हाम्रो परिचय

माउन्ट एभरेष्ट स्पोर्टीङ् क्लब काठमाडौं, कुवेत को परिचय

   हाम्रो टोल, समाज र क्षेत्रमा या राष्ट्रिय रुपमा अदम्य साहस, जोशजागर र इच्छा शक्ती भएका जोसिला यूवाहरुको सकृयतामा बिभिन्न उदेश्य र लक्ष्य लिएर कुनै घटनाक्रम पछी तयार हुने यूवाहरुको जमात लाई नै क्लब भन्ने गरिन्छ। यसरी नै इस्बी सम्बत १९९९ डिसेम्बर १७ मा स्थापना गरी, २००५ अगस्त १६ मा  राष्ट्रिय खेल्कुद परिषद को ०५/१०९३ मा दर्ता गरी यस माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमान्डु, कुवैत् ले बिकास, अनुशासन र गतिशीलताका साथै सामाजिक सेवा पनि गर्ने कर्तब्यले काम गर्दै आएको कुरा यहाँहरु लाई जानकारी गराउन चाहान्छौ।

आज सम्मका अनवरत रुपमा भएका कामको मुल्याङ्कन गर्दै उकाली ओराली र देउराली का बिसाउनी हरुमा भेटेका नेपाली हरुको घाऊमा मल्हम  पट्टी लगाउनको लागि, पशु जस्तै मोलतोलमा बिक्री हुने नेपाली चेलीवेटीका उद्दारको लागि, हजारौ  कानी शेर्पा, डोल्मा र सिता हरुको जीवन रक्षाका लागि काम गर्ने कुनै  संघ-सस्था नभएको अवस्थामा र स्व्यम नेपाली नियोग साउदी अरेबियाले पनि खुलेर काम गर्न सकेको अवस्था छैन।  लाजमर्दो कुरो त के भने आजभन्दा १५-२० बर्ष पहिला देखी नेपाली नर-नारी ले रोजगारको गन्तब्य बनाएको यो मुलुकमा अझसम्म पनि हाम्रो कुट्नितिक नियोग नहुनु हो। यो गल्ती पक्कै पनि नेपालमा सत्तासिन पार्ट्टीहरुको होला यस्तो अवस्थामा पनि कुवेत को कानुन, बेबाहारिकता र अवस्था हेरी, नेपाली हरुका पिरमर्का हेरी सम्बन्धित निकायको ध्यान केन्द्रित गर्नका लागि होनहार-जोसिला नेपाली यूवाहरुले “मस्तिस्कमा समझदारी, काधमा जिम्मेवारी र आत्ममा इमान्दारी“ राखी काम गर्ने प्रतिबद्दता जाहेर गरी १४ जुन २००८ मा यस क्लबको पुनर्गठन गरी नयाँ कार्यसमिती तयार गरिएको छ। किनकी एक नेपाली अर्को नेपाली सँग भावनात्मक रुपमा नजिक रही “एउटाको हात दुख्दा अर्कोको मन दुखोश” तिता मिठा क्षणहरु साट्न सकियोस, बिदेशमा बसी नेपालीत्व को परिचय दिन सकियोस भन्ने हेतुले बिभिन्न तहमा खेलकुदहरु खेलाई आफनो परिचय यस क्लबले दिएको छ। नेपाली कला, साहित्य र सस्कृती पनि समाजको दर्पण भएको हुँदा बिभिन्न समयमा नेपाली कलाकर्मीलाई झिकाइ नेपाली कला पर्दशन गराइएको थियो र गराइने छ । सस्थाका तर्फबाट कुवेत स्थित् नेपालीका समस्याहरुको सम्बन्धित पक्षलाई जानकारी गराइ यहाँ नेपाली राजदुताबासको अती आबश्यक रहेको कुरा तत्कालिन पररास्ट्र मन्त्री श्री साहना प्रधान, श्रम मन्त्री श्री रमेशराज लेखक र अन्य सम्बन्धित निकायमा यो बिषयको जानकारी पत्र बुझाइएको थियो। मिठा र चोपिला कुरा गरी आश्वासन पनि पाएकै हो। हेरौ देशको बदलिदो राजनीतिक घटनाक्र‍मले पक्कै पनि हामी कुवेतबासी नेपाली हरुको चेहेरामा चमक ल्याउने छ।

हुन त यहाँ दुताबास को उपस्थिती बिना कुनै पनि काम कानुनी हिसाबमा हुन नसक्ने कुरा हालै एम्नेस्टी को आव्हानमा गैरकानुनी रुपमा कुवेतमा रहेका बिदेसी नागरिक घर फिर्तीको अबसरमा देखियो। उक्त्त समयमा नेपाली नियोग साउदी अरबका त्रीतिय सचिब श्री पुष्पराज भट्टराइ सँग हातेमालो गर्दै गैरकानुनी रुपमा कुवेतमा रहेका निमुखा नेपाली हरुको ट्राभल् डकुमेन्ट बनाउने काम हालै सकिएको छ। उक्त्त अबसरमा यहाँ बिभिन्न कारणबस जेलमा रहेका ३५ भन्दा बढी नेपाली हरुको अवस्थाका बारेमा बुझेका थियौ। सुसुचित हुन पाउने नागरिक हक हो भन्ने कुरालाई ध्यानमा राखी यस सस्थाले हालै मात्र आफ्नो वेबसाईट बिस्तार गरी यहाँका जल्दा-बल्दा समास्या र खबरहरुका साथै नेपाली भाषा र साहीत्यमा पनि टेवा दिन सुरु गरेको छ।

आउँदा दिनहरुमा पनि सम्पूर्ण नेपाली हरुसँग हातेमालो गरी नयाँ नेपाल निर्माण गर्नका लागि कोसेढुंगो बनौ भन्दै कुवेतको कानुन र व्यबहारिकता हेरी आम नेपालीको आवाज नेपाल सरकार सम्म पुरयाउन का लागि हामी पर्तिबद्ध छौ। आउनुहोस यो पवित्र काम पवित्र चौतारीमा बसेर गरौ, थोपा पानीबाट गाग्रो भरिन्छ – तान्द्रो तान्द्रो बाटेर दाम्लो बन्दछ, “यदी तिमी दुनियाँ बदल्न चहान्छौ भने सुरु आफु बाटै गर्नु  छ“  यो महान बाणीलाई  ह्रिदयंगम् गर्दै आउनुहोस् हामी सबै नेपाली मिलीजुली यस् महानकार्यमा लागौ” । यहाँ हरुलाई माउन्ट एभ्रेस्ट् स्पोर्टइङ क्लब काठमाडौं, कुवेत सधैं स्वागत गर्दछ ।

(धन्यवाद)

16 Responses

  1. Dear committee memebers; i would like to bring to your attention that an intruder was able to get into my account started dessiminatting junk mails through my account. Therefore, i changed my email ID as : tamang.raj@hotmail.com.

    Please future corresponds can be sent on this add.

    Thanks rajendra (Senior advisor)Mount everest Sporting club.

  2. namaste i am bhes khadka home myagdi nepal right now iraq us base.

  3. Daju,
    Hope everything is fine with you!
    this year I could not able to atten MB Bomjan football tournament because I am not in Kuwait since 14 months. I was planning to back to Kuwait but could not because of verious reason. I am in Bahrain right now working as HSE(Health safety & environment officer) for bahrain Petroleum Company. hope I can see you again in Kuwait & develop our MESC in better way. Please update for me about the visa issues for Nepalese whether I can aproach any company in Kuwait?
    Your early reply would be highly appreciated
    Bhai
    D Basyal
    Bahrain Manama City

  4. Dear Sir/Madam I would like to know all updated news about Nepal & neplese because I am out of my country from last 21 years but I love my country & the Neplese facts is I am not able to receive any lettwrs from my own family nither TV & radio. frist I came out of my lovely country as my study after job & money just five years back I get Intercast marries hope you understand so please if can how to get updated news advice me as much as possible

  5. good mount everest and it’s members keep it up

  6. good signal gyus take care of you all and nepali peoples

  7. Great guys nepal ko harek jilla ko milera sangathan gathan bhayeko rahechha, khusi lagyo

  8. For all member of MESC good job guyz.and heartly wishes to all MESC.

  9. Guys all the very best we are with you mount everest sporting club.

    Min Magar
    Abuhalifa

  10. sabai thikai ho tara bhasa ali morden lagena yo ta parapurwa kalako bhasa bhayo hau.

  11. good job guys keep it up

  12. all the best to all the team of mount everest sporting club at least you are doing best in kuwait

  13. with best wishes to all Mesc members happy new year

  14. Ramro chha la MESC Team I wilsh you very happy New Year

  15. La thik chha ramro kaam gareko chha mount everest le.

  16. i am very happy

Leave a Reply