स्वास्थ्य शिक्षा

 

किशोरीहरुको तल्लो पेट दुख्ने समस्या

 २४ डिसेम्वर २००९, डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 पटक-पटक तल्लो पेट दुख्ने समस्याले पीडित बनेकी सुलोचनाले औषधिपसलबाट थुप्रै पटक दुखाइ कम गर्ने औषधि लिएर खाइन् । अस्पतालका डाक्टरहरुको सल्लाहमा विभिन्न खाले एन्टिबायोटिकहरु पनि सेवन गरिन् तर केही सीप लागेन । 

विभिन्न प्रयासहरु असफल भएपछि जननेन्द्रियको वरिपरि केही समस्या हुन सक्ने अनुमान गरी पेटमा दुरबिनबाट जाँचियो । यस क्रममा उनमा ‘इन्डोमेटि्रओसिस’ समस्याका संकेतहरु देखिए । यो समस्याको निदानपछि उनलाई विगत तीन महिनादेखि महिनावारी रोक्ने औषधिहरु सेवन गर्न दिइएको छ । यो औषधि सेवन गर्न दिइएपछि सुलोचनाको तल्लो पेट दुख्ने समस्या घट्ने क्रममा छ । आफ्नो यो जीण प्रकारको समस्या एन्टिबायोटिक तथा पेट दुख्न कम हुने औषधिविना पनि कम भइरहेकोमा उनलाई कहिलेकाहीँ विश्वासै लाग्दैन तर वास्तवमा यो प्रभावकारी भइरहेको छ । 

पाठेघरको भित्री तहको सक्रिय तन्तु -ग्रन्थिसहितको) पाठेघरभन्दा बाहिर रहने अवस्थालाई अंगे्रजीमा ँइन्डोमेटि्रओसिस’ भनिन्छ । यस्तै तन्तु पाठेघरको मध्यतह (मायोमेटि्रयम) मा पुगेको अवस्थालाई ँएडेनोमायोसिस’ भनिन्छ ।

 नेपाली महिलाहरुमा विगत केही दशकदेखि इन्डोमेटि्रओसिसको समस्या बढ्दै गइरहेको देखिन्छ । ढिलो विवाह गर्ने तथा कम बच्चा पाउने चलनले गर्दा यस्ता बिरामीको संख्यामा वृद्धि भएको छ । साथै ल्याप्रोस्कोपीजस्ता रोग पत्ता लगाउने सुविधा सम्पन्न प्रविधिका कारण तथा सम्बन्धित विशेषज्ञहरुको बढ्दै गएको अनुभवका कारणले रोगको राम्रो निदान भएकाले पनि यस्ता रोगीको संख्या बढेको देखिएको अनुमान गरिएको छ ।

सामान्यतया १० प्रतिशत किशोरी वा महिलामा यस्तो समस्या हुन्छ । निःसन्तान महिलामध्ये करिब ३० देखि ४० प्रतिशतमा इन्डोमेटि्रओसिसको समस्या हुन्छ । यो समस्या विशेषगरी पाठेघरबाहिरको डिम्बाशय, पाठेघर र गुदद्वारबीचको भाग, पाठेघरलाई अड्याइराख्ने तन्तुहरु, पेटमा रहेको शल्यक्रियाको घाउ, नाइटो, योनि, पाठेघरको मुखमा हुन्छ । साथै कहिलेकाहीँ फोक्सो, हात-पाखुरामा पनि हुन सक्छ ।

इन्डोमेटि्रओसिस हुनुका थुपै्र कारणहरु हुन सक्छन् । महिनावारीको समयमा रगतको बहाव डिम्बवाहिनी नली हुँदै उल्टो बहाव भई भित्री पेटमा रगत जम्न गएर पनि हुन सक्छ । त्यस्तैगरी पाठेघरको भित्री तहमा हुने तन्तु जन्मजातरुपमा अन्यत्र हुन गएमा, शल्यक्रियाको दौरान भित्री पाठेघरको तन्तु भित्री पेटको मासु तथा घाउमा प्रत्यक्ष बस्न गएमा, लिम्फेटिक वा रक्तसञ्चार प्रणालीबाट र्सन गएमा र कतिपय महिलामा वंश्ााणुगत वा इम्युनोलोजिकल कारणले पनि यो समस्या हुन सक्छ ।

यसरी कुनै कारणवश भित्री पाठेघरको तन्तु अन्यत्र बस्न गएपछि त्यहाँ पनि प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा मासिक श्रावजस्तै हुन्छ । ती स्थानहरुमा रगत बगेर जाने ठाउँ नहुनाले त्यहीँ जम्मा हुन्छ । यस्तो प्रकारको रगत आपै+m चिडचिडाहटपूर्ण् हुन्छ र वरिपरिका तन्तुहरुलाई चिडचिडाहट पार्दछ । नकारात्मक प्रतिक्रियास्वरुप पीडा गराउने, यताउति टाँसिने त्यान्द्रा बनाउने तथा बाक्लो बनाउने गर्दछ ।

अन्यत्रभन्दा पुट्ठाभित्रका अ·हरु -डिम्बाशय, पाठेघरवरिपरिका अ· तथा तन्तुहरु) लाई इन्डोमेटि्रओसिसले बढ्ता प्रभावित गर्दछ । करिब ३० देखि ४५ वर्षा अविवाहित वा बच्चा नपाएका वा थोरै बच्चा भएका महिलालाई यसले बढ्ता प्रभावित गर्दछ । निःसन्तान, विवाहपश्चात् आफूखुशी पहिलो बच्चा पाउन ढिलाइ गरेका एवम् उच्च घरानियाका महिलाहरुलाई पनि यस्तो समस्या हुन्छ ।

करिब २५ प्रतिशत यस्ता खाले बिरामीमा कुनै लक्षण चिह्नहरु नभए पनि महिनावारीको बेला सानो पेट दुख्ने -५० प्रतिशतमा), महिनावारी गडबड हुने -६० प्रतिशतमा), निःसन्तानको समस्या -४० देखि ६० प्रतिशतमा), यौनसर्म्पर्क राख्दा पीडा हुने, कम्मर तथा पुट्ठा दुख्ने तथा दिसा-पिसाब गर्दा पोल्ने हुन सक्छ ।

पेट तथा जननेन्द्रियको आन्तरिक परीक्षणमा खासै खराबी नदेखिन सक्छ । तर कहिलेकाहीँ पाठेघर मलद्वार्रतर्फ र्फिर्एको र पाठेघरवरिपरिका अ·हरुमा टाँसिने गरेको कारण पाठेघर यताउति चलाउन नमिल्ने  हुन्छ । यदि डिम्बाशयमा रगत जमेको खण्डमा डल्लो भेटिन सक्छ । ल्याप्रोस्कोपी प्रविधि पुट्ठाभित्रको स्त्री जननेन्द्रियवरिपरि हुने इन्डोमेटि्रओसिस पत्ता लगाउनका लागि अति उपयुक्त प्रविधि हो । तर कहिलेकाहीँ रगत र भिडियो एक्सरेबाट पनि यो समस्या ठम्याउन सकिन्छ ।

यो समस्याको ठ्याक्कै रोकथाम गर्ने कुनै उपयुक्त उपायहरु नभए पनि महिनावारीअघि-पछि  पाठेघर तथा डिम्बवाहिनी नलीमा गरिने परीक्षणहरु नगर्न तथा विवाहपश्चात् बच्चा पाउन धेरै ढिलो नगर्नु बेस हुन्छ । यो  समस्याको उपचारको क्रममा पीडा कम गर्ने तथा महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु दिन सकिन्छ । कतिपय अवस्थामा हर्मोनयुक्त औषधिले सुधार नभएमा, डिम्बाशय तथा डिम्बवाहिनी नलीलाई बेरुप बनाएमा तथा पुरानो रगत जमेर ठूलो डल्लो बनेमा शल्यक्रियाकै जरुरत पर्न सक्छ । इन्डोमेटि्रओसिससँगै निःसन्तान समस्याको व्यवस्थापन विशेष तवरले गर्नुपर्ने हुन्छ ।

पुट्ठाभित्रको स्त्री जननेन्द्रियवरिपरि बाहेक अन्यत्र हुने इन्डेमेटि्रओसिसका आ-आफ्नै लक्षण चिह्नहरु हुन्छन् । त्यसैले बिरामीसँग पूर्णरुपमा जानकारी लिन आवश्यक हुन्छ । समग्रमा अन्यत्र इन्डोमेटि्रओसिस हुँदा महिनावारीको बेला डल्लो उठ्ने, सोही ठाउँमा केही दिन अत्यधिक पीडा हुने, हल्का रगत बग्न सक्ने तथा दिसा-पिसाब गर्दा पोल्ने हुन सक्छ ।

स्त्री जननेन्द्रियवरिपरि बाहेक अन्यत्र हुने इन्डोमेटि्रओसिस समस्याको उपचार धेरैजसो साधारण शल्यक्रियाबाट गर्नुपर्ने हुन्छ । तर छोटो समयका लागि महिनावारी नगराउने हर्मोनयुक्त औषधिहरु चलाउन सकिन्छ ।

घरेलु उपचार

तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) को बेलामा जस्तै इन्डोमेटि्रओसिसका कारणले हुने पीडाबाट छुटकारा पाउन कतिपय घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा-पानी तताएर पिएमा पनि आराम मिल्छ, आफ्नो दैनिक क्रियाकलाप जारी राख्न सकिन्छ । व्यायाम र घुमफिर गर्नाले आफ्नो ध्यान अन्यत्र मोडिने हुनाले फाइदा नै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

एडेनोमायोसिस

यो छुट्टै प्रकारको इन्डोमेटि्रओसिसको समस्या हो । भित्री तहको तन्तु किन पाठेघरको मध्यतहमा पुग्छ भन्ने प्रस्ट कारण थाहा नभए पनि पटक-पटक गर्भ रहेको, बलपर्ूवक पाठेघर सफा गरेको तथा महिलाको शरीरमा अत्यधिक मात्रामा इस्ट्रोजेन हर्मोन उत्पादन भएको खण्डमा यस्तो स्थिति सिर्जना हुन सक्छ । करिब ४० प्रतिशत बिरामीमा भने एडेनोमायोसिससँगै पाठेघरको वरिपरि पनि इन्डोमेटि्रओसिसको समस्या हुन सक्छ ।

एडेनोमायोसिस हुँदा पाठेघरको समग्र क्षेत्रमा असर गर्ने हुनाले महिलाको उमेरअनुसार पाठेघरको आकार ठूलो हुन्छ । यस्ता महिला प्रायः बच्चा पाइसकेका तथा ४० वर्षनाघेका हुन्छन् । पाठेघर ठूलो हुनुको साथै महिनावारी हुँदा धेरै रगत बग्ने, सानो पेट दुख्ने, पिसाब वा यौनसर्म्पर्क राख्ने बेलामा दुख्ने हुन्छ ।

यस समस्याको निदान भिडियो एक्सरे (अल्ट्रासाउन्ड) बाट गर्न सकिन्छ । सन्तान पुगिसकेेका महिलामा पाठेघर निकाल्ने शल्यक्रिया गर्नुपर्छ । महिनावारी हुँदा दुखाइ कम गर्नुबाहेक अन्य वैकल्पिक उपचारले खास फाइदा पुग्दैन ।

—————————————————————————————————

०५ अगष्ट २००९,

महिलाहरू किन सुन्दर हुन्छन्? 
विश्वमा आधा संख्यामा रहेका महिलाहरूलाई खुसी र हँसिलो बनाउने रहस्य अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। पुरुषहरू केही आफ्नो पुर्खा गुफेयुगका मानिसजस्तै छन् र महिलाहरू भने पुरुषभन्दा बढी राम्रा, हँसिला कसरी बने भन्ने कुराको रहस्य अनुसन्धानकर्ताले पत्ता लगाएपछि महिलाहरूमा खुसीको सन्देश प्रसारित भएको हो। अनुसन्धानकर्ताले सामान्य महिलाभन्दा सुन्दरी महिलाले बढी सन्तान जन्माउने र जन्मिएका सन्तान आमाजस्तै राम्रा हुने उद्घोष गरेका छन्। त्यसको अलावामा सुन्दरी आमाबाट जन्मिएका सन्तानमा महिला संख्या अधिक हुने र ती महिला सन्तानको उमेर पुगेपछि उनीहरूबाट पनि राम्रा सन्तान जन्मिने कारण गर्दा पुरुषभन्दा महिला राम्रा भएको कुरा फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयका वैज्ञानिकहरूले दाबी गरेका छन्। चार दशकदेखि १,२४४ महिलाहरूमा गरिएको अध्ययनको आधारमा वैज्ञानिकहरू सो निष्कर्षमा पुगेका हुन्।

————————————————————————————–

२० जुलाई २००९  

एक गोलीबाट मोटोपन सफाचट     

वैज्ञानिकहरूले एउटा यस्तो गोली बनाउन प्रारम्भ गरेका छन्, जसले एक हप्तामै शरीरको आधा बोसो गायब गर्न सक्नेछ। यो गोली मुसामा परीक्षण गरिसकिएको छ। मुसामा गरिएको परीक्षणबाट प्राप्त प्रतिवेदनअनुसार सात दिनमा तौल एक चौथाइ र बोसो ४२ प्रतिशतभन्दा बढी घट्यो। एक महिनामा मुसाको तौल २८ प्रतिशतसम्म कम भयो भने त्यही मुसाको बोसो ६३ प्रतिशतसम्म कम भएको थियो। विज्ञहरूको भनाइअनुसार यो औषधि आम मानिससम्म पुग्न अझै १० वर्ष लाग्नसक्छ। अनुसन्धान अनलाइन जर्नल ‘नैचरल केमिकल बायोलोजी’ मा प्रकाशित समाचारअनुसार मानिसमा यो औषधि प्रयोग गर्नेबारेमा अरू धेरै अध्ययन गर्नु जरुरी छ। रिसर्चरहरूका अनुसार खोज नयाँ भए पनि राम्रो प्रतिफलको लागि कार्य आरम्भ भएको छ। तर यो औषधि एक आर्टिफिसियल हार्मोन हो। जसले ग्लुकोज मेटाबोलोजिमलाई रेगुलेट गर्छ। यस भन्दाअघि गरिएको रिसर्चबाट पत्ता लागेअनुसार यो पदार्थले भोक कम गर्दथ्यो। जसले शरीरको क्यालोरी प्रयोग गर्ने क्षमता बढाउन सक्दथ्यो। जसबाट तौल कम हुन सक्थ्यो। 
 
फलफूल र रेडवाइन औषधि 
नियमित रूपमा चकलेट, फलफूल, तरकारी, रेडवाइन, चिया सेवनले अल्डिमाइजर रोग (स्मरणशक्ति क्षयीकरण गर्ने) लाग्नबाट बच्न सक्ने कुरा बेलायतका किन्स कलेजका विज्ञहरूले बताएका छन्। ती तत्त्वको सेवनबाट पैदा हुने विशेष तत्त्वले क्यान्सर रोग निवारणमा सहयोग पुग्ने विज्ञको दाबी छ। उल्लिखित पदार्थको सेवनले शरीरका सेल नष्ट हुन नदिने र अक्सिजनसँगै शरीरमा बस्ने खराब कण प्रवेशमा रोकथाम गर्ने जानकारी उनले दिएका छन्। यसका अलावा शरीरमा लाग्नसक्ने जुनसुकै रोग रोकथाममा उल्लिखित पदार्थको सेवनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। 
 
मोटेहरूलाई स्वाइन फ्लु लागे बाँच्नै मुस्किल 
विश्वमै महामारीको रूपमा फैलिएको स्वाइन फ्लु रोग मोटा मानिसहरूका लागि अत्यन्तै खतरनाक रहेको अमेरिकी अनुसन्धानकर्ताले बताएका छन्। मोटोपन भएकाहरूलाई स्वाइन फ्लु रोग लागेमा बाँच्न सक्ने सम्भावना अति नै न्यून हुने उनीहरूको भनाइ छ। स्वाइन फ्लु रोग लागेर अमेरिका मिचिगन राज्यको एउटा अस्पतालमा भर्ना भएका १९ जना मोटामध्येमा तीनजनाको उपचारकै क्रममा मृत्यु भएपछि विशेषज्ञहरू स्वाइन फ्लु रोगबारे थप अनुसन्धानमा जुटेका थिए। यसक्रममा रोगले अमेरिकाका विभिन्न अस्पतालहरूमा भर्ना भएका मोटा मानिसहरूमा रोग निवारण हुने क्रम पनि अति मन्द गतिमा रहेको पाइएपछि अमेरिकी विज्ञहरू स्वाइन फ्लु मोटा मानिसको लागि खतरनाक रोग भएको निष्कर्षमा पुगेका छन्। उता, क्यानडाको स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाको लागि स्वाइन फ्लु बढी खतरनाक भएको चेतावनी दिएको छ। गर्भवती महिलालाई रोगबाट सतर्कता अवलम्बन गर्न सल्लाह पनि दिएको छ। 
 
सधैयुवा रहने औषधि पत्ता लाग्यो 
प्रशान्त महासागरको दक्षिणी टापुमा पत्ता लगाइएको औषधिले मानिसको बुढ्यौली हुनबाट बचाउने सम्भावना देखिएको छ। रपमाइसिन नाम दिइएको सो औषधिको मुसामा गरिएको परीक्षणले ३५ प्रतिशत बुढ्यौलीपना कम हुने परिणाम प्राप्त भएको छ। अमेरिकाबाट प्रकाशित हुने नेचर नामक पत्रिकाले सो कुरा प्रकाशमा ल्याएको हो। यो औषधि १९७० मा पत्ता लागेको थियो। त्यसलाई परीक्षणको रुपमा अंग प्रत्यारोपण गर्नुपर्ने र क्यान्सर रोग लागेकाहरूलाई परीक्षण गरिएको थियो। सो औषधिको प्रभावकारिता ती रोग लागेका बिरामीहरूमा खासै देखिएन। सो औषधिको प्रभावकारिता अमेरिकाको टेक्सास, मिचिगन र मेर्न तीनवटै केन्द्रमा वैज्ञानिकहरूले परीक्षण गर्दै आएका छन्। यसै क्रममा मुसामा गरिएको परीक्षणले ३८ प्रतिशतले मानिसको बुढ्यौली रोक्न भूमिका निर्वाह गर्ने कुरा प्रमाणित भएको छ। अनुसन्धान कार्यमा लागेका एकजना वैज्ञानिकले त आफूले जीवनकालमा नै बुढ्यौली कम गर्ने वा मानिसको आयु बढाउने औषधि पत्ता लाग्न सक्छ भन्ने कुरा सोचाइ नै नबनाएको बताएका छन्। सो औषधि मानिसलाई सेवन गर्न कहिलेदेखि सिफारिस गर्ने भन्नेबारेमा समाचारमा केही बताइएको छैन। 
 
खाना कम खानेको लामो आयु 
अमेरिकाका वैज्ञानिकहरूले खानाको मात्रा कम गरेमा (क्यालोरी घटाएमा) जनावरको आयु बढ्न सक्ने आश्चर्यजनक परिणाम निकालेका छन्। मानिसको पुर्खा मानिने बाँदरमा गरिएको परीक्षणबाट उक्त कुरा प्रमाणित भएको वैज्ञानिकहरूको दाबी छ। अमेरिकाको विसकन्सिन विश्वविद्यालयका वैज्ञानिकहरूले ७६ वटा बाँदरलाई आधार मानेर अनुसन्धान सुरु गरेका थिए। अनुसन्धानको क्रममा ७६ मध्ये आधालाई पहिले दिइएको खानामा ३० प्रतिशत कम गरी दिन थालियो भने बाँकी आधालाई भने पहिलेझंै खाना दिइयो। त्यसरी खाना कम दिइएका बाँदरहरू खाना साबिककै खानेभन्दा बढी बाँचेपछि खाना कम खाँदा आयु बढ्ने निष्कर्षमा वैज्ञानिक पुगेका हुन्। बाँदरको औसत आयु २७ वर्ष रहने कुरा वैज्ञानिकहरू बताउँछन्।

 —————————————————————————–

 महिला पिसाबनलीमा कीटाणुको बस्ती

 महिलामा मूत्र निष्काशन नली ज्यादै छोटो हुने भएकोले कीटाणुलाई मूत्र थैलीभित्र पुग्न सजिलो हुन्छ । मूत्र निष्काशन नलीको ढोकैमा योनिद्धार हुने र त्यहाँ रोग उत्पन्न गर्नसक्ने कीटाणुको बस्ती नै भएकोले मूत्रथैलीमा यस्ता कीटाणुको पहुँच सजिलो हुन्छ । अर्को महत्त्वपूर्ण तथ्य योनिद्धार प्रायः रसिलो भइरहने हुँदा कीटाणुहरू त्यहाँ सहजै बस्ती बसाल्छन् । मलद्धारबाट योनिको दूरी पनि थोरै हुने भएकाले दिसा त्याग गरेपछि सफा गर्ने सिलसिलामा यदि योनितिर पर्नेगरी पुछे वा धोएमा कीटाणुहरू ठूलो संख्यामा योनि र मूत्र निष्काशन नलीतिर छरिन सक्छन् । यौनक्रीडाको समयमा कीटाणुहरूको प्रवेश मूत्रथैलीतिर सहजै हुनसक्छ । खास गरेर परिवार नियोजनका साधनहरूको प्रयोग, प्रतिजीवाणुको अनियन्त्रित प्रयोग, जनाना अङ्गमा भएको शल्यक्रिया वा उमेरबाट उत्पन्न हर्मोनहरूको कमी, योनिमा रसायन पदार्थको प्रयोग गरेर सफा गर्नु जस्ता विभिन्न कार्यले योनिमा हुने सूक्ष्म वातावरणलाई खल्बलाएर रोग उत्पन्न गर्ने कीटाणुहरूलाई मौलाउने नयाँ वातावरण तयार पार्छ ।

संक्रमणको निदान

पिसाब संक्रमणको निदान सर्वप्रथम कीटाणुहरू मुख्यतया कुन ठाउँमा केन्दि्रत भएर रोगका लक्षण प्रस्तुत भएका छन्, त्यसमा भर पर्छ । मूत्रथैलीमा संक्रमण केन्दि्रत भएको खण्डमा धेरैपल्ट थोरै-थोरै गरी पिसाब भइराख्ने, पिसाब फेर्न बारम्बार मनलाग्ने र पिसाब निष्काशन भएपछि सन्तुष्टि अनुभूति नहुने, तल्लो पेट दुख्ने, असजिलो हुने, पिसाब पोल्ने, मूत्र निष्काशन नलीमा जलन हुने, जतिपल्ट पिसाब भए पनि फेरि उत्तिकै आतुरीले पिसाब फेर्ने आवश्यकता बोध हुने जस्ता लक्षणको प्रस्तुति हुने गर्छ । पिसाबमा रगत देखापर्ने वा धमिलो पिसाब पनि हुनसक्छ ।

मृगौलामा संक्रमण केन्दि्रत भएमा जाडो भएर ज्वरो आउने, कम्पन हुने, साह्रै कमजोरी महसुस हुने, कम्मर र कोखामा दुख्ने, पिसाब पोल्ने, छिटोछिटो पिसाब गरिराख्नुपर्ने, पिसाब थाम्नै नसकिने जस्ता लक्षण पनि एकैपल्ट मौजुद रहन्छन् ।

उल्लिखित लक्षणबाहेक पिसाब संक्रमणको निदान गर्न पिसाबको साधारण जाँच गरेर कीटाणु छन् या छैनन् भनेर हेर्नुपर्छ । कति र कस्ता कीटाणु ? कुन औषधीले तिनलाई निर्मूल गर्न सकिन्छ ? कुन प्रतिजीवाणुमा ती कीटाणु बानी परेर अभ्यस्त भइसकेका छन् ? त्यो पनि थाहा पाउनुपर्ने हुन्छ । रगतको विभिन्न परीक्षण, अल्ट्रासोनोग्राफी, एक्सरे, सिस्टोस्कोपी र अरू जाँच पनि रोग निदाननिम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । खास गरेर पिसाब संक्रमण महिलामा बारम्बार देखापरे विभिन्न जाँच र परीक्षण गरेरमात्र रोगको निदान र ठीक उपचार सम्भव हुन्छ । यस्तो अवस्थामा यौन सहभागीको वीर्य र पिसाबको जाँच पनि अनिवार्य रूपमा गर्नुपर्छ ।

बारम्बार पिसाब संक्रमण हुने गरेमा किन यस्तो संक्रमण दोहोरिने गर्छ, महिला स्वयम्ले त्यसको राम्रो ख्याल गर्नुपर्छ । यस्ता महिलाहरूमा सिस्टोस्कोपी, सीटी युरोग्राफी, युरोफ््लोमेट्री, युरोडाइनामिक्सजस्ता जटिल जाँच गरेर संक्रमणको कारण थाहा पाउन सकिन्छ । मधुमेह पिसाबको पत्थरी, मूत्र प्रणालीमा कुनै अवरोध छ-छैन, त्यसको ठोस जाँच, पिसाब थैली तल झरेको अवस्था, मूत्र निष्काशन नली साँघुरिएको वा दोबि्रएको अवस्था इत्यादिको प्रमाण पाउनेगरी सबै परीक्षण हुनुपर्छ ।  कम्मरबाट पिसाबको थैली र मूत्र निष्काशन नलीतिर जाने सबै नसाहरू राम्रो अवस्थामा छन् या छैनन् भनेर पनि पूरा जाँच हुनुपर्छ । यसको निम्ति विभिन्न विशेषज्ञहरूलाई सम्मिलित गर्नुपर्ने हुनसक्छ । दिसामा कुनै समस्या छ र खासगरी कब्जियत हुने गरेमा त्यसको पनि समाधान नगरी पिसाब संक्रमणको समस्याबाट मुक्त हुन सकिन्न ।

कुन पक्षलाई प्राथमिकता

कीटाणु निराकरण उपचारको प्रमुख लक्ष्य हुनुपर्छ । यसको निम्ति प्रतिजीवाणु औषधीहरूको प्रयोगले ठूलो भूमिका खेल्छ । तर प्रतिजीवाणुहरूको प्रयोग गर्दा योनिको सूक्ष्म वातावरण पनि खल्बलिन सक्ने र त्यसले गर्दा नै फेरि अरू कीटाणुहरूलाई योनि, मूत्र निष्काशन नली र त्यसको द्धारमा नयाँ बस्ती बसाल्न सहयोग पुग्ने भएकोले प्रतिजीवाणुको उपयोग गर्दा चौतर्फी ध्यान पुर्‍याउनु अति आवश्यक हुन्छ । प्रतिजीवाणु छान्दा पिसाबको जाँच गरेर उम्रेका कीटाणुलाई मार्ने तर योनिमा सामान्य अवस्थामा हुने गुणकारी कीटाणुको वृद्धिमा खासै असर नपार्ने गरिकन छनोट गर्नुपर्ने हुन्छ ।

उपचारको सिलसिलामा महिलाको पिसाब संक्रमणको केन्द्रविन्दु मृगौलामा छ वा पिसाबको थैलीमा छ, त्यो वास्तविकतालाई ध्यानमा राखेर मात्र प्रतिजीवाणु रोज्ने गर्नुपर्छ । मृगौलामा कीटाणुहरू बस्ती बसालेर बसेको पिसाब संक्रमणको गम्भीरता मूत्रथैलीमा सीमित रहेको संक्रमणभन्दा ज्यादै बढी हुन्छ । त्यसैले यद्यपि दुवै अवस्थामा पिसाबको जाँच गर्दा पिप र कीटाणुहरू उस्तै देखापर्छन् । तर प्रतिजीवाणुको प्रयोग, उपचार गर्नुपर्ने समय र परीक्षण गर्नुपर्ने विधिहरूमा ठूलो अन्तर रहन्छ ।

पिसाब संक्रमणको उपचार गर्दा महिलाहरूमा यो रोग जटिल अवस्थामा छ वा छैन, त्यसको ठोस निदान गरेरमात्र औषधीको प्रयोग हुनुपर्छ । जटिल पिसाब संक्रमण गर्भवती महिलामा, मधुमेहबाट ग्रसितमा वा पक्षाघात भएका -ढाड वा मस्तिष्कमा असर परेर) बिरामीमा देखापर्छ । त्यस्तै जटिल पिसाब संक्रमण मूत्र प्रणालीमा पत्थरी वा अरू कुनै पनि खराबीबाट पिसाबको प्रवाहनमा अवरोध भएको अवस्थामा हुने गर्छ । सामान्य अवस्थामा प्रत्येक बिरामीले जटिल पिसाब संक्रमण छ भन्ने आफंै जान्नका निम्ति निम्न कुरामा ध्यान दिनुपर्छ- पिसाब पोल्ने, कोखा दुख्ने बाहेक यस्ता बिरामी ज्यादै कमजोर अनुभव गर्ने, जाडो भएर ज्वरो आएको महसुस गर्ने, वान्ता गर्ने र प्रतिजीवाणुको प्रयोग गर्दा धेरै घन्टासम्म पनि लक्षणमा सुधार अनुभव नगर्ने हुन्छन् । पिसाब संक्रमण भएका महिलाले माथि उल्लिखित अवस्था आफूमा पाए त्यसको उपचारको निम्ति अस्पतालमा भर्ना भएर नसाभित्र प्रयोग गरिने औषधी-उपचारको विधि अपनाउनु अति आवश्यक हुन्छ ।

उपचारको सिलसिलामा सधैं खालि प्रतिजीवाणु औषधीमा सीमित भएर बस्न मिल्दैन । खास गरेर यौन अभ्यासपछि पिसाब संक्रमण अनुभव गर्नेहरूले अस्थायी परिवार नियोजनका साधानको प्रयोग गर्दा ध्यान पुर्‍याउनुपर्छ । योनिमा प्रयोग हुने शुक्राणुनाशक जेलले योनिको सूक्ष्म वातावरणलाई ठूलो खलबल पारेर मलद्धारमा हुने रोग उत्पन्न गर्नसक्ने ई कोली भन्ने कीटाणुलाई वासस्थान प्रदान गर्छ । त्यसैले पिसाब संक्रमण हुने महिलाहरूले यस्ता साधनको अभ्यास रोक्नैपर्छ । भित्री जनाना अङ््गहरूमा शल्यक्रिया भएपछि वा उमेरको कारणले नारी हर्मोनको कमी भएर योनि सुख्खा भए यौनक्रीडाको समयमा मूत्रनलीको ढोका र योनिमा घाउ हुने भएकाले त्यहाँ रोग उत्पादन गर्ने क्षमता भएका कीटाणुहरू बस्ती बसाल्छन् र बिस्तारै ती मूत्रनलीतिर प्रवेश गर्छन् । यसरी मोटो आन्द्रा, योनि र मूत्रथैली संक्रमणको भण्डारमा परिणत भएर बारम्बार पिसाब संक्रमणले सताउने गर्छ । यौनक्रीडाको समयमा र त्यसको लगत्तैपछि पिसाबको थैली, मूत्र निष्काशन नली र योनिमा रोग उत्पादन गर्नसक्ने कीटाणुहरूको संख्या सक्दो कम होस् भन्न यौन अभ्यास अगाडि र पछि मूत्रथैली सफा गर्ने बानी बसाल्नुपर्छ ।

महिला पिसाब संक्रमणको उपचार एउटा चुनौतीपूर्ण विषय हो । यो चुनौती उपचारमा संलग्न चिकित्सकहरू, स्वयम् पीडित महिला, उनका यौन सहभागी र समाजका अरू थुप्रै व्यक्तिको परामर्श र सहयोगबाट मात्र राम्रो परिणाममा टुङ्गिन सक्छ । खालि औषधी-उपचार -खासगरेर प्रतिजीवाणुको प्रयोग) मा मात्र जोड दिएर राम्रो उपलब्धि पाउने चेष्टा गरे त्यसको परिणाम ज्यादै निराशाजनक हुने पक्का हुन्छ । त्यसैले उपचारमा कुन पक्षलाई प्राथमिकता दिने भन्ने महिलाको शरीरको अवस्थामा भर पर्छ । प्रतिजीवाणु उपचारको ठूलो महत्त्व हुँदाहुँदै पनि पूरै त्यसैमा मात्र भरपर्ने खालको प्रवृत्ति बिरामी र चिकित्सक कसैको पनि हुनुहुँदैन । यो रोगलाई निको नहुने भनेर नकारात्मक भावना सञ्चय गरेर उपचार गर्नुको साटो बारम्बार देखिने पिसाब संक्रमणमा घट्दै गरेको पटक र कम हुँदै गरेको त्यसको जटिलतामा चिकित्सक, बिरामी र संलग्न सबैले खुसी हुन अभ्यास गर्दै अरू सफलता पाउन कठोर प्रयत्न गर्नुपर्छ ।

————————————————————————————

सुरक्षित गर्भपतन गर्न पाउने महिलाको कानुनी अधिकारलाई स्वास्थ्य संस्थाहरूले ‘कमाइ खाने भाँडो’ बनाएका छन् ।

 सुरक्षित गर्भपतनका लागि अनुमति दिने परिवार स्वास्थ्य महाशाखाले प्रभावकारी अनुगमन नगरेकाले गर्भपतन सेवा व्यवसाय बन्दै गएको हो ।
महिलाको स्वेच्छाले १२ हप्तासम्मलाई गर्भपतन गर्न मिल्ने र भ्रूणको लिंग पहिचान गरी गर्भपतन गर्न नपाइने भए पनि कानुनको उल्लंघन गर्दै असुरक्षित तरिकाले गर्भपतन गर्ने गरिएको छ । सुरक्षित गर्भपतन सेवा दिने संस्था, संस्थाको क्षेत्र, त्यसमा काम गर्ने डाक्टर, स्टाफ नर्स, डाक्टरले सञ्चालन गर्ने क्लिनिक, गर्भपतन उपकरण र स्वयं डाक्टरले परिवार स्वास्थ्य महाशाखामा सूचीकृत गरी गर्भपतन सेवा दिन पाउने
प्रावधान छ । संस्था वा डाक्टरमात्र सूचीकृत भएको अवस्थामा गर्भपतन सेवा दिन पाइँदैन ।
तर, संस्था सूचीकृत भए पनि डाक्टर सूचीकृत नै नगरी गर्भपतन गर्ने र डाक्टर सूचीकृत भए क्लिनिक सूचीकृत नै नगरी मौलिक अधिकारलाई दुरुपयोग गरिएको पाइएको छ ।
बाँकेमा वाषिर्क करिब १६ हजार महिलाले गर्भधारण गर्ने र करिब ११ देखि १५ प्रतिशत महिलाले गर्भपतन गराउने गरेको नेपाल परिवार नियोजन संघले जनाएको छ । तीमध्ये करिब आधाभन्दा बढी सूचीकृत नभएकाहरूबाट गर्भपतन भइरहेको संघको स्वीकारोक्ति छ ।
नेपाल परिवार नियोजन संघ, नेपालगन्जका वरिष्ठ अधिकृत हरिबहादुर विष्टले आममहिलालाई गर्भपतन सेवाबारे जानकारी दिन नसक्दा कानुनलाई उल्लंघन गर्दै गर्भपतन सेवालाई व्यवसाय बनाउनेहरू बढेको बताए ।

भेरी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवले गर्भपतन सेवालाई क्लिनिक र सम्बन्धित संघसंस्थाले व्यवसाय बनाएको बताए । कुनै क्लिनिक वा संस्थामा १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउँदा आन्द्राभुँडी बाहिर निस्केको दुईवटा केस एक महिनाअघि भेरी अञ्चल अस्पतालमा आएको उनले जानकारी दिए ।
‘मलाई धेरै नबोल्न नलगाउनुस् साथीहरूले व्यवसाय गरिरहेका छन् । यस्तै चलिरहेको छ ।’
यादवका अनुसार १२ हप्ताभन्दा माथिको गर्भपतन गर्नेहरूले पाँच हजारदेखि १० हजारसम्म लिने गरेका छन् । भेरी अञ्चल अस्पतालमा गर्भपतन सेवा दिनका लागि एक डाक्टर र स्टाफ नर्स सूचीकृत गरिएको उल्लेख गर्दै उनले भने, ‘यहाँ आक्कलझुक्कल मात्र सेवा लिन आउँछन् ।’

गर्भपतन सेवाका लागि बाँकेमा पाँचवटा संस्था मात्र सूचीकृत रहेका छन् । ती संघसंस्थाले एक हजारदेखि एक हजार दुई सय ५० रुपैयाँ शुल्क लिने गरेका छन् । तर, कतिपय संस्थामा सूचीकृत डाक्टर छैनन् । नेपालगन्जमा सञ्चालन गरिएका कुनै पनि क्लिनिक गर्भपतन सेवाका लागि महासंघमा सूचीकृत छैनन्् ।
सूचीकृत भएका डाक्टरले क्लिनिक नै दर्ता नगराई धमाधम गर्भपतन सेवा प्रदान गर्दै आएका छन् । नेपालगन्जमा सूचीकृत नभएका करिब एक दर्जन क्लिनिकमा गर्भपतन सेवा दिने गरेको पाइएको छ ।
नेपाल परिवार नियोजन संघ, शिक्षण अस्पताल कोहलपुर, भेरी अञ्चल अस्पताल, हेल्थ रिसर्च सेन्टर र मेरी स्टोप्स महासंघमा सूचीकृत छन् । मेरी स्टोप्सले नेपालगन्ज र कोहलपुरमा गर्भपतन सेवा दिइरहेको छ । खजुरामा राखिएको मेरी स्टोप्सले आफ्नो सेन्टर हटाएको छ ।

भेरीमा, परिवार नियोजन, हेल्थ रिसर्च र शिक्षण अस्पताल र चिकित्सक सूचीकृत भए पनि त्यहाँ गर्भपतन गराउन जानेको संख्या न्यून छ ।
नेपालगन्ज र कोहलपुरमा सञ्चालित मेरी स्टोप्ससले सूचीकृत एकजना डाक्टरकै भरमा मासिक करिब एक सय ५० जना महिलाको गर्भपतन गर्ने गरेको छ । तर, मेरी स्टोप्सका इन्चार्ज दीपेश शर्माले कोहलपुर र नेपालगन्जका लागि छुट्टाछुट्टै डक्टर रहेको दाबी गरे । उनले डाक्टरको नाम र डक्टरलाई सहयोग गर्ने स्टाफ नर्स सूचीकृत भए-नभएकोबारे बताउन चाहेनन् । ‘व्यवसाय होइन सेवा दिइरहेका छौं,’ उनले दाबी गरे ।
नेपाल परिवार नियोजन संघ, नेपालगन्जका वरिष्ठ अधिकृत हरिबहादुर बिष्टले जसले जे दाबी गरे पनि महिलाको अधिकारलाई व्यवसाय बनाउने कार्य भइरहेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए ।
कानुनले तोकेका अवस्थाबाहेक अन्य अवस्थामा गर्भपतन गर्नेलाई सजायको व्यवस्था छ । १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्मको कैद, २५ हप्तासम्मको गर्भ भए तीन वर्ष कैद र २५ हप्ताभन्दा माथिको गर्भ भए पाँच वर्षसम्मको कैद हुन्छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतन गर्ने-गराउनेलाई तीन महिनादेखि ६ महिना र गर्भपतन गर्ने र गराउनेलाई हुने सजायको थप एक वर्ष कैदको व्यवस्था कानुनले गरेको छ ।

……………………………………………………………………………………… 

डाक्टरको सल्लाह

 प्रा.डा. अर्जुनदेव भट्ट

 डरलाग्दो शल्यक्रीया

अण्डकोषको नसा फुल्ने रोग 

उभिएको अवस्थामा खास गरेर देब्रे अण्डकोषको माथी नसाहरु फुलेर गुजुल्टीने, त्यतातिर भारी वा पिडा अनुभव हुने, देब्रे तिरको अण्डकोष सानो हुँदै जाने र दाहिनेको दाँजोमा तल झुण्डीएर बस्ने रोगले १५ प्रतिशत किशोर अवस्था नाघेका पुरुषहरुलाई असर गर्दछ । यो रोगको सुरुवात किशोर अवस्थामानै हुन्छ । यस्को मुख्य कारण अण्डकोषबाट प्रयोग भई सकेको रगत फर्काएर मुटु तिर लैजाने रगतको नसामा भएको दर्ुवलता हो । सामान्य अवस्थामा यस्ता नसाहरुको भल्भले रक्त संचार मुटु तिर मात्र हुन दिन्छ । तर भल्भमा कमजोरी भएका कारण एकतर्फमात्र रगत संचार गर्ने कार्यमा अर्समर्थता देखा पर्दछ । फलस्वरुप शरिर ठाडो भएको अवस्थामा रगत बिपरित दिशामा संचार भएर अण्डकोषका नसाहरु फुल्दछन् ।अण्डाशयमा भएको अवस्थामा अण्डकोषको तापक्रम शरीरको भन्दा करिव २ ड्रि्री सेन्टिग्रेडले कम हुन्छ । अण्डाशयको बनावट र रक्त संचारको एक तफिर् क्रमले गर्दा मात्र अण्डकोषको तापक्रम २ ड्रि्री कम संभव हुन्छ । रक्त संचारमा दर्ुवलता भएर रगतको संचारमा गडबडी भएपछि अण्डकोषमा चाहिने भन्दा बढी रगत एकत्रित हुन्छ । यस्ले गर्दा अण्डकोषको तापक्रम आवश्यकता अनुसारको नभएर सम्पर्ूण्ा शरीरको नगिच हुन पुग्दछ । यसरी अण्डकोषको तापक्रम बढेपछि शुक्राणु उत्पादनमा कमि आउँछ । त्यस अलावा बनेका शुक्रकिटहरुको पनि गति र आकारमा समेत नराम्रो असर पर्न जान्छ ।समय बित्दै गरे पछि यो रोगका कारण अण्डकोषको तौल पनि घटेर सुक्ने क्रम सुरु हुन्छ  र यौन दर्ुवलता देखा पर्न सक्छ ।

रोगको निदान

किशोर अवस्थाकै पछिल्लो बर्षरुमा वा भरखरै प्रोढ भएका पुरुषहरुले अण्डकोष तिर भारी वा पीडा अनुभव गरेका खण्डमा भ्यारिकोसील छैन भनि एकिन हुन भौतिक जाँच लगायत अल्ट्रासाउण्ड र वर्ीय जाँच गर्नु पर्ने हुन्छ । अण्डकोषको भौतिक जाँच गर्दा टाढै बाट देखिने गरि नसाहरु फुलेको देखिन सक्छ । यो जाँच गर्दा बिरामीलाई उठेको अवस्थामा हर्ेर्नु पर्छ । यदि देखिने गरि उक्त नसाहरु फुलेको र सन्नि भित्र गुचमुचिएर रहेको फेला परेनन भने बिरामीलाई लामो सास फेरे पछि नाक मुख बन्द गरेर सास रोकेर कन्न लगाएर अण्डकोष माथी नसाहरु फुल्छन कि भनेर हर्ेर्नु पर्दछ । यदि यसरी पनि नसा फुलेको नदेखिए वा औंलाले अण्डकोष माथी छाम्दा रगत थुप्रेको नसा बोध नभए अल्ट्रासाउण्डले डोपलर जा“च गर्नुपर्छ । डोपलर जा“च गर्दा अण्डकोष अडकाउने नलीका रगतका नसामा लामो सास फेरेर रोकेको बेला रगत उल्टो दिशामा माथीबाट तल र्झछ वा झर्दैन त्यो यकिन गर्न मिल्छ । सामान्य जाँच पडतालबाट पत्ता नलाग्ने भेरीकोसील यो डोपलर जा“चबाट देखा परे यसको आफ्नै महत्व हुन्छ ।

खास गरेर बा“झोपनबाट पीडित पुरुषहरुको निम्ती यो निकै महत्वपर्ूण्ा सावित हुन सक्छ । बा“झोपनबाट ग्रस्त पुरुष बिच ४० प्रतिशत भेरीकोसील देखापर्दछ । भेरीकोसील भएको अवस्थामा बिरामीहरुको वर्ीय जा“च गर्दा ‘तनाव’ नमुना ९क्तचभकक एबततभचल० को कमजोरी देखापर्दछ । त्यसको मतलव हो शुक्रकीटहरुको संख्यामा कमी हुन्छ, शुक्रकीट मध्ये ५० प्रतिशत भन्दा बढी गतीहिन हुन्छन र खाली १५ प्रतिशत शुक्रकीट मात्रै स्वाभाविक आकारका हुन्छन ।

भेरीकोसिल छैन भनि एकिन हुन खास गरेर बाँझो पनबाट पीडितहरुले भारी पन वा दर्द वा प्रष्ट देखिने गरि फुलेमा अण्डकोष माथीका नसा नहुँदा पनि सम्पर्ूण्ा जाँच गराउनै पर्दछ । ४५ नाघेका पुरुषको एक्कासी भेरीकोसिल देखा परे त्यसको कारण मृगौलाको क्यान्सर वा पेटमा अरु कुनै अर्वुद रोग हुन सक्ने भएकाले त्यो अवस्थाको जाँच हुनै पर्दछ ।

उपचार

भेरीकोसिल रोगको निदान भएपछि सबै रोगीहरुको उपचार गर्नै पर्छ भन्ने छैन् । तर निम्न उल्लेखित अवस्थामा भेरीकोसिलको उपचार गराउनै पर्दछ । भेरीकोसील हुनेहरुको अण्डकोष २० प्रतिशत वा त्यो भन्दा बढीले सानो छ भने शल्यक्रिया गराउनै पर्दछ । यदी किशोर अवस्थामा भेरीकोसील हुनेहरुको अण्डकोष उमेर अनुसार बढ्ने क्रम देखा नपरे उनीहरुको पनि शल्यक्रिया गर्नु भविष्यमा निसन्तान हुनुबाट बच्ने मौका हो ।

खास गरेर बाँझोपनबाट पीडितहरुको लागि वर्ीयमा शुक्रकिटको संख्यामा कमी देखा परे वा शुक्रकिटको गती र आकारमा तनावपर्ूण्ा अवस्थाको नमूना फेलापरे भेरीकोसिलको शल्यक्रिया गरेर शुक्रकिटको संख्यात्मक र गुणात्मक सुधारको अपेक्षा राख्नु पर्दछ । भेरीकोसीलको कारणले अण्डकोषमा दर्द भएको रहेछ भने त्यसबाट मुक्त हुन शल्यक्रिया गराउनु पर्दछ । यो रोगको कारण फुलेको नसाले गर्दा ‘सबैको जस्तो अण्डाशय मेरो भएन’ भन्ने भावनाले बिरामीलाई पिरोलेको खण्डमा शल्यक्रिया एक मात्र उपचार वीधि हुन आउ“छ ।

शल्यक्रियाको जुनसुकै वीधि र तरीका अपनाएपनि मूल सिधान्त उल्टो दिशामा संचालन हुने रगतको नसालाई बाध्ने केहि भाग काटेर फाल्ने वा नसा भित्र केहि हालेर उक्त रक्त संचार पुरै बन्द गर्नु हो । शल्यक्रिया सामान्यतया ९० प्रतिशत सफल हुन्छ । तर शल्यक्रिया पछि शुक्रकिटमा पुरै सुधार आउँछ वा आउन सक्दैन त्यो अगाडी ठोकुवा गर्न मिल्दैन ।

निचोड

भेरीकोसील एउटा ज्यादैनै फैलिएको तर बिरामी तथा चिकित्सकहरु दुबैबाट उचित ध्यान नदिईएको रोग हो । यो आम पुरुषहरु बिच १५ प्रतिशत र बा“झोपनबाट पीडित पुरुष बिच ४० प्रतिशत देखा पर्दछ । यो रोगले अण्डकोषमा भारीपन वा पीडा महशुस गराउँछ । यसबाट वर्ीयमा शुक्रकिटको संख्या घट्ने, उनिहरु बिच गती भएकाको संख्यापनि कम हुने र शुक्रकिटको अप्राकृतिक आकार बन्ने जस्ता खरावी देखा पर्दछन् । यो रोगबाट अण्डकोषको तौल घट्ने र त्यसबाट यौन दर्ुवलता पनि देखा पर्न सक्छ । बिरामीको भौतिक जा“च संगै, डोपलर जा“च र वर्ीय परिक्षण गर्नु पर्ने हुन्छ र रिपोर्टका आधारबाट पनि शल्यक्रिया गर्नु पर्ने छ छैन निर्ण्र्ाालिन सकिन्छ । यो रोगको उपचार गर्नु परे शल्यक्रियाबाट मात्र संभव हुन्छ ।

-लेखक, मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि. चावहिलका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुन् ।

———————————————————————– 

 रुसका डाक्टरहरुले केही समय अगाडी एउटा डरलाग्दो शल्यक्रीया गरेका थिए। चेचेन्यामा विद्रोहीहरु सँग भएको भिडन्तमा एक रुसी सैनिकको फिलामा विद्रोहीले प्रहार गरेको ग्रीनेड पसेको थियो। तर त्यो विष्फोट भएन। त्यो कुनै पनि बेला पडकिने खतरा थियो।

यदि त्यो ग्रीनेड सैनिकको फिला बाट ननिकालेमा सैनिक बाँच्ने सम्भावना अत्यन्त न्युन थियो। १५ वर्षिय रुसी सैनिक आन्द्रेको रिसोभको फिलामा सो ग्रीनेड पसेको थियो। ५ ईन्चको त्यो ग्रीनेड पडकेमा १० जना सम्म मर्ने सम्भावना थियो। धेरै विरोध र डरका बिच उनलाई हेलिकोप्टरको माध्यम बाट दश मिनेटमै सैनिक अस्पताल लगियो। त्यो ग्रीनेड हेलिकोप्टरको कम्पनले पडकिने सम्भावना पनि उत्तिकै थियो। त्यस पछि धेरै बहस पछि उनको अप्रेशन थालियो र त्यो ग्रीनेड निकालियो।

अप्रेशन गरेका डाक्टरका अनुसार उनको अप्रेशन एउटा भुमिगत कोठामा गरीएको थियो र त्यो विष्फोट भएमा कोही पनि बाँच्ने थिएन। कोही डाक्टरहरुले एक जनाको लागी त्यति जनाको ज्यान जोखिममा पार्न नहुने बताएका थिए, कोहीले खुट्टा नै काटने सल्लाह समेत दिएका थिए। पछि सहमती भएपछि त्यो खतरनाक अप्रेशन गरीएको थियो।

JIT KHADKA KUWAIT

———————————————————————–

क्या आनन्द मसाज
शिव शर्मा ‘चञ्चल’
पोखरा
 
तपाई थकीत हुनु भएको छ , आलश्यता बढेको छ अनि जिउँ दुखेको छ भने धन्दा मान्नु पदैन । सिधै मसाज सेन्टर गएर मसाज गर्नु भयो भने यो सवै समस्याको निधान सजिलै हुन्छ । त्यही भएर त मसाज अहिले हरेकका लागि अति आवश्यक स्वास्थ्य उपचार बनिसकेको छ । यही भएर त हरेक जसो सौखिन जमात हिजोआज मसाज सस्कृति तर्फलोभिएका छन् । मसाजको मज्जा लिन मसाज सेन्टर धाउनेहरुको लहर पछिल्लो क्रममा लहर नै चलेको छ । अमेरिकी नागरिक ५० वषिर्या सुसनालाई पोखरा आएपछि मसाज गर्न नपाईने चिन्ताले छोपेको थियो । तर आफनो मुलुकमा जस्तै मसाजको सुविधा लेकसाइडमा पाएपछि उनि मख्खिन । उनले नियमति मसाज गर्न थालको दुइ दशक भन्दा बढी समय गुज्रिसकेको छ । त्यही भएर त उनमा बुढयौली पनको झझल्को देखिदैन ।

उनि तन्दुरुस्ती संगै अल्लारे जस्तै देखिइन । लामो समय सम्म पोखरा बर्साईको क्रममा नियमित मसाज गरेर केही समय अघि थाइल्याण्ड पुगेकी सुसनाले मसाजको अनुभव साट्दै भनिन- ‘शारीरिक तन्दुरुस्तीका लागि मसाज आवश्यक छ ।’ उनी जस्तै धेरै विदेशी पर्यटकहरुको चाहना परिपुर्ति गराउन फेवा नगरीमा दुइ दर्जन भन्दा बढी मसाज सेन्टरहरु तम्तयार रहेका छन् । जुन मसाज सेन्टरहरु अधिंकाश पर्यटकीय केन्द्र लेकसाइडमा केन्द्रित रहेका छन् । तर नेपाली जनमानसमा अझै पनि मसाज सेन्टरहरु पुगेर मसाज गर्नुपर्छ भन्ने मानसिकताको विकास भने भइसकेको छैन । यसो हुनुमा यस सम्बन्धी चेतनाको कमी नै हो । राजधानीमा रहेका केही मसाज सेन्टरहरुमा यौनजन्य क्रियाकलापहरु देखिएपछि कतिपयले मसाज सेन्टरहरुलाई नकारात्मक रुपमा पनि लिए ।

यही बिकृत सोच लिएर हामी कहा पनि आउँछन्,लेकसाइड स्थित द नेचर थेरापी एण्ड ब्युटी होम मसाज सेन्टरका राजु उप्रेतीले भने-’तर हामीले त्यस्तो विकृती फैलिन दिएका छैनौ । मसाज सम्बन्धी राम्रो ज्ञान भएका उप्रेतीले मसाज गराउने मात्र हैन विदेशीहरुलाई यस सम्बन्धी तालिम समेत दिइसकेका छन् । नेपाली मानसिकतामा मसाज अझै भिजी सकेको छैन उनि भन्दै थिए- ‘यही भएर पनि मसाजलाई नकारात्मक सोचिएको हो ।’मसाज प्रति जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न यहाँका मसाज व्यवसायीहरु एक जुट भएका छन् । उनिहरु मसाज एशोसिएसन नेपाल कास्की गठन गरेका छन् ।
 तीन वर्षयता नियमित संचालन भइरहेका यहाँका मसाज सेन्टरहरुमा अहिले सम्म नकारात्मक क्रियाकलापहरु भएको पाइएको छैन । त्यस्तो त यहाँ खुलेका अधिंकाश मसाज सेन्टरहरु पदयात्रामा निस्कने पर्यटकहरुलाई नै केन्द्रित गरेर खोलिएका छन् । स्वदेशीहरुले गरेपनि त्यो संख्या नगण्य रहेको छ । लामो तथा छोटो दुरीको पदयात्रामा निस्कने अधिंकाश पर्यटकहरु यहाँ मसाज तर्फ निकै आकषिर्त देखिएको पाइन्छ । पर्यटकहरु पदयात्रा निस्कनु अघि र पदयात्रा पुरा गरेर आएपछि मसाज गर्न उद्धत हुने गरेको यहाँका मसाज सेन्टरका संचालकहरु बताउछन् । पदयात्राबाट फर्केर पछि त्रि्र थकानको महशुस हुन्छ । यसरी थकानको महशुस भएपछि गरिने मसाजलाई ‘ट्रीटमेन्ट मसाज’ भनिन्छ । थकानको महशुस नभए पनि गरिने मसाज ‘रिलेक्सन मसाज’ हो । जोसुकैले यस किसिमको मसाज गर्न सक्छन् ।

अहिले सिजन संगै बढेको पर्यटकीय संख्याले यहाँका मसाज सेन्टरहरु भरिभराउन हुने गरेका छन् । पर्यटकहरुको चापले मसाज संचालकहरुलाई भ्याई नभ्याई छ । मसाजको फाईदा बुझेका स्वदेशीहरु पनि स्वस्थ्य शरीरका लागि मसाज सेन्टर धाउने गरेका छन् । मसाज सेन्टरमा भेटिएकी एक महिला भन्दै थिइन-’बुढ्यौली पन कम गराउन यहाँ आएकी हुँ ।’ उनले भने झै मसाज गर्नाले बुढ्यौली पन कम गर्राई तन्दुरुस्त बनाउने त छदै छ नै । मसाजबाट रक्तसंचार प्रकृया, श्वासप्रश्वास तथा पाचनप्रणालीको प्रकृयालाई पनि फाइदा पुर्‍याउछ । मानसिक रुपमा पनि मसाजले स्फूति बढाउछ । एक वर्षदेखि मसाज व्यवसाय अंगालेकी सरिता घिमिरेले भनिन-’विदेशी महिलाहरुले मसाज निकै मन पराएका छन् ।’ उनिहरुमा अधिंकाशले बडी मसाज मन पराएको उनले जानकारी दिइन । त्यसो त यहाँका मसाज सेन्टरहरुमा मसाज गर्न आउनेहरुमा विदेशी युवतिहरुको संख्या अधिक रहेको छ । नेपाली युवायुवतिहरुको संख्या भने अति न्युन रहेको घिमिरेले जानकारी दिइन ।

स्वास्थ्य शरीरका लागि त मसाज भयौ नै । आनन्द र फुर्तिलो शरीरका लागि पनि मसाज उतिकै आवश्यक भइसकेको छ । राजधानीमा जस्तो मसाज कल्चरको विकास यहाँ हुन नसके पनि विस्तारै यस तर्फचासो भने देखिएको छ,नेचुरल हेल्थ होम मसाज सेन्टरका केबी लामा भन्छन्-केही वर्षयता पोखरामा मसाज गर्नुपर्छ भन्ने धारणा जनमानसमा विकसित भएको छ । यही भएर पनि यहाँ मसाज व्यवसायिक रुपमा अग्रसर तर मसाजको नाममा विकृति भित्राउनेहरु प्रति खबरदारी गर्नु पर्ने उनले बताए । श्रीमान श्रीमति मिलेर खोलेको उनको मसाज पारिवारिक पृष्ठभुमिको भएकाले मसाजकर्ताहरु सकारात्क तरिकाले नै आउने गरेका छन् । थाई जापनिज र हर्बल तरीकाका मसाज धेरैले मन पराउने गरेका छन्, लामाले साप्ताहिक संग भने । त्यसो त ब्युटीपार्लरहरुमा पनि मसाजको सुविधा हुने गरेको छ । तर पार्लरमा गरिने छोटो समयावधिको मसाज केवल रिफ्रेसका लागि गरिएको पाईन्छ । यसरी गरिने मसाज न्युनतम १० देखि १२ मिनेट मात्र हुन्छ । तर मसाज सेन्टरहरुमा आधा देखि एक घण्टा बढी समय सम्म मसाज गराइएको पाईन्छ । सामान्तः मसाज गरेको न्युनतम ५ सय देखि एक हजार रुपैया सम्म तिर्नुपर्छ । तर मूल्य संग भन्दा स्वास्थ्य र आनन्द संग मसाजप्रेमीहरुले सम्झौता गर्छन् ।

————————————————————————– 

डाक्टरको सल्लाह

डा. प्रकाशराज रेग्मी

चिनीरोग 

चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । यो महत्त्वपर्ूण्ा रसायन-इन्सुलिनको आविस्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनी रोग  वा मधुमेहको नामबाट परिचित हुनपुग्यो ।आधुनिक सभ्यता, औद्योगिकीकरण, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण २१ औं शताब्दीको हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । हाम्रो खानपान र रहनसहन अस्वास्थ्यकर भएको छ । अहिलेका मानिसमा शारीरिक व्यायाम घटेको छ र मानसिक तनाव बढेको

छ । एकातिर मानिसमा धूमपान र मद्यपान गर्ने बानी बढेको छ भने खानामा सागसब्जी, गेडागुडी र फलफूलको मात्राचाहिं घटेको छ । हामीलाई आफ्नो शरीर र स्वस्थ्यको भन्दा आफ्नो काम र व्यवसायको बढी चिन्ता छ । कामको व्यस्तताले गर्दा शरीरलाई स्वस्थ्य राख्नेतर्फध्यान पुगिरेहको छैन । जीवनशैलीमा आएको यस्तो अस्वास्थ्यकर परिवर्तनले गर्दा धेरै प्रकारका रोगहरूले बढ्ने मौका पाएको छ । यस्ता रोगहरूमध्ये मधुमेह पनि एक हो ।

मधुमेहले अहिले विश्वव्यापी महामारीकै रूप लिएको छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारभर सन् १९९५ मा १३ करोड ५० लाख मानिसलाई भएको मधुमेह २०२५ मा ३० करोडलाई हुनेछ र त्यसको ठूलो संख्या विकासोन्मुख देशहरूमै हुनेछन् । अन्य क्षेत्रको तुलनामा दक्षिण एसियामा यसको प्रकोप झन् बढी छ भने नेपाल त्यसमध्ये पनि अग्रस्थानमा छ । नेपालको सहरी क्षेत्रको अनुमानित १४.६ प्रतिशत जनसंख्यामा पाइएको मधुमेह रोग भारत, पाकिस्तान र बंगलादेशमा क्रमशः १२.१, १०.८ र ७.९ प्रतिशतमा मात्र छ । अर्को डरलाग्दो तथ्य त ‘बुढेसकालको रोग’ ठानिने मधुमेह यस भेगमा ३० वर्षर अझ त्योभन्दा कम उमेरमा समेत देखिन थालेको छ ।

डाक्टरी पेसामा कार्यरत रह“दा हिजोआज उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरूस“ग बारम्बार भेट भइरहन्छ । उच्च रक्तचाप सम्बन्धमा सहरी क्षेत्रमा जनचेतना बढेको पाइएको छ । ब्लड प्रेसर बढेमा प्यारालाइसिस हुन सक्छ अनि छाती दुखेमा हर्ट अट्याक हुन सक्छ भन्ने सुनेर हो वा बुझेर हो हिजोआज अस्पताल र क्लिनिकमा ब्लडप्रेसर बढेका र छाती  दुखेका बिरामीको लाइन लाग्ने गरेको छ ।

प्यारालाइसिस भएर ओछ्यानमै पल्टिरहन वा हर्ट अट्याक भएर अल्पायुमै मर्न कसलाई पो इच्छा हुन्छ र † यी रोगबारे बढ्दै गइरहेको जनचेतनाका कारण भोलि हुन सक्ने दर्ुघटनाबाट बच्न केही हदसम्म भए पनि सघाउ पुगेको छ । हृदयाघात र उच्च रक्तचापबारे केही हदसम्म जनचेतना अभिवृद्धि भए तापनि यसको तुलनामा मधुमेह अर्थात् चिनीरोग र यसका खतराहरूबारे खासै जनचेतना अभिवृद्धि भएको पाइएको छैन ।

ब्लडप्रेसर अलिकति बढ्दा दौडिएर डाक्टरकहाँ जँचाउन आउने व्यक्तिमध्ये धेरैजसोले मधुमेह भएको थाहा पाएर पनि उपचार गराउनेतर्फसचेत नभएको पाइएको छ । ब्लड प्रेसरको औषधि खान नाइ“ नभन्ने तर ब्लड सुगर बढेकोलाई नियन्त्रण गर्ने औषधि नखाई मुख मात्रै बारी हेरौं भन्ने व्यक्ति धेरै संख्यामा भेटिन्छन् । ब्लडप्रेसरबाट भन्दा बढेको ब्लड सुगरबाट शरीरका लागि बढी खतरा छ भन्ने जानकारीको जनसमुदायमा कमी रहेको पाइएको छ । रगतमा चिनी -ग्लुकोज) को मात्रा बढी भएमा यसले बिस्तारै-बिस्तारै मुटु, दिमाग, आ“खा, मिर्गौला तथा नसालाई रोगग्रस्त तुल्याउ“दै रोगीलाई मृत्युको शय्यातर्फधकेल्दै लान्छ भन्ने तथ्यबारे सबैलाई जानकारी गराउनुपर्ने आवश्यकता छ ।

बिहान खाली पेटमा -फास्टिङ) रगत जा“च्दा यदि १२० मिल्रि्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १२०-१४० मि.ग्रा. को बीचमा देखियो भने डाइबेटिज रोग लाग्ने सम्भावना बढी भएको मानिन्छ भने १४० म्रि्राभन्दा बढी फास्टिङ ब्लड सुगर देखियो भने डाइबेटिज अर्थात् मधुमेह रोग लागेको प्रमाणित

गरिन्छ । यस कारण डाइबेटिज रोग छ/छैन भनेर पत्ता लगाउन रगत जा“चेर हेरिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० भन्दा बढी भएको अवस्थामा पिसाब जा“चेर पनि डाइबेटिस भए/नभएको पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित रहन्छ । ९-१० घन्टा भोकै रह“दा पनि रगतमा ग्लुकोजको मात्रा ७०-१२० म्रि्राको बीचमा रहन्छ भने खाना खाएपछि २ घन्टामा जा“च्दा यो १४० म्रि्रासम्म पुग्न सक्छ ।

साधारणतया हामीले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानवशरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शरीरका सबै अङ्गलाई जीवित रहन ग्लुकोजको आवश्यकता पर्छ । ग्लुकोजबाट शक्ति उत्पादन हुने कार्य शरीरमा करोडौंको संख्यामा रहेका सेल्सहरू -कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाहरूभित्र प्रवेश गराउन इन्सुलिन नामक हर्मोन -रासायनिक पदार्थ) को आवश्यकता पर्छ । इन्सुलिन पेटको प्यान्त्रिmयाज नामक ग्रन्थिले उत्पादन गर्छ । यो ग्रन्थि रोगग्रस्त भएको अवस्थामा आवश्यक मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाहरूभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ अनि पिसाबबाट बाहिर निस्कन्छ ।

यसप्रकार शक्तिको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान्छ । यो अवस्थामा एकातर्फरगतमा ग्लुकोज अत्यधिक मात्रामा बढेको हुन्छ भने अर्कोतर्फकोशिकाहरूमा शक्तिको उत्पादन हुन नसकेर शरीर एकदम शक्तिविहीन भई कमजोर हु“दै जान्छ । यो अवस्थालाई डाइबेटिज वा मधुमेह अथवा चिनीरोग भनिन्छ । रगतमा धेरै ग्लुकोज जम्मा भएपछि मुख सुक्ने, तिर्खा लाग्ने र पिसाब धेरै लाग्ने लक्षण देखा पर्छ । साथमा शरीर दुब्लाएर जान्छ, भोक बढ्छ, शरीर कमजोर हुन्छ, हातखुट्टा झमझम गर्न थाल्छ । पिसाब गरेको ठाउ“मा कमिला देखा पर्नु पनि मधुमेहको एउटा लक्षण हो । पिसाबमा ग्लुकोज जान थालेपछि यस्तो हुन्छ ।

चिनीरोगको नराम्रो पक्ष यो हो कि यस रोगमा साना-ठूलो सबै खाले रक्तनली प्रभावित हुन्छन् । क्रमिक रूपमा रक्तनली सा“गुरि“दै जान्छन् र सुक्न थाल्छन्, फलस्वरूप विभिन्न महत्त्वपर्ूण्ा अङ्गमा रक्तप्रवाह घट्न थाल्छ । रक्तप्रवाहमा अत्यधिक कमी आएको खण्डमा मस्तिष्कघात, दृष्टिघात, हृदयघात, मिर्गौलाघात आदि अवस्था उत्पन्न हुन्छन् । जसबाट बिस्तारै-बिस्तारै कष्ट, यातना र पीडा दिंदै मृत्युतर्फधकेल्छ । यसकारण यो रोगलाई मन्द हत्याराको संज्ञा दिए पनि हुन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढ्ने तर मुख सुक्ने, पिसाब बढी हुने, कमजोरी हुने आदि लक्षण देखा नपरेको खण्डमा अर्थात् शरीरमा कुनै अप्ठेरोपन नभएको खण्डमा रोगीले औषधि उपचारतर्फध्यान दिंदैन । उपचार नगराएको खण्डमा अलि-अलि बढेको ग्लुकोजले पनि आ“खामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ, साथै मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन सक्छ । यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभत्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चा“डो सुरु गर्नुपर्छ । मुधमेहबाट पीडित रोगीहरूको प्रत्येक ६-६ महिनामा आ“खा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनर्ुपर्छ । यसबाट समयमै यी अङ्गमा मधुमेहका कारण पर्न सक्ने नकारात्मक असरबारे पत्ता लाग्छ र समयमै उपचारको सुरुआत गर्न सकिन्छ ।

सायद धेरै मान्छेलाई थाहा नहुन सक्छ कि मधुमेहका कारण खुट्टा कुहिएर काट्नुपर्ने अनि लङ्गडो भई थन्किनुपर्ने स्थिति आउन सक्छ । मधुमेहका कारण खुट्टामा रक्तसञ्चार गराउने नशा सा“गुरो भई रक्त सञ्चारमा अवरोध उत्पन्न भएमा क्रमिक रूपमा खुट्टा झमझम गर्ने, पैताला पोल्ने र दुख्ने, पछि चिसो हु“दै जाने, नीलो हुने अनि कालो भई कुहिने हुन सक्छ । यस्तो भएमा खुट्टा काट्नेबाहेक अन्य विकल्प रह“दैन ।

मधुमेहले पा“चवटा प्राणघातक परिणाम जन्माउन सक्छ । ती हुन् हृदयाघात -हार्ट अट्याक), मस्तिष्कघात -स्ट्रोक प्यारालाइसिस), मिर्गौलाघात -किड्नी फेल), दृष्टिघात -अन्धोपन) र अङ्गघात -खुट्टा कुहिने) । यो स्थिति उत्पन्न नहोस् भन्नाका लागि नै जनचेतना जगाउन आवश्यक छ । बढेको ब्लड सुगर खानपानमा नियन्त्रण र व्यायाम प्राणायाम गरेर नियन्त्रणमा आएन भने औषधि खानर्ैपर्छ । यसमा बानी पर्छ, साइड इफेक्ट हुन्छ, अनि सुरु गरेपछि जिन्दगी भर खाइराख्नर्ुपर्छ भन्ने भ्रम पालेर औषधि सेवन गर्ने कार्यमा ढिलाइ गर्नु हु“दैन । उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरतालाई बुझनु आवश्यक छ । स्वामी रामदेवजी महाराजले सिकाउनुभए अनुसार लौका, का“क्रो र गोलभेंडाको रस पिएर अनि दैनिक कपालभाती प्राणायाम गरेर मात्र मधुमेह नियन्त्रणमा नआउन सक्छ । यसकारण अन्य उपायहरूद्वारा जसरी भए पनि ब्लड सुगर नियन्त्रणमा ल्याउनर्ैपर्छ । मुख बारेर, व्यायाम गरेर, धेरैथरी चक्की खाएर पनि चिनीरोग नियन्त्रणमा आएन भने इन्सुलिन र्सर्ुइ लगाउनर्ुपर्छ । यस्तैगरी ३० वर्षन्दा कम उमेरमै मधुमेह देखियो अथवा मधुमेहका कारण आ“खा र मिर्गौलालाई धक्का पर्न थाल्यो भने तुरुन्त चक्की औषधिको सट्टा इन्सुलिन लगाउनर्ुपर्छ । इन्सुलिन र्सर्ुइले अङ्गहरू बिग्रिने क्रमलाई रोक्छ र रगतमा चिनीको मात्रालाई राम्रोस“ग नियन्त्रण गर्न

सक्छ । यस कारण इन्सुलिन लगाउन डराउनुपर्दैन । धेरैजसो बिरामी इन्सुलिन लगाउन मान्दैनन् । उनीहरू सोच्छन् कि यो अन्तिम अवस्था -लास्ट स्टेज) हो । यो भ्रम हो । आवश्यक देखिएमा सुरुकै अवस्थामा पनि इन्सुलिन लगाउनुपर्ने हुन्छ । यसको निर्ण्र्ााचिकित्सकले गर्नेछन् ।

मधुमेहका घातक परिणामबाट बच्न मधुमेह लाग्नै नदिनेतर्फजनचेतना जगाउने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनर्ुपर्छ भन्ने म ठान्छु । यो अस्वस्थ जीवनशैलीले निम्त्याएको रोग हुनाले जीवनशैलीलाई स्वस्थ बनाउनेतर्फसबै लाग्नर्ुपर्छ ।

-लेखक, वीर अस्पतालमा हृदयरोग विशेषज्ञ हुन् ।)

मधुमेहबारे केही कुरा,  मधुमेहका लक्षणहरू 

पिपसाब बढी हुने, भोक बढ्ने, शिरीर दुब्लाउने, आँखा धमिलो हुने, बारम्बार छातीको इन्फेक्सन हुने, छालामा पिलो आइराख्ने, हातखुट्टा झमझम गर्ने, पिसाब फरेको ठाउँमा कमिला लाग्ने ।

मधुमेहका खतरनाक परिणामहरू
हर्ट अट्याक -हृदयघात), किड्नी फेलेयर -मिर्गौलाघात), अन्धोपन -दृष्टिघात), हातखुट्टाको कुनै भाग कुहिएर काट्नुपर्ने स्थिति -अङ्गघात)

मधुमेहीले ध्यान पुर्‍याउनुपर्ने कुराहरू
खाना, शारीरिक श्रम र औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने । निश्चित रूपले तोकिएको खाना, तोकिएको मात्रामा -क्यालोरी हिसाब गरेका), तोकिएको समयमा खाने । शारीरिक श्रम, व्यायाम दैनिक रूपमा निश्चित मात्रामा गर्ने, धुम्रपान नगर्ने, शारीरिक तौल ठीक राख्ने, खानामा व्रत बस्ने बानी छाड्ने ।

 —————————————————————————-

  योनीलाई पुनः डिजाइन गर्नुस्

        
तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ । आउनुहोस्, आज यसै विषयमा छक्क परौँ । बेलायती मेडिकल जर्नलमा प्रकाशित एक समाचार अनुसार महिलाहरुमा योनीलाई आकर्षक बनाउने नयाँ चलनको शुरुवात् भएको छ । प्लास्टिक सर्जरीबाट आफ्नो योनीलाई आकर्षक र लोभलाग्दो बनाउन महिलाहरु ज्यान दिएर लाग्ने गरेको उक्त जर्नलले बताएको हो । यसलाई ‘ट्याब्लोइड’ पत्रिकाहरुले नयाँ शब्द दिएका छन्- डिजाइनर भेजिनाज् । डिजाइनर भेजिनाज् वास्तवमा सजिलो सौन्दर्य सर्जरी होइन । यसमा जुन किसिमको क्रमबद्धताअनुरुप जानु पर्दछ, त्यसलाई इलेक्टिभ जेनिटोप्लास्टी भनिन्छ । यसमा योनीको बाहिरी भाग खुर्किइने वा आकारलाई परिवर्तन गर्ने गरिन्छ । योनीलाई छोट्याउने, योनी छोप्ने छालालाई खुर्किने वा त्यसलाई आकर्षक रुप दिने क्रम हुन्छ ।

रोचक के छ भने यो कठिन शल्यक्रियामा महिलाहरुको रुचि केही समययता बढ्दै जान थालेको छ । यस्तो किसिमको शल्यक्रियाले महिलामा हुने यौनप्रतिको रुचि र इच्छामा गम्भीर असर पार्ने देखिएको भए पनि महिलाहरुको रुचि निकै बढ्दै गइरहेको छ र यसले फेशनको आकार ग्रहण गरिसकेको छ । बेलायती मेडिकल जर्नलले उक्त कस्मेटिक सर्जरीपछि कस्ता किसिमका समस्या देखापरे भनेर अध्ययन गरिनुपर्ने र त्यस्ता समस्याप्रति गम्भीर रुपले छलफल हुन नसकेकोमा चिन्ता व्यक्त समेत गरेको छ । तर लण्डन गाइनोकोलोजिस्ट सराह क्रेग्टन र क्लिनिकल साइकोलोजिस्ट लि मेइ लिआओले चाहिँ त्यस किसिमको सर्जरीमा भाग लिएका महिलाहरुसँग कुराकानी गरी सानो किसिमको सर्भे गरेका छन् । जुन सर्भेअनुसार योनीको शल्यक्रियापछि आएको केही समस्याका कारण जीवनशैलीमा केही परिवर्तन आएको बताएका छन् । जसमध्ये, कसिला लुगा लगाउन अप्ठेरो हुने गरेको, साइकल चलाउन गाह्रो हुने गरेको, केही आसनका यौन क्रियाकलापमा अप्ठेरो हुने गरेको आदि समस्या बताएका थिए ।

जेनिटोप्लास्टीका लागि महिलाहरुले सामान्यतया विज्ञापन र यौनप्रधान भिडियो सामग्रीहरुलाई हेरी त्यसै अनुसारको बनाउनलाई जोड दिने गरेका छन् । यस्तो किसिमको सर्जरीले महिलाहरुको यौनइच्छालाई समेत प्रभावित पार्नसक्ने चिकित्सकहरुको राय छ । त्यसैले योनीलाई आकर्षक बनाउने धुनमा यौनइच्छालाई प्रभावित हुने गरी सर्जरी नगर्न चिकित्सकहरुको राय छ । तर पनि जुन किसिमले आकर्षक विज्ञापन हुन थालेको छ, त्यो विज्ञापनको प्रभावमा परेर दिनदिनै नयाँ नयाँ महिलाहरु आफ्नो यौनाङ्गलाई आकर्षक बनाउन ओइरिने गरेका छन् ।

Leave a Reply