अपिल

सार्वजानिक अनुरोध

२४ डिसेम्वर २००८,

कुवैत नगरिमा पेशारत समस्त नेपाली  दाजुभाई, दिदिबहिनीहरु !! तपाईंहरुको दैनिक जिबनयात्रा प्रती कुशलताको कामना सहित माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको एक जिम्मेवारी पछयबाट कार्यकारिणी कमिटिको हैसियतले क्लबका सैद्दान्तिक एबम नितिगत कार्यक्रमका टिका टिप्पणीहरु बारे सार्वजानिक गर्न चाहन्छु ।
 
महोदय,

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब यस नगरिमा १९९९ देखी स्थापना भई खेलकुद्को माध्यामबाट छरपस्ट रहेका नेपालीहरुलाई एकबद्द गर्दै परिचयात्मक एबम भाईचाराको बातावरण श्रीजना गर्न-गराउन र प्रवासमा रहेका खेलाडिहरुको कला-कौशलतालाई प्रदर्शन गर्ने अवसर प्रदान गर्न र उत्क्रिस्ठ खेलाडिहरुलाई प्रोत्साहन एबम पुरस्क्रित गर्न-गराउन बिशेष मार्गदर्सन सहित अग्रसर रहेको र हालका दिनहरुमा कटिबद्द रही आएको जानकारी गराउदछु । खेलकुद्को माध्यामबाट केबल अन्तर नेपाली कार्यक्रम मात्र तय नभएर सम्पूर्ण नेपालीहरुलाई र सिंगो नेपालको नेत्रित्व गर्दै सिङो नेपाल र नेपालीहरुको महत्व र चिनारीको लागि यस माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले कुवैत् नगरिमा दक्षिण प्रवाशी एशियाली फुट्बल प्रतियोगिता २००५ समेत आयोजना गरी दक्षिण एशियाली राष्ट्रहरुबिच गहन भूमिका निर्बाह गरी आएको ईतिहास साँची छ । जुन प्रतियोगितामा दक्षिण एशियाइ राष्ट्रका राजदुत, नेपालको तर्फबाट द स्पोर्टस नेपाल साथै घटना र बिचारका सम्पादक श्री बिक्रम भण्डारीको समेत उपस्थिती थियो ।  
 
एबमगत माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको बिशेषता खेलकुद्का भूमिकाहरु बारे त थियो नै र निरन्तर छ तर यस क्लब केबल खेलकुद्को परीधी भित्र मात्र सिमित रहन सकेन यो हाम्रो वाध्यता बन्यो । बिशेष रुपमा उल्लेख गर्नुपर्दा क्लब कमिटी बिच कुवैतमा नेपालीहरुले भोगी ब्योहोरी आएका बिबिध समस्याहरुको सवालमा क्लबले सेवा र सहयोगको भूमिका निर्बाह गर्नुपर्छ भनी जनमानस बाट पटक पटक सुझाब एबम अनुरोध भई आएको र यस क्लबका पदाधिकारीहरु स्वयमले बिशेषत नेपाली चेलीहरुको मर्माहत पिडा देखी-भोगी आएकोमा यहाँ जिवान्त नेपालीहरुको अन्य समस्या समाधानको लागि नेपाल सरकारको तर्फबाट कुनै सरकारी अंग नभएको स्पस्ट कारणले अब यस क्लबले उद्दारताको नितिलाई पनि अघी बढाउनु पर्छ र सम्पूर्ण नेपालीहरुको सहयोग र उद्दारतामा अग्रसर हुनुपर्छ भन्ने निर्णय लिइ केही बर्ष अगाडि देखी साउदी अरबमा रहेका नेपाली दुताबासलाई घचघच्याउदै राहदानी नविकरण र अन्य सुबिधामा सरलिकरण हुनुपर्छ र कुवैत सरकारले प्राप्त गराएको एम्नेस्टी सुबिधामा पीडित नागरिकहरुको लागि सहज र सुबिधायुक्त ब्यावस्थापन हुनुपर्छ भन्ने बिषय बस्तुमा यस क्लबका पदाधिकारीहरुले बिशेष भूमिका निर्बाह गर्दै २००३ देखी नेपाल सरकार समछ्य दुताबास स्थापनाको लागि अती महत्वपूर्ण भूमिकालाई पहल गरी आएको छ, पटक पटक नेपाल सरकार समछ्य अनुरोध एबम दबाब दिइ आएको छ । कुवैत् मा नेपाली दुतावासको आवश्यकता छ छैन र यहाँ नेपालीहरुले के कस्ता समस्याहरु भोगी रहेका छन भन्ने सवालमा क्लबको हाम्रो अपिल भन्ने लेखमा हेर्नुभए स्पस्ट हुनेछ । यसर्थ कुवैतमा नेपाली दुतावास स्थापनाको लागि नेपाल सरकारले सोचबिचार गरी रहेको छ भन्ने कुरा जानकारी दिलाउछौ ।
 
यद्धपी बर्तमान परीप्रेछ्यमा यस क्लबले आफ्नै वेबसाईट सन्चालन गरी क्लबले कुवैत् मा ब्रिहत नेपालीहरु बिच खेलेको भूमिका र कुवैत् मा नेपालीहरुले भोगे-सहेका समस्याहरुलाई जनमानस लगायत नेपाल सरकार समछ्य पुरयाउने क्लबका ससक्त सदस्य राजन रिमाल, जय आले, सुजन के सि, शिवराम पौडेल लगायतका मिडिया ग्रुपलाई क्लब कमिटीबाट निर्देशित भई तथस्ट भूमिका भई-रही आएको छ । किनकी हामीले यस नगरिभित्र अन्ध्यारो र रोशनीहिन महशुस गरेका छौ र रोशनी फैल्याउने काम मिडिया कर्मिले गर्नेछन र समाजमा भएका कुनै पनि बिक्रिती, ठगि र दुस्टहरुको कुनै पनि संघसस्था र संचारकर्मी हरुले अबस्य पनि भन्डाफोर गर्नेछ यसमा कुनै दुइमत छैन । कुवैत् मा देखिएको  तद्कारो  दु:खदायी समस्या भनेको पहिलो स्थानमा चेलीबेटीको सवाल छ । जो कोही यस नगरिमा रोइकराइ सडकको किनरामा तड्पी रहेको छ भने धेरैजसो बलत्कारीको शिकार बनेका छन, कोठी भित्र सजिन बाध्य भएका छन । मलाई लाग्छ यो दर्द कुनै पनि नेपालीलाई स्रहय हुनेछैन अबस्य पनि । यती मात्रै होइन गत सेप्टेम्बर, अक्टोबर महिनामा कुवैत् सरकारले प्रदान गरेको एम्नेस्टी को आबहानमा पीडित हरुलाई सकुशल नेपाल फर्काउने क्रममा क्लबले सरल र सहुलियत प्राबधानबाट सुबिधा दिलाउदा दिलाउदै पनि कहीकही त्यस्तो ब्याक्तिहरु बाट चेलिबेटिहरु ठगिन पुगे । नक्कली टिकेटको कारण एयर्पोर्टमा रुदै कराउदै बस्नु पर्‍यो, आखिर यि सब किन ? परदेशको ठाउमा पनि नेपालीले नेपालीलाई ठग्ने किन ? यिनै सवाल हरुलाई मिडिया ग्रुपले सार्वजानिक गर्ने क्रममा केही भूमिगत ब्याक्तिहरुले अपबाद र दोसारोपण फैल्याउने काम देखिएको र क्लबको बिबिध कार्यक्रमहरु प्रती आलोचना गर्ने र क्लबका केही सदस्यहरु प्रती सन्कोचित प्रश्न गरिएको देखिन्छ । यसको बिकल्प म के अनुरोध गर्न चाहन्छु भने जो कोही नेपालबाट चेलीबेटी हरुलाई कुवैत् मा ल्याएर मजदुरी, रोजगारी दिलाउने ब्यवसाय गरी रहनु भएको छ भने  उनिहरु समस्या र बिपत्तिमा पर्दा   सहयोग गर्ने प्रयास पनि गर्नुहोस् , राहत दिलाउनुहोस् । यस प्रकृयाले तपाईंको ब्यवसाय फस्टयाउने छ र जो कोही चेलीहरु सडक पेटिमा रुदै कराउदै हिंड्ने अवस्था बन्ने पनि छैन र नबनोस ।
 
दाजुभाइ दिदिबहिनीहरु; माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको कार्यशैली र सदस्यहरुको भूमिका एबम आचरण शतप्रतिशत सहि छ भनेर हामी ठोकुवा गर्न चाही रहेका छैनौ । क्लबका बिबिध कार्यक्रम हरुमा कमिकमजोरी पाउनु भएमा आफ्नो स्पस्ठ धारणा सहित प्रतिकृया दिनुहोस् अपवाद हैन, हामी तपाईंको सुझाब र सहयोग चाहन्छौ, हामी सम्पूर्ण क्लब परिवारबाट तपाईंहरुलाई सदा स्वागत छ । साथै क्लबका जिम्मेवारी पदमा रहेर कुनै पनि सदस्यले संस्थाको हित बिपरित वा नेपालीहरुको स्वाभिमानमा खलल हुने साथै कुनै ब्याक्ती वा संघसंस्था को लागि अनावश्यक हानी नोक्सानी पुर्याउने प्रकृया भएमा प्रमाण सहित प्रतिकृया दिनु भएमा हामी त्यस्ता अनुचित ब्यावहारका सदस्य प्रती तुरुन्त कार्वाही गर्नेछौ, यसमा  कुनै संका छैन । माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब र समिती परिवार नेपालको चारै कुनाबाट यस नगरिमा आएका नेपालीहरु सँग हातेमालो गर्न चाहन्छ । बिदेशका पिडाहरु एकआपसमा बाड्न चाहन्छ । हामी तपाईंहरुको सल्लाह सुझाब र सहमति चाहन्छौ कि बर्तमान स्थितिमा हाम्रो पहिलो प्राथामिकता र कार्यशैली भनेको कुवैत् मा नेपाली दुतावासको माग हो र नेपाल सरकार समछ्य कुवैत् मा नेपालीहरु को समस्या बारे चित्रण गराइ रहेको छ । हामीलाई पूर्ण विश्वाश छ तपाईं हाम्रो सहयात्रि कार्यशैलीले हामी हाम्रो उदेश्यलाई पुरा गर्न सफल हुनेछौ ।
 
धन्यवाद  ।
  
अध्यक्ष : बाल कुमार गुरुङ्
ईमेल   :
balk_grg@yahoo.com
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्
  

———————————————————————————–  

हाम्रो अपील

कुवैत् नगरिमा पेशारत समस्त नेपाली दाजुभाइ, दिदिबहिनीहरु !! नेपालका चारै कुनाबाट आउनुभएका आमनागरिकहरु बिच भाईचाराको सुमधुर सम्बन्ध एबम् परिचयात्मक बातावरण सिर्जना गर्दै प्रवाशित नेपाली खेलाडि हरुको कला कौशलता लाई प्रोत्साहन एबम् पुरस्क्रित गर्न सन १९९९ मा स्थापित माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब कुवैत् को दार्शनिक् भूमिकाहरु क्लबको बिभिन्न खेलकुद कार्यक्रम सामुहिक सेवाका पहलहरु मार्फत अवगत भएकै हुनु पर्छ ।

यद्धपी यसरी खेलकुद्को बिशुद्द मार्गदर्सन अपनाइ बिदेशका पिडाहरु भुल्न तपाईंहरु सँग साहयात्रि बन्ने क्रममा यतिका दिनहरु पार गर्दा कुवैतमा नेपालीहरुले भोग्नु, सहनु परेका पिडा र ब्यथाहरुले हामी स्वयम तहस-नहस भई केही समय अघिदेखी खेलकुदमा मात्र सिमित नरहि सामाजिक सेवा र उद्वार सहयोगको महत्वपूर्ण कार्यप्रती ध्यानाकर्षण गर्दै कुवैत् सरकार र नेपाल सरकार बिच मजदुर समझौता र नेपाली दुतावास स्थापनाको लागि प्रतिनिधित्व गरीरहनु पर्छ भन्ने सर्वश्रेस्ठ धारणालाई क्लब कटिबद्द राख्दछ र अग्रसरता दिइरहेका छौ ।

बिशेषत: दिनहु बढ्दो जनसंख्या रहेको यस कुवैत् नगरिमा रहेका नेपालीहरुले सामना गर्नुपरेको जटिल् समस्याहरु, सहनु परेको पिडा ब्यथाहरु तपाईं हाम्रो सामु ज्वलन्त छ । ब्यावहारिक, शैछिक कागजातहरु प्रमाणित र राहदानी नविकरण गर्ने क्रममा साउदी अरबमा रहेका नेपाली दुतावासबाट भैरहेको ढिलासुस्ती र महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । कुवैत् को घर दलानमा नोकरानी सरह काम गर्न बाध्य भएका नेपाली चेलीहरु मालिकको हेला, दुराचारी र पशुब्यावहारको कारण आफु काम गर्ने घरको अग्लो तलाबाट हाम फाल्न वाध्य भएका छन । जसले गर्दा अपाङ्ग बन्नु परेको छ, जिबन गुमाउनु परेको छ, आत्मा हत्या गर्न वाध्य हुनु परेको छ र बलत्कारको शिकार बनी पती बिनाको शिशु जन्माउनु परेको छ । बिभिन्न कम्पनी मा कार्यरत साथीहरु कम्पनिको लापरवाही र स्थानिय सरकारको बेवास्ताले घर न घाटको बन्नुपरेको छ । हत्या, आत्महत्या र बिभिन्न दुर्घटनामा परी मृत्‍यु भएका मृत शरीर महिनौ, बर्सौ  दिनसम्म अस्पतालको मुर्दाघर भित्र बरफ बनी रहेको छ । खोजी तलासी गर्ने सम्बन्धित ब्याक्ती र निकाय नहुनाले समयमा सनाखत हुन नसक्नुले कती मृत शरीर बेपत्ता बनाइएको छ । यती मात्र कहाँ हो र दर्द भरिको पिडा जिउदै छ, आफै भित्रको दरिद्रता बाट बिचलित निमुखा बालबच्चाको लागि गास कमाउन कुवैत् आएकी नेपाली चेली डोल्मा माथि ज्यान मारेको  अभियोगमा स्थानिय सरकारको कानुनी प्रावधानले मृत्‍युडण्ड सुनाइएको छ ।

आदर्णीय दाजुभाइ तथा दिदिबहिनीहरु: अब तपाईं हाम्रो यि दर्द भरिको ब्याथा पिडाहरुको घाउमा कसले मलमपट्टी लगाइदिने त ?? तपाईं हाम्रो सिमित समय र सहयोगको भावनाले मात्र पूर्ण त अबस्य हुन सक्दैन । अब यि ज्वलन्त समस्याहरुको समाधानको लागि कुवैत् मा नेपाली दुतावासको स्थापना गर्न गराउन अती आबस्यक बिषय बस्तु बनेको छ । कुवैत् सरकार र नेपाल सरकार बिच मजदुर सम्झौता को महल तयार हुन आजको माग बनेको छ । जसले गर्दा कुवैत् मा नेपालीहरु रोजगारको लागि सरल सहज तरिकाले आवत जावत गर्ने छन, ज्वलन्त समस्या समाधानको लागि राहत मिल्ने छ ।

तसर्थ:
उपयुक्त सुनुवाईको लागि माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब कमिटिले नेपाल सरकार समछ्य पटक पटक आवेदन चढाइ सकेको छ । नेपाली मन्त्रीमण्दल एबम सरकारको कुनै स्थिरता नरहेकोले यस् प्रकृयामा ढिलासुस्ती हुन गएपनी अबको पारीप्रेछयमा तथा पररास्ट्र मन्त्रालय बाट कुवैत् मा नेपाली दुतावासको स्थापनाको लागि सकारात्मक दृष्‍टिकोण रहेको जानकारी भएअनुसार यथासक्दो छिटो कार्यन्वयन गर्न गराउन सबै महानुभावहरु र सबै क्षेत्रबाट नेपाल सरकार समछ्य दवाब दिनहुन सहयोग को लागि हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद  ।

अध्यक्ष : बाल कुमार गुरुङ्
ईमेल   :
balk_grg@yahoo.com
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्
  

 

नेपाली राजदुताबास रियाद को अपिल  28/09/2008

3 Responses

  1. I am so happy to see website kuwaitnepal.wordpress.com thanks mr kiran paudel to give information about website.
    I would like to request thruw nepal embassy keep on press nepal government to stablesh new embassy in kuwait because we are verry much suffering without our embassy. I have always support to do good job nepal and nepali peoples who, we are suffering here in kuwait.
    appricate mount everest sporting luub,kuwait.
    thanks.
    thakur prasad paudel
    kuwait.

  2. gurung ji ko lekh nikai man paryo

  3. Very Good MESC

Leave a Reply