे अबस्थामा बिभिन्न दलालले झुटो आस्वासनमा कोठिमा बेचेको र नेपाली चेलिले बम्बैइमा खेपे जस्तो सार्हैनै घ्रिणित यौन ब्यबसायमा लाग्न बाध्य छन।
कुवेतमा नेपाली कामदार हरूले अहिले नेपालको दुतबास कुवेतमा नहुनुलाई नै सबै भन्दा ठूलो समस्याको रूपमा लिएका छन्।खास गरेर पासपोर्ट रिनु गर्न,कसैको कम्पनिले पहिला गरेको एग्रिमेन्ट अनुसारको पारिश्रमिक नदिएमा,कसैलाई बिना कारण कामबाट निकालिदिएमा,डोल्मा शेर्पा जस्तो बिना कारण जेलमा बस्नु पर्ने लगाएत बिशेष गरि महिलाहरूको यौंन शोसन लाई कहाँ? र कसरि? को मार्फत समस्याको समाधान गर्ने भन्ने बारेमा सबै चिन्तित छन।साथै कुनै प्रकारको समस्या समाधानको लागि नेपालको सरकारको तर्फबाट कुनै पनि आधिकारिक संघ-संस्था नभएकाले थोरै पारिश्रमिकमा कामगर्न बाध्य छन भने कति त “नखाउत दिनभरिको सिकार खाउ त कान्छ बाउ मरेको” भने झै जतिसुकै दुख र शोषन भए पनि सहन बाध्य छन,किनकि बिदेश आउदाको रिण अनि आफ्नो पारिबारिक अबस्था अनि नेपाल फर्किहालेमा समाजले गर्ने ब्यबहार तथा भनेको समयमा प्लेनको टिकट काट्ने पैसा नहुनेहुनाले कुवेतमै भागेर बिना पासपोर्ट अबैधानिक काम् गरिरहेको भेटिन्छ।
खासगरि कुवेत सानो रास्ट्र भएपनि सबैप्रकारको कामहरू बाहिरबाट आएका कामदारले नै गर्नु परेकोले होला धेरैनै बिदेशी कामदार भेटिन्छन। नेपाली,इन्डियन,बंगालादेशी,पाकिस्थानी,श्रिलंकन, फिलिपिनो,इजिप्सियन(मश्रि)लगाएत बाट धेरै देशका महिला र पुरूशले यहाँ रोजगारि पाएका छन।सानो-सानो काम घरमा नानि-बाबु हेर्ने देखिको ठूला-ठूला होटल,कल-कारखाना र बस-ट्याक्सि लगाएत सेक्यूरिटि अनि सपिङ सेन्टर तथा अफिस हरूमा चियाबोक्ने टिब्याई पनि बिदेशीनै हुनुले पनि यहाँको जनसंख्याको तेब्बर बिदेशी रहेको अनुमान लागाइन्छ।
अहिलेका दिनहरूमा आएर नेपाली महिला-पुरूशहरूले केहि राम्रो कम्पनिमा राम्रो पारिश्रमिकमा अबसर पाउन थालेका छन।खास गरि अलहोमाईजि फूड,मराफि सेक्यूरिटि,अल-मुल्ला सेक्यूरिटि,पिडब्लुसि,अल साया सपिङ सेन्टर तथा फूड,सेराटन्-हायात-बर्गर्किङ, पिज्जाहत, केफसि, म्याग्डोनाल्स,पपैज, लगाएत साना-ठुला फास्ट-फूड र होटल हरू लगाएतका कम्पनिमा धेरै नेपालीहरू भेटिन्छन।
खासगरेर ईराक जानको लागि ट्रान्जिट रास्ट्र को रूपमा पनि कुवेतलाई लिइन्छ साथै कतिपय कम्पनिले कुवेतकोलागि भनेर कन्ट्याक्ट गरेर कुवेत ल्याउदै ईराकमा पठाउदै आएको पनि भेटिन्छन।समग्रमा अरूखाडि रास्ट्रजस्तै कुवेतमा पनि गर्मिमौसम अनि अनुकुल बाताबरण नभएकोले पनि नेपालीहरूलाई त्यहाको बाताबरणमा घुलमिल हुन १-२ बर्षै लाग्ने हुन्नाले धेरैको सुतेको सुतै तथा जन्डिस लगाएतका रोगले बिरामीपर्ने पनि गरेका छन्। यातायात र खाना तथा अन्य दैनिक आबश्यक बस्तुहरूको सर्बसुलभता भएपनि नेपालको तुलनामा सार्हो महंगो हुनाले यहाँको नेपालीहरूले कमाईको ठूलो हिस्सा यहि बुझाउन बाध्य छन।
नेपालीहरूले आफ्नो जिबन सर्बसम्पन्न र आफ्नो परिवारलाई सुखदिने अनि केहिसमयको लागि बिदेशमा बसेर भएपनि छिटैं गुणात्मक हिसाबले सम्पन्न हुने सपाना अबस्य बोकेका छन।हुनत जन्म स्थान र आफ्नो परिवार-नाता-गोता र साथि-भाई र आफ्नो चाडपर्ब अनि अबै मैलिक हक-अधिकार लाई बिर्सन बाध्य छन। आखिर बिदेश आएपनि नेपालको माया कस्लाई हुन्न र? छिटै नेपाल फर्किने,आफ्नो परिवार अनि आफ्नो रहन-सहन,चाडपर्ब र मौलिकता लाई निरन्तरता दिने सबैको आत्माले बोलिरहेको हुन्छ।
उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक